CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » डेस्कटप, स्मार्टफोन, ल्यापटप, ट्याब्लेटले विस्थापित गर्न अब फ्याब्लेट

डेस्कटप, स्मार्टफोन, ल्यापटप, ट्याब्लेटले विस्थापित गर्न अब फ्याब्लेट

information technology
धेरैको दैनिकीका हरेक काममा सघाउँदै आएको स्मार्टफोन बजारबाट विस्थापित हुँदैछ । यसबारे जानकारी छ ? पत्याउनु भएन ? यो यथार्थलाई समयले पत्याउन कर लगाउनेछ । केही समय पर्खौ । हिजो स्मार्टफोन कहाँ थिए र ? हिजो जीवनका अभिन्न अंगका रूपमा जोडिन आएका डेस्कटपको हालत के हुँदैछ ? अरू त अरू काखमा राखेर चलाउन मिल्ने, झोले ल्यापटपलाई समेत ट्याब्लेटले विस्थापित गर्न
लाग्दा तिनको चिन्ता गरेर भयो र ?
नयाँ प्रविधिले पुरानोलाई विस्थापित गर्दै जानु प्रकृतिको नियमै हो भन्नुपर्ला ! स्मार्टफोनलाई केले विस्थापित गर्ला त ? जस्तै अनुमान लगाइए पनि स्मार्टफोनलाई फ्याब्लेटले विस्थापित गर्दैछ । ट्याब्टेलभन्दा साना तर स्मार्टफोनभन्दा ठूला स्त्रिmन भएका फोन र ट्याब्लेट दुवैको विशेषता एउटैमा हुने फ्याब्लेट आम ग्याजेटप्रेमीको रोजाइमा पर्न थालेका छन् । ठ्याक्कै भनिहाल्न गाह्रो छ, स्मार्टफोनलाई कहिले फ्याब्लेटले विस्थापित गर्ला भनेर ।
बेलायतका रणनीति विश्लेषक 'ग्लोबल वायरलेस प्राक्टिस' का कार्यकारी निर्देशक निल मावस्टनको दाबीलाई मान्ने हो भने सन् २०१३ फ्याब्लेटको वर्ष हुनेछ । मानिसले सबै काम एउटै डिभाइसबाट गर्न चाहन्छ । यो वर्षको तीन महिना बितिसक्यो । हेर्दै जाउँ । 'ठूलो स्त्रिmन भएका फोनले मानिसलाई ट्याब्लेट र फोन दुवैको सुविधा दिन्छन्, सामसुङको मोबाइल सेट नेपाली बजारमा बेच्दै आएको इन्टरनेसनल मार्केटिङ सर्भिसेज -आईएमएस) का कार्यकारी अध्यक्ष दीपक मलहोत्रा भन्छन्, 'त्यसैले पछिल्लो समय मोबाइल उपभोक्ताको आकर्षण यस्तै सेटमा देखिएको छ ।'
फ्याब्लेट उत्पादनमा पनि सामसुङ नै अगाडि देखिएको छ । उसले सन् २०११ को अन्त्यतिर ५.३ इन्चको ठूलो स्त्रिmन भएको ग्यालेक्सी नोट सार्वजनिक गरेको थियो । हुन त त्यसअघि २०१० मा डेल इंकले पहिलोपटक ५ इन्चको स्टि्रक ल्याएको थियो । त्यतिन्जेलसम्म स्मार्टफोनको स्त्रिmनको साइज ३ इन्चभन्दा ठूलो हुँदैनथ्यो । सामसुङको ग्यालेन्सी नोट आएपछि उपभोक्ताले यस्ता सेटप्रति निकै रुचि देखाए ।
कम्पनीले त्यसपछि नोटका १ र २ संस्करण नेपाली बजारमा समेत ल्याइसकेको छ । ग्यालेक्सी नोट आउँदासम्म बजारमा ४ इन्चसम्मका स्मार्टफोन थिए । ठूलो स्त्रिmनलाई हेर्दा सामसुङले गत वर्ष सार्वजनिक गरेको ग्यालेक्सी एस थ्री उपभोक्ताले धेरै रुचाएको अर्को सेट हो । यसको स्त्रिmन ४.८ इन्चको थियो । विश्व बजारमा यो सेट ४ करोड युनिटभन्दा बढी बिकेर रेकर्ड कायम गरेको बीबीसीको दाबी छ ।
नेपाली बजारमा सार्वजनिक भएको १० महिनामा यो सेट ७ हजार युनिट बेचेको आईएमएस अध्यक्ष मलहोत्रा बताउँछन् । यसलाई हेर्दा नेपाली मोबाइलप्रेमी पनि ठूलो स्त्रिmनका सेटतिर आकषिर्त भएको देखाउँछ । केही साताअघि यस सेटको अर्को संस्करण ग्यालेक्सी एस फोर सार्वजनिक भएको छ । यसको स्त्रिmन एस थ्रीभन्दा ठूलो -५ इन्च) छ । यो विश्व बजारमा निकै चर्चामा रहेको एप्पलको आइफोन फाइभको भन्दा ५६ प्रतिशत ठूलो हो ।
मोबाइलको बजार विश्लेषकहरूको दाबीमा एसफोरले एसथ्रीको रेकर्डलाई तोड्ने छ । यो फोन नेपाली बजारमा यसै महिनाको अन्तिमसम्म आइपुग्ने बिक्रेता आईएमएसले जानकारी दिएको छ । अध्ययनअनुसार सन् २०१२ मा जति फ्याब्लेट बिके त्यसको तीन चौथाइ सामसुङका थिए । सामसुङको फ्याब्लेटको लोकपि्रयता देखेर अरू कम्पनीले पनि ठूला स्त्रिmन भएका सेट ल्याइरहेका छन् । यसमा एलजी, जेडटीई, एचटीसी, हुवाई, कलर्स, माइक्रोम्याक्स लगायतका कम्पनी अगाडि आएका छन् ।
एलजीको ५ इन्च स्त्रिmनको अप्टिमसले सन् २०१२ को अन्तिम ३ महिनाको फ्याब्लेट बिक्रीमा १४ प्रतिशत बजार ओगटेको थियो । एचटीसीको बटरफ्लाईको बिक्री पनि निकै राम्रो छ । यस्तै जेडटीईको ५ इन्चको ग्रान्ड एस, हुवाईको ६.१ इन्चको एसेंड मेट निकै चल्तीका छन् । नेपाली ब्रान्ड भनेर चिनाउँदै आएको कलर्सले एक्स्स फ्याक्टर सिरिजमा ठूलो स्त्रिmन भएका मोबाइल सेट बजारमा ल्याइरहेको छ ।
अघिल्लो सातामात्र उसले एक्स फ्याक्टर बोल्ड टु नेपाली बजारमा सार्वजनिक गरेको छ । यसमा ५.३ इन्चको स्त्रिmन छ । भर्खरै आएको 'एरिक्सन मोबिलिटी रिपोर्ट' का अनुसार संसारमा आगामी तीन वर्षभित्र फ्याब्लेटको बजार ४ गुणा बढ्नेछ । त्यसको आकार १ खर्ब ३५ अर्ब डलरको हुनेछ । यस अवधिमा ५ इन्चभन्दा ठूलो साइजका फ्याब्लेटको कारोबार बढेर २२ करोड ८ लाख हुने सम्भावना छ । यस्तोमा फ्याब्लेट किन्ने कि ?
- ईकान्तिपुर , चैत्र २९ 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis