CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » ‘काकाकुल’ काठमाडौंमा अब पानीको हाहाकार हुने पक्का

‘काकाकुल’ काठमाडौंमा अब पानीको हाहाकार हुने पक्का


pani-vardai१ जेठ, काठमाडौं । उसै पनि धारामा भनेजति पानी थाप्न नपाएर काठमाडौंका बासिन्दा हैरान छन् । घरको धारो र टोलको सार्वजनिक पँधेरोमा समेत पानी नभएपछि जेनतेन ट्यांकरबाट पानी किनेर धेरैले गुजारा गरिरहेका छन् । प्रायः सबै कार्यालयहरुमा जार र बोतलको पानी प्रयोग हुन्छ । तर ट्यांकर, जार र बोतलको पानी उत्पादन एवं वितरण गर्ने
उद्योगी व्यवसायीले अब यो पनि सुकाइदिने चेतावनी दिएका छन् ।
पानीको कारोबार गर्ने निजी क्षेत्रका सबै उद्योगी, व्यवसायी एकजुट भएर यस्तो चेतावनी दिएका हुन् । ‘सरकारलाई हामीले बिभिन्न माग सहित ज्ञापनपत्र बुझाइसकेका छौं, जेठ ३ गतेभित्र हाम्रो माग पूरा भएन भने हामी पानी वितरण नै बन्द गर्नेगरी संघर्षमा जान बाध्य हुनेछौं’ संघर्ष समितिका संयोजकसमेत रहेका उपत्यका खानेपानी स्रोत तथा ट्यांकर व्यवसायी संघका अध्यक्ष विष्णु दाहालले अनलाइनखबरसित भन्नुभयो ।
आफ्नो संघसहित नेपाल बोटल वाटर उद्योग संघ, खानेपानी ट्याङ्कर तथा बोरिङ व्यवसायी संघ र नेपाल यातायात मजदुर संघ उपत्यका खानेपानी ट्याकर मूल कमिटीले सरकारलाई संयुक्तरुपमा २० बुँदे मागपत्र बुझाएको उहाँले बताउनुभयो ।
उपभोक्ताकै लागि आवाज उठाएको दाबी
पानी वितरण नै बन्द गर्ने चेतावनी दिएका उद्योगी व्यवसायीले उपभोक्ताकै हितका लागि आफूहरुले आवाज उठाएको दाबी गरेका छन् । ‘हामीले उद्योगलाई संरक्षण गर्ने नीतिलगायत आवश्यक सुविधाको माग मात्रै होइन, पानीको गुणस्तर र नियमित अनुगमनको पनि माग गरेका छौं’ दाहालले भन्नुभयो-’उपभोक्ताका लागि सरकारले नै ध्यान पुर्याउनुपर्नेमा उल्टै हामीले बोल्नुपरेको छ ।’
भूमिगत पानीले नपुग्ने
हाल खानेपानी वितरण प्रणाली सुव्यवस्थित गर्नका लागि सरकारले भूमिगत पानी विभिन्न क्षेत्रबाट उत्पादन गरी वितरण गर्दै आइरहेकोमा त्यसले मात्र उपत्यकाको जनघनत्व अनुसार खानेपानी वितरण प्रयाप्त हुन नसकेको र सरकारी स्वीकृतीमा सञ्चालन गरेकै व्यवसाय बन्द भएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको उहाँको भनाइ छ ।
व्यवसायीहरुले खानेपानी उत्पादन वितरण गर्दै आई हाल विविध समस्याका कारण बन्द भएका उद्योगहरु तत्काल सञ्चालनमा ल्याउनुपर्ने, पानी उद्योगमाथि स्थानीयस्तरबाट आउने विभिन्न किसिमका हस्तक्षेपहरुको समाधान गर्नुपर्ने र सरकारले तोकेको निकायबाट स्वीकृत लिएका श्रोतहरु हचुवामा बन्द गर्न नहुने, बन्द गरी स्थानान्तरण गर्नुपर्ने भएमा व्यवसायीलाई श्रोत, उद्योग तथा ट्याङ्करको उचित क्षतिपूर्ति दिई स्थानान्तरण गराउनुपर्ने लगायतका माग राखेका छन् ।
त्यसैगरी सरकाले तोकेको सम्बन्धित निकायमा दर्ता भई सञ्चालन भएका श्रोत, उद्योग तथा ट्याङ्करहरुको संरक्षण, सम्बर्धन र प्रवर्द्धन गर्नुका साथैं केयूकेएल सरह नै मान्यता पाउनुपर्ने माग उनीहरुको छ । सम्पूर्ण श्रोत, उद्योग र ट्याङ्कर व्यवसायीहरुलाई व्यवस्थित र मर्यादित बनाउन उपत्यका खानेपानी व्यवस्थापन बोर्डको नियमानुसार श्रोतको पहिचान गरी सम्बन्धित व्यवसायी संघ वा बोर्डको सिफारिसमा मात्र दर्ता, नविकरण, अनुमतिपत्र वितरण ट्याङ्कर कायम गर्ने लगायतको व्यवस्था गर्नुपर्ने माग पानी व्यापारीहरुको छ ।
साँच्चै बन्द भए के होला ?
राजधानीका अधिकांश घर तथा कार्यालयमा ट्यांकर, जार र बोतलकै पानी प्रयोग हुन्छ । उपत्यकामा ७ सयवटा ट्याङ्कर र सयौं उद्योगहरुका जार र बोटल मार्फत पानी वितरण हुन्छ । अस्पताल, नर्सिङहोम, तारेहोटल, रेष्टुराँ, कलकारखाना, कुटनीतिक नियोग, शिक्षण संस्था लगायत सर्वसाधारणका घरघरमा यसैगरी पानी पुग्छ । यसबाट कारोबार मात्रै दैनिक डेढ करोडको हुने व्यवसायीको भनाइ छ । वितरण बन्द भए व्यवसाय त चौपट हुन्छ नै, लाखौं सर्वसाधारण खानेपानीजस्तो अति आवश्यकीय सेवाबाट बञ्चित हुनेछन् । सरकारले अतिआवश्यकीय सेवामा हडताल गर्न नपाउने नियम बनाए पनि व्यवसायीहरुले यसको अवज्ञा गर्दै उपभोक्तामाथि थप आहत पार्ने काम बेलाबेला गर्दै आएका छन् ।
- साभार अन्लाईन खबर 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis