CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » पारसको स्वास्थ्य:: 'हेरोइनको ओभर डोजपछिका लक्षण!'?

पारसको स्वास्थ्य:: 'हेरोइनको ओभर डोजपछिका लक्षण!'?


काठमाडौं, फागुन २०  - ११ दिनपछि हिजो होस खुलेका बैंककको समितिभेज अस्पतालमा उपचार गराइरहेका पूर्व युवराज पारस शाह अझै भेन्टिलेटरमा छन्। अस्पताल र पारसका सहयोगीले उनलाई 'मेजर हर्ट अट्याक्ट' भएको सार्वजनिक गरे पनि हृदयघात भएका बिरामीको उपचार पद्धतिमा चिकित्सक
अझै प्रवेश गरेको देखिएको छैन।
चिकित्सकले उनको टाउकोको सिटिस्क्यान गरेर दिमागी अवस्था अवलोकन गरेर उपचार सुरु गरेका थिए।
पारसको स्वास्थ्य अवस्था 'हेरोइनको ओभर डोजपछिका लक्षणहरु' भएको जानकार स्रोतको दाबी छ। अत्यधिक हेरोइन सेवन गर्दा एक्कासि शरीरका अंग निस्क्रिय हुने चिकित्सक स्रोतको दाबी छ। तर, यसको स्वतन्त्र पुष्टि भने हुन सकेन।
फागुन ८ गते बेलुका अचानक अचेत भएपछि उनलाई थाई सहयोगीले अस्पताल पुर्याोएका थिए। दोस्रो दिन आँखाको ढकनी चले पनि उनको स्वास्थ्य अवस्था जटिल बनेपछि भेन्टिलेटरमा राखेर थप उपचार थालिएको थियो। उपचारका क्रममा उनको मुटुको धमनी बन्द भएपछि कृत्रिम यन्त्रको सहयोग लिइएको थियो। शनिबार उनको पेटबाट सुरु भएको रक्तश्राव दोस्रो दिन रोकिएपछि समितिभेज अस्पतालका चिकित्सकले बैंकक अस्पतालका चिकित्सक डाकेर परामर्श लिएका थिए।
पारसको अवस्था गम्भीर हुँदै गएपछि पूर्वराजा ज्ञानेन्द्रसहित पूर्वराजपरिवारका सदस्य बैंककमै छन्। पारस अस्पताल भर्ना भएको दोस्रो दिन बहिनी प्रेरणासहितको टोली बैंकक पुगेको थियो। हिमानी एक्लै बैंकक पुगेपछि पूर्वराजा ज्ञानेन्द्र पत्नी कोमल र पारसका सन्तान लिएर बुधबार बैंकक गएका थिए।
--(नागरिक न्युज 
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis