म कुनै पनि इभेन्टमा अतिथि वा अवलोकनकर्ताका रूपमा मात्र जान रुचाउँछु। मलाई इभेन्ट फोटोग्राफीमा खासै रुचि छैन। तर, प्रोफेसनल फोटो पत्रकार भएकोले मेरो रुचिभन्दा पनि काम गर्ने अफिसको आवश्यकता महत्वपूर्ण रहन्छ।
केही वर्षयता टेलिभिजन मिडियामा प्रतिस्पर्धा बढेको छ। प्रतिस्पर्धासँगै बढेको छ, 'ब्रेकिङ न्युज'। ब्रेकिङ न्युजको चक्करमा मिडियाले बिर्संदै छ, आफ्नो आचार, नैतिकता र स्वसेन्सरसिप।न दुर्घटनाका बेला पनि दर्शकलाई विभत्स दृश्य हेर्न बाध्य बनाइएको थियो, 'एक्सक्लुसिभ ब्रेकिङ न्युज'को नाममा।
एक आइतबार। मोबाइल फोनको लन्चिङ कार्यक्रमका लागि खटिएको थिएँ। त्यहाँ पुगेको मात्रै थिएँ, मेरो मोबाइल कसैको एसएमएसले भाइब्रेट गर्योङ। मेरै फोटो सम्पादकको एसएमएस यस्तो थियो– 'नरदेवी नजिकै ठूलो आगलागी, दुई जनाको मृत्यु।'
त्यो मेसेज पढ्नेबित्तिकै मेरो मनले भन्यो– 'सबै कुरा बिर्सी र त्यहाँ पुगीहाल्।' मैले त्यहाँ उपस्थित अर्का फोटोग्राफर साथीलाई पनि सूचना दिएँ। त्यसपछि हामी हान्नियौं नरदेवीतर्फ। सिमसिम पानी पर्न सुरु भएको थियो। साँघुरो गल्ली। सोध्दै–खोज्दै घटनास्थल पुग्यौं।
घटनास्थल पुग्नेबित्तिकै म मोटरसाइकल पछाडिबाट उत्रिएँ र अग्नि नियन्त्रकहरू भएतर्फ 'प्रेस–प्रेस' भन्दै दौडिएँ। प्रहरीहरूले रमितेलाई नजिक जान दिइरहेका थिएनन्। अग्नि नियन्त्रकहरूले आगो निभाइसकेका थिए। घटनास्थलमा देखेको पहिलो दृश्य दुई वटा दमकलको बीचमा तन्नाले छोपेर भुइँमा राखिएका दुई लासको थियो। त्यो विभत्स दृश्यले मेरो आङ सिरिङ्ङ भयो। सोचें– 'सायद तन्नामुनि त्योभन्दा विभत्स र कहालीलाग्दो दृश्य हुँदो हो।'
घटनास्थल पुगेपछि हामीले गर्ने पहिलो काम भनेको जे देख्छौं त्यो खिचिहाल्ने हो। त्यसैले मैले ती लासहरूको फोटो भटाभट खिच्न थालें। लासको फोटो खिचेको यो नै पहिलोपटक थिएन। यसभन्दा पहिले धरानमा दसैंताका चर्चमा भएको दुर्घटनापछि १९ वटा लासको बीचमा बसेर पनि फोटो खिचेको थिएँ। मनमा जति नै करुणा भए पनि त्यतिबेला मेरा लागि घटनाको फोटो संकलन महत्वपूर्ण थियो।
यस्तो फोटो खिच्दा मैले ध्यान दिने एउटामात्रै कुरा हो– जेसुकै भए पनि दर्शकहरू मेरो फोटो हेरेर विह्वल नहोऊन्, साथसाथै घटनाको विभत्सता पनि दर्शियोस्। फोटो खिच्दै थिएँ। एउटा चर्को आवाजले मेरो ध्यान खिच्यो– 'दाइ त्यो लास मजासँग देखाइदिनुस् त!' त्यो सुनेर, म अक्क न बक्क भएँ। एक टेलिभिजन क्यामेराम्यानलाई लास नै खिच्न मन लागेछ। त्यसपछि सुरक्षाकर्मीले उनको आग्रहअनुसार निशंकोच तन्ना उठाइदिए। म ठीक अघिल्तिर थिएँ। मलाई लासको अनुहार हेर्ने र त्यो विभत्सतालाई क्यामेरामा कैद गर्ने कुनै रहर थिएन। बरु टिभी क्यामेराम्यानहरूले लासमाथिको तन्ना हटाउन लगाई क्यामरामा कैद गरिरहेको दृश्य मेरो लागि रोचक थियो।

केही वर्षयता टेलिभिजन मिडियामा प्रतिस्पर्धा बढेको छ। प्रतिस्पर्धासँगै बढेको छ, 'ब्रेकिङ न्युज'। ब्रेकिङ न्युजको चक्करमा मिडियाले बिर्संदै छ, आफ्नो आचार, नैतिकता र स्वसेन्सरसिप। काठमाडौंमा केही समयअघि भएको विमान दुर्घटनाका बेला पनि दर्शकलाई विभत्स दृश्य हेर्न बाध्य बनाइएको थियो, 'एक्सक्लुसिभ ब्रेकिङ न्युज'को नाममा।
हेर्दै आङ सिरिङ्ङ गर्ने दृश्यहरू 'एक्सक्लुसिभ' लेखिएको वाटरमार्क राखेर घरीघरी समाचारमा देखाइएका थिए। ती दृश्यले केही समयका लागि त च्यानलहरूको टिआरपी बढाए होलान्, तर लामो समयसम्म धेरै दर्शक त्यो विभत्स दृश्यबाट आतंकित भएका थिए। सायद त्यस्ता दृश्य बालबालिकाले पनि हेरे होलान्। उनीहरूको मनमा परेको नकारात्मक प्रभावको विश्लेषणमा कसैले पनि चासो दिएका छैनन्।
शहरमा हुने बम बिस्फोट होस् या दुर्घटना प्रमुख समाचार नै हुन्। आफ्नो दर्शक वा पाठकलाई घरमै बसी–बसी सबै घटनाबारे यथेष्ट र तथ्यपरक समाचार–सूचना दिनु हाम्रो कर्तव्य हो। यो होइन कि, घटनास्थलको भयानक त्रासदीलाई पर्दा वा फोटाका माध्यमबाट जस्ताको तस्तै देखाइयोस्। टेलिभिजनमा कहिलेकाहीँ हतारमा त्यस्ता दृश्यहरू सम्पादन नगरी पनि देखाउनुपर्ने हुन्छ। त्यस्तो दृश्य देखाउँदा पहिलो त, 'दृश्यले भयभित गर्न सक्छ,' भन्ने सूचना दिनु अनिवार्य हुन्छ। र, सकेसम्म त्यस्ता दृश्य देखाउँदा 'ब्ल्याक एन्ड ह्वाइट' वा धमिलो बनाएर देखाउनुपर्छ।

पछिल्लो समय बंगलादेशमा भएको भवन दुर्घटनामा हजारौंले ज्यान गुमाएका थिए। संसारभरका सञ्चारमाध्यममा त्यो समाचारले प्रमुखता पायो। त्यो दुर्घटनाको हजारौं फोटो खिचिए होलान्। धेरै विचलित पार्ने फोटा पनि थिए होलान्। तर, फोटोग्राफर तश्लिमा अख्तरले खिचेको फोटोले धेरैको मन छोयो। त्यस फोटोमा घटनाको विभत्स दृश्य छ। तर, उनले फोटो खिच्दा ती लासलाई मृत शरीरका रूपमा मात्र नलिएर त्योप्रति देखाएको आदरभावले विभत्सतालाई धेरै हदसम्म निस्तेज पार्दै भावनात्मक बनाएको छ।
पत्रिकामा यस्ता त्रुटिहरू कम हुने गरे पनि टेलिभिजनमा बारम्बार दोहोरिइरहन्छन्। यसले दर्शकलाई पक्कै असर पुर्यााएको हुनुपर्छ। मलाई भने यस्ता घटनाले निक्कै पीडा दिने गर्छ। हामी फिल्डमा पुगेर समाचार–दृश्य संकलन गर्नेहरू सचेत र सजग नभएसम्म यो क्रम रोकिनेवाला छैन।

विजय गजमेर , नागरिक न्युज
Well said . there is no ethic and professionalism.Even NTV was happy to show the dead bodies when there was conflict. And now there is no rules and regulations at all . Bijay ji , keep this promise to yourself. Good job.
ReplyDeletethank you pawan ji
Delete