मुम्बइ, फागुन २८ (एजेन्सी) - अमेरिकामा क्यान्सरको उपचार गरेर आराम गरिरहेकी बलिउड अभिनेत्री मनिषा कोइराला चाँडै नै घर मुम्बइ आउने तरखरमा छिन् । क्यान्सर पूर्ण रुपमा बिसेक हुन अझै केही महिना लाग्ने भएपनि जुनमा घर फर्किने
उनले बताएकी छिन् । पुरै सन्चो भएपछि फिल्म क्षेत्रमा सक्रिय हुने पनि उनले बताएकी छिन् । बलिउडहङ्गामा डटकमका अनुसार कोइराला घर फर्केपछि सबैभन्दा पहिले दिप्ती नवलद्वारा निर्देशित र उनैले बनाएकी फिल्म 'दो पैसेकी धुप चार आनेकी वारिश' रिलिज गर्ने तयारी गरिरहेकी छिन् ।

फिल्मको मुख्य तीन पात्र मध्येका रजित कपुरले भनेका छन्, 'हामीले फिल्म धेरै पहिला सकेका थियौँ । तर खै निर्देशकले किन फिल्म रिलिज गरेनन् ।
मैले पहिला सोधेको थिएँ । अब त सोध्नै छाडिदिसकेँ ।'
मैले पहिला सोधेको थिएँ । अब त सोध्नै छाडिदिसकेँ ।'
तर निर्देशक नवलले भने मनिषा स्वस्थ भएर घर फर्केपछि फिल्म रिलिज गर्ने बताएकी छिन् ।
कोइराला केही समय अघि क्यान्सर अप्रेसन गरेर अमेरिकामा आराम गरिबसेकी छिन् ।
नेपाली राजनीतिका शिखर पुरुष विश्वेस्वरप्रसाद कोइरालाकी नातिनी मनिषामात्र होइन उनको पूरै परिवार क्यान्सर पीडित थियो।
नेपाली राजनीतिका शिखर पुरुष विश्वेस्वरप्रसाद कोइरालाकी नातिनी मनिषामात्र होइन उनको पूरै परिवार क्यान्सर पीडित थियो।
कृष्णप्रसादकी तेस्री तथा कान्छी श्रीमती दिव्याको कोखबाट जन्मिएका बिपी, केशव र तारणीप्रसाद तीनै जनाको क्यान्सरबाट मृत्यु भएको थियो। पूर्व प्रधानमन्त्री गिरजाप्रसाद कोइरालाको पनि क्यान्सरकै कारण मृत्यु भएको हो। तारिणीकी छोरी कल्पनाको पनि क्यान्सरबाट मृत्यु भएको थियो ।
साभार : नागरिक न्युज