काठमाडौं, चैत १ (नागरिक) -प्रधान न्यायाधीश खिलराज रेग्मीले अन्तरिम चुनावी मन्त्रिपरिषद्को अध्यक्षका रुपमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै नेकपा-माओवादीको भातृ संगठन अखिल क्रान्तिकारीले विरोधका कार्यक्रम अगाडि सारेको छ।
उनीहरुले थप आन्दोलनका कार्यक्रमसमेत ल्याउने भएका छन्।
नेकपा - माओवादीसहितको संघीय लोकतान्त्रिक जन गणतान्त्रिक मोर्चाले विरोध गर्दै दिउँसो १२ बजेदेखि उपत्यका बन्दको घोषणा गरेको छ। मोर्चाको घटक क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मणि थापालाई उदृत गर्दै नागरिकन्युजकर्मी प्रकाश तिमल्सिनाले जनाएका छन्।
-नागरिक