CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » पाँच ‘शव्द’ जसले प्रेम सम्बन्ध लाई खत्तम पार्छ |

पाँच ‘शव्द’ जसले प्रेम सम्बन्ध लाई खत्तम पार्छ |

fightभनिन्छ बोलेको बोली र बन्दुकको गोली फिर्ता ल्याउन सकिँदैन । बोली नै हो जसले पराइलाई आफ्नो बनाउँछ । तर यहीँ बोली कहिलेकाहीँ विष बन्छ र आफ्नोलाई पनि पराइ बनाउँछ । बोलीमार्फत नै सम्बन्ध गाँसिन्छ र सम्बन्ध टुट्छ पनि । आखिर
बोल्ने शव्दहरु सिमित छन् । तर ती शव्दहरु कसरी, कहिले, कुन सन्दर्भमा र को सँग प्रयोग गर्ने ? भन्ने कुराको विचार पूराइएन भने दुर्घटना पनि निम्ताउन सक्छ । वास्तवमा सुखद दाम्पत्य जिवनलाई भताभुंग पार्न र पारापाचुके तर्फ डोर्याउन पनि यस्तै शव्दहरुको बोलीले भूमिका खेल्छ ,
शोधकर्ताहरुले यस्ता पाँच शव्द पत्ता लगाएका छन् जसको गलत प्रयोगले वैवाहिक सम्बन्धलाई ध्वस्त बनाउँछ । ती शव्दहरु निम्नानुसार छन् :
१.कदापि : यसले आशावीहिनता तथा विकल्पवीहिनतालाई संकेत गर्छ । जब तपाइँ आफ्नो जिवनसाथीसँग कदापि शव्दको प्रयोग गर्नुहुन्छ तब तपाइँले ऊ खराब मान्छे रहेको, कदापि असल बन्न नसक्ने तथा परिवर्तनको कुनै आशा नभएको आरोप लगाउनुहुन्छ । यस्तो निरस तथा अप्रिय शव्दयुक्त बोली तपाइँको जिवनसाथीको मन भाँच्न पर्याप्त हुनेछ जसले अन्ततः वैवाहिक जिवनलाई तोड्न मलजल पूराउनेछ ।
२.सदैव : यो कठोरता तथा आफु सधै ठीक रहेको भन्ने भाव झल्काउने शव्दको रुपमा प्रयोग हुनसक्छ । जब तपाइँले सदैव शव्दको प्रयोग गर्दा आफ्नो पार्टनर गलत रहेकेा र आफु सदैव ठीक रहेको कुरा दोहोराउनुहुन्छ अनि पार्टनरलाई सुधार्न आफुले केही गर्न नसक्ने लाचारी पनि देखाउनुहुन्छ । यसले बुझाइ, सिकाइ तथा पीडा वा चोटमा मलहम लगाउने जस्ता कुनैपनि उपायलाई ठाउँ दिँदैन । तब वैवाहिक सम्बन्ध किन नटुंगियोस् ?
३.तर : यसले बनाबटी कुरालाई संकेत गर्छ र सदाचारको अभाव झल्काउँछ । जब तपाइँले तर शव्दको प्रयोग गर्नुहुन्छ तब तपाइँले विगतमा के भएको थियो तथा के भनिएको थियो भन्ने कुरालाई उपेक्षा गर्नुहुन्छ । यो शव्दलाई सही कुरालाई समेत गलत रुपमा परिणत गर्नमा प्रयोग गर्नुहुन्छ । यो शव्दले सौहार्दता, विश्वास जस्ता कुरालाई कुनै स्थान दिँदैन । तर जस्तै यद्यपि र तथापि पनि यस्तै छुद्र शव्दहरु हुन् ।
४.आमाचकारी गाली : यो सबैभन्दा अप्रिय शाव्दिक गाली हो । यसले पार्टनरको मन सहजै भाँचिदिन्छ । झगडालाई मलजल गर्छ । नामै उच्चारण गरेर गरिने आमाचकारी गालीबाट पार्टनरको मनमा पर्ने क्षतिको उपचार हुन गाह्रो हुने मनोविज्ञहरु बताउँछन् ।
५.पारापाचुके : डिभोर्स शव्दलाई बारम्बार प्रयोग गर्नुभयो, पार्टनरलाई डिभोर्सको धम्की दिनुभयो, अब डिभोर्सको विकल्प रहेन भनेर जपिरहनुभयो भने बुझ्नुहोस् तपाइँको वैवाहिक सम्बन्ध छिटै टुंगिनेवाला छ । डिभोर्स निकै गम्भीर निर्णय हो । यसलाई नियन्त्रणको औजारको रुपमा प्रयोग गर्नखोज्दा त्यसले निरासा तथा अविश्वास सिर्जना गर्छ । सौहार्दता घटाउँदै अन्ततः सम्बन्ध विच्छेदको चरणमा पूराउँछ ।
एजेन्सी
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis