त्यो दिन पनि नाटक उसरी नै सुरु भयो। नाटकका निमित्त निर्देशक कमरेड प्रचण्ड नै थिए। कलाकारहरू पनि चिरपरिचित नै हुन्। बाबुराम, झलनाथ, सुशीललगायत थुप्रै नेताहरू, न्यायाधीशहरू, वकिलहरू, नागरकि समाजका मानिसहरू इत्यादि। यसपालिका मुख्य कलाकार प्रधानन्यायाधीश मञ्चको एक कुनाको मधुरो उज्यालोमा कुर्सीमा झोक्राएर बसिरहेका थिए।
मञ्चको मध्य भागमा उज्यालो थियो। त्यहाँ नेताहरू प्रफुल्ल मुद्रामा यता र उता
रंगमञ्चको अर्को छेउमा भने त्यसको ठीक उल्टो दृश्य देखिन्थ्यो। सर्वोच्च अदालतसँग टाँसिएको बार एसोसिएसनको आँगनमा थुप्रै वकिलहरू, अदालतका कर्मचारीहरू, न्यायाधीशहरू घोसे मुन्टो लगाएर मौनधारण गररिहेको मुद्रामा देखिन्थे। उनीहरू शोकमग्न थिए। झ्याउरे अनुहार लगाएर एकअर्कामा समवेदना व्यक्त गररिहेका थिए। तिनीहरू चुनावमा हारेको समूहजस्ता आक्रोशित र निराश थिए। कतिपय तिनीहरू अदालतमा मुद्दा हालेर भए पनि वतावरण आफू अनुकूल बनाउने सल्लाह गर्दै थिए। उनीहरूसँग होमा हो मिलाउँदै थिए केही चिन्तित र आक्रोशित नागरकि समाजका सदस्यहरू, पत्रकार, स्तम्भकार, व्यंग्यकार इत्यादि मनुवाहरू।
दुवै छेउका संवादहरू सुन्दा थाहा हुन्थ्यो, यस्तो दुवै खाले स्थिति सिर्जना भएको कारण एउटै थियो, प्रधानन्यायाधीशले प्रधानमन्त्री हुन राजी हुनु।
अचम्म के भने वर्तमान र भूतपूर्व मात्रै होइन, आफूलाई भावी प्रधानमन्त्रीको दावेदार भन्ने अनुहारहरू, भावी राष्ट्रपति वा उपराष्ट्रपतिका उम्मेदवार हौँ भन्ने अनुहारहरू, पार्टीका अध्यक्षहरू, उपाध्यक्षहरू, वरिष्ठ र प्रभावशाली नेताहरू सर्वोच्च अदालतका हाकिमलाई प्रधानमन्त्रीको पद सुम्पिन पाएकामा दंग परेर विजयोत्सव मनाउँदै थिए। अर्को समूह भने आफ्नो अन्तरंग सहकर्मी वा आफ्नै हाकिमलाई प्रधानमन्त्रीको पद हात पर्न लागेकोमा आक्रोशित थिए। आफ्नै मान्छे प्रधानमन्त्री हुन लागेकामा उनीहरू विरक्त थिए। नेताहरू जसरी पनि प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाएरै छाड्न कस्सिएका थिए भने नेताहरूले देश डुबाए भनेर निरन्तर उनीहरूको खोइरो खन्ने समूह भने नेताले नै प्रधानमन्त्री हुनुपर्ने माग गररिहेका थिए।
नाटक अनौठो र हास्योत्पादक थियो। दुःखी हुनुपर्ने पात्रहरू खुसी भएको र खुसी हुनुपर्नेहरू दुःखी भएको रहस्यपूर्ण नाटक हेरेर दर्शकहरू चकित थिए।
नाटक सकिएलाजस्तो हुँदै गर्दा बिस्तारै नाटकको मुख्य पात्र प्रधानन्यायाधीश रंगमञ्चबाट ओझेल भए र अगाडि देखा परे उनै निमित्त निर्देशक कमरेड प्रचण्ड। उनी अगाडि आएपछि बाँकी पात्रहरू एकटकसँग उनको संवाद सुन्न एकोहोरएि। निर्देशकले सबैलाई एकपटक हेरे, मसुमुसु हाँसे, जुँगा मुसारे र दर्शक दीर्घातिर हेर्दै भने, "नाटक सकिएको छैन। नाटकको प्रमुख पात्रको खोजी जारी नै छ अर्थात् नाटक अझै जारी छ। नाटक हेदै गर्नुहोला।"
सबै कलाकारहरू मञ्चको माझमा ङिच्च हाँस्दै उभिए। दर्शकहरू वाल्ल परे। पर्दा खुलाको खुलै रह्यो।
लक्ष्मण गाम्नागे,इकान्तिपुर