काठमाडौँ, फागुन २३ (नागरिक) - शौचालय जान्छु भन्दै धनगढी नगरपालिका बसपार्क बस्ने गणेश शाहको नगद १५ लाख रुपैयाँ भएको झोला बोकेर उनका साथी कुलेलम ठोकेका छन्। घटना विवरण अनुसार शाहले मालिका बैंक र काठमाडौँ बैंकबाट १५ लाख झिकेका थिए। रकम निकाली से.२ प ६३३८ नम्वरको मोटरसाइकलमा नरेन्द्रबहादुर पण्डित सहित
आइरहेको अवस्थामा मंगलबार दिउँसो मालाखेती-७ अत्तरीयामा पैसा भएको झोला बोकेरै शौचालय गर्न जान्छु भनी भागेको उजुरी प्रहरीमा परेको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।