CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » तेन्जिङ शेर्पा पहिलो सगरमाथा आरोही हैन रे लौ !

तेन्जिङ शेर्पा पहिलो सगरमाथा आरोही हैन रे लौ !

१ असोज, काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा पहिलोपटक पाइला टेक्ने नेपाली तेन्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका एडमण्ड हिलारी रहेको अहिलेसम्मको मान्यतालाई चुनौती दिंदै हालै प्रकाशित एक पुस्तकले तेन्जिङ नभई हिलारी मात्र पहिलो आरोही भएको दावी गरेको छ ।
सगरमाथा आरोहण गरेको ५९ बर्षपछि एक बेलायती लेखकले
प्रकाशन गरेको पुस्तकमा सगरमाथामा पहिलो पाइला टेक्ने व्यक्ति तेन्जिङ नभएर केवल हिलारी मात्र रहेको दाबी गरिएको छ ।
सन् १९५३ को मे २९ मा न्युजिल्याण्डका हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले एकसाथ पहिलोपटक सगरमाथाको चुचुरोमा पाइला टेकेको मानिंदै आएको थियो । अधिकांश नेपालीहरुले त तेन्जिङले नै हिलारीलाई बोकेर सगरमाथाको चुचुरोमा पुर्‍याएकोसमेत बिश्वास गर्छन् । विभिन्न अभिलेखमा आधारित भन्दै बेलायती लेखक माइक कोन्फ्रीले लेखेको उक्त पुस्तकमा बि्रटिस उपनिवेश विरुद्ध नेपाल र भारतमा रहेको तिब्र आवाजलाई निस्तेज पार्न त्यस समयमा हिलारी सँगै तेन्जिङले पनि सगरमाथा चढेको भनेर तथ्यलाई मोडिएको लेखकले दाबी गरेका छन् ।
नेपालका लागि तत्कालिन बेलायती राजदुत क्रिस्टोफर समरहेज र आरोहण दलका प्रमुख जोन हन्टले उपलब्ध गराएका तथ्यका आधारमा उक्त पुस्तक तयार पारिएको उनको दावी छ ।
अर्को महिना सार्वजनिक हुने पुस्तक ‘एभरेष्ट १९५३: द इपिक स्टोरी अफ द फस्र्ट एसेन्ट’ मा उल्लेख भएअनुसार समरहेज र हन्टले पहिले कसले सगरमाथा चढेको हो भन्ने यथार्थ जानकारी लुकाएर उपनिवेश विरुद्धको आवाजलाई मथ्थर पार्न तेन्जिङ नोर्गेलाई पनि हिलारीसँगै सगरमाथा चढेको भनि प्रचार गरेका थिए ।
सन्डे टाइम्सका अनुसार समरहेज र हन्टको यस्तो बदनियत बेलायतको रोयल जियोग्राफिकल सोसाइटीको अभिलेखको अध्ययनपछि प्रकाशमा आएको हो । सोसाइटीको अभिलेखमा हिलारीको सगरमाथा आरोहणको अनुभुतिसहित आधिकारिक तथ्य समावेश गरिएको थियो । रोयल जियोग्राफिकल सोसाइटीमा संग्रहित हिलारीको मेमोमा उनले भनेका छन्, ‘ मैले सगरमाथाको चुचुरोमा पाइला टेकेँ….. त्यसपछि तत्कालै मेरो पछाडि रहेका तेन्जिङलाई पनि माथि ल्याएँ ।’
तत्कालिन आरोहण दलका प्रमुख हन्टले भने हिलारीले सबैभन्दा पहिले सगरमाथाको चुचुरोमा पाइला राखेको तथ्य लुकाउँदै तेन्जिङ र हिलारीले सँगै चुचुरोमा पाइला राखेको कुरा सार्वजनिक गरे ।
राष्ट्रवादी नेपालीहरुप्रति आक्रामक नबन्ने चाहना तथा को पहिले चुचुरोमा पुग्यो भन्ने कुराको सम्भावित विवादलाई मथ्थर पार्नका लागि हन्टले यसो गरेका नयाँ पुस्तकको दावी छ ।
आरोहणपछि काठमाण्डौमा भएको कार्यक्रममा हिलारीले पनि अस्पष्ट कुरा गरेका थिए । उनले त्यतिबेला भनेका थिए ‘हिउँमा बञ्चरो गाड्दै हामी चुचुरोमा उभिएका थियौँ ।’
‘त्यतिबेला सुरुमा हिलारीले मात्र सगरमाथा आरोहण गरेको खबर सार्वजनिक भएसँगै नेपाल र भारतका मिडियामा तेन्जिङलाई साधन बनाएर बेलायती उपनिवेश विरुद्ध प्रहार सुरु भैसकेको थियो’, सन्डे टाइम्सले लेखेको छ । सोही कारण हिलारीले सार्वजनिक कार्यक्रममा हामी सगरमाथाको चुचुरोमा उभियौँ भन्ने अभिव्यक्ति दिएका हुनसक्ने टिप्पणी पत्रिकाको छ । आरोही दुवै जनाको निधन भइसकेको छ ।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis