स्मृति ढुंगाना, काठमाडौं, चैत १४- बलिउड अभिनेत्री राखी सावन्तले आगामी चैत १७ मा राजधानीको दशरथ रंगशालामा दिने 'बलिउड म्युजिक एन्ड मस्ती' नामक कार्यक्रममा स्थगित भएको छ। आयोजकका अनुसार दशरथ रंगशाला हाल चलिरहेको शहिद स्मारक ए डिभिजन सुपर लिग फुटबलका कारण कार्यक्रम रोकेर वैशाख १ को लागि सारेको बताएको छ।
'सुपर लिगले गर्दा हामीले कार्यक्रम रद्ध गर्न बाध्य भयौं। रद्ध हुने भएपछि १२ गतेदेखि टिकट बिक्री समेत रोकियो। बैशाख १ मा राखीबाहेक अन्य कलाकारहरु आउन राजी भएका छन्। राखीको प्रतिक्रिया आइसकेको छैन्। ८ हजार टिकट बिक्री भइसकेका थिए,'आयोजक भरतकुमार शाहीले भने। उनले दशरथ रंगशालामा शनिबार कार्यक्रम गर्न नदिन गणेश थापाले योजना बनाएको समेत बताए। 'उँहाहरुले वैशाख १ मा कार्यक्रम गरे समर्थन गर्ने बताएपछि कार्यक्रम सारेका हौं,'उनले भने। विपनाज मिडियाले गर्ने भनिएको कार्यक्रममा राखीसहित कमेडी जोडी कृष्णा अभिषेक र सुदेश लेहरी पनि सहभागी हुने भनिएको थियो।
नेपालको तर्फबाट जितु नेपालले प्रस्तुति दिने योजना थियो।'म आयोजकको सर्म्पकमा छु। उँहाहरुको अनुसार रंगशालामा खेल चलिरहेको हुँदा कार्यक्रम गर्न नमिल्ने भयो। त्यसैले बैशाख १ मा सारेको जानकारी आयो। भारतीय कलाकारलाई पनि आयोजकले जानकारी गराइसकेको छ,'अभिनेता जितु नेपालले भने। त्यस्तै पाँचौं इन्डियन आइडलमा टप फाइभभित्र पर्न सफल गायिका भूमि त्रिवेदीले गीत सुनाउने बताइएको थियो।
कार्यक्रमका लागि राखीलाई १२ लाख भारु पारिश्रमिक लिइसकेकी छन्। सन् १९९७ मा 'अग्नीचक्र' नामक फिल्मबाट अभिनय थालेकी राखीले सन् २००५ मा 'परदेशिया' बोलको रिमिक्स भिडियोबाट चर्चा कमाएकी हुन्।
भारतीय कलाकारको ३१ सदस्यीय टोली काठमाडौंमा कार्यक्रममा सहभागिता जनाउन आउदैं थिए। अब राखीले आठ महिला र आठ पुरुष नृत्य टोलीसँग मिलेर दर्शकको फर्माइस अनुसार आधा दर्जनभन्दा बढी आइटम प्रस्तुत गर्ने तयारी भइरहेको थियो। भारतीय स्रोतका अनुसार नेपाल बन्दको कारण देखाउँदै कार्यक्रम सारिएको बताइएको छ। 'नेपालमा बन्द भएकाले हामीले कार्यक्रम सर्न बाध्य भएका हौं। दुई दिनको बन्दले गर्दा प्रचार प्रसारपनि कम हुने र दर्शकपनि नआउने भन्दै हामीलाई कार्यक्रम सार्न बाध्य भएको जानकारी आयो। उनीहरुको आग्रहलाई स्वीकार गरेर आगामी वैशाख १ को लागि कार्यक्रम सार्यौं,'टोलीमा सहभागि भारतीय एक सदस्यले भने।
कमेडी सर्कसका जोडी कृष्णा र सुदेशले तीनवटा प्रहसन र स्ट्यान्ड अप कमेडी देखाउने कार्यक्रम छ। भूमि र गायक राजदीपले भारतीय वाद्यवादकको टोलीको सहयोगमा एक-एक दर्जन गीत गाउनेछन्।
आयोजकले एक हजार, पन्ध्र सय र दुई हजार रुपैयाँका तीन किसिमका टिकट जारी गरेको छ। टिकटको बिक्री नयाँ बानेश्वर डिपार्टमेन्टल स्टोरबाट सुरु गरिएको थियो। उक्त स्टोरमा पाँच हजार रुपैयाँभन्दा बढी मूल्यको किनमेल गर्ने ग्राहकमध्ये हरेक दिन चार जनालाई र बानेश्वरकै बादशाह रेस्टुरेन्टमा पाँच हजारभन्दा बढी खर्च गर्ने प्रत्येक ग्राहकलाई कार्यक्रमको टिकट निःशुल्क प्रदान गरिएको थियो। त्यस्तै बिक्री भएका टिकटमध्ये १५ भाग्यमानी ग्राहकलाई राखी सावन्तसँग लन्च गर्ने अवसर दिइने आयोजकको प्रदान गरेको थियो। हालसम्म बिक्री भइसकेको टिकटलाई फिर्ता गर्ने नगर्ने निर्णय आयोजकले गरिसकेको छैन्।

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !