CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » ‘तिमीसँग बिहे गर्न सकिन भने…’

‘तिमीसँग बिहे गर्न सकिन भने…’


यो कुनै अलौकिक प्रेम थिएन, अफ्नै उमेरकी किशोरीसँग १२ वर्षे जर्ज मारियो बर्गोलियोको ‘दिवानगी’ थियो । अर्जेन्टिनाको ब्युनस आयर्स नजिकै बस्ने अमालिया डेमोण्टे अहिले पनि मिठो पाराले सुनाउँछिन, उनका किशोर प्रेमीले त्यतीबेला भनेका
थिए, “तिमीसँग बिहे गर्न सकिन भने पादरी बन्ने छु ।”



पोपको पहिलो प्रेम अमालिया डेमोण्टे । तस्बीर: एएफपी
अमालिया डेमोन्टेका तीनै किशोर प्रेमी जर्ज मारियो बर्गोलियो भर्खरै पोप फ्रन्सिस नियुक्त भएका छन् ।
७६ वर्षीया अमालियाका अनुसार जुन चिट्ठी बर्गोलियोले उनका लागि लेखेका थिए त्यसमा रातो छत भएको सेतो घरको चित्र कोरिएको थियो र लेखिएको थियो, ‘हाम्रो विवाह भएपछि मैले यो घर किन्ने छु । यदि तिमीसँग बिहे गर्न सकिन भने पादरी बन्ने छु ।’
अमालिया अहिले पनि त्यो घरभन्दा जम्मा चार घर टाढा बस्छिन जहाँ बर्गेलियो हुर्केका थिए ।
यद्दपी यो रोमान्स हुर्कन पाएन । “मेरी आमाले यो (प्रेम) तोड्दिनुभयो,” अमालियाले भनिन, “हे भगवान ! उहाँ मलाई लिन स्कुल आएका बेला भन्नुभयो, ‘एऽऽअब तिमलाई केटाले पत्र लेख्न थालेको छ ?’ ”
अमालियाले थप सजाय पाउने डरले पत्रको जवाफ दिइनन् । “त्यसपछि मैले उनलाई देखिन, बुवा–आमाले हामीलाई छुट्टयाउन अनेक उपाय गर्नुभयो,” अमालियाले सुनाइन् ।
-एजेन्सीहरु
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis