पोर्न चलचित्र उद्योगबाट बलिउड भित्रिएकी भएर सनीको नृत्यमा निषेध
पोर्न चलचित्र उद्योगबाट बलिउड भित्रिएकी सनी लियोनलाई दुबईमा नृत्य प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको छ। दुबईमा सनीले एउटा कार्यक्रममा नृत्य गर्ने निम्तो पाएकी थिइन् तर उनलाई उक्त कार्यक्रममा सहभागिता जनाउन दिइएन। दुबईको नाइट क्लबमा पोर्नस्टार सनी लियोनले 'वाइल्ड केज डान्स' मार्फत दर्शकलाई लोभ्याउने सम्पूर्ण तयारी पुरा गरेकी थिइन् तर कार्यक्रम आयोजना हुनुअघि उक्त कार्यक्रममाथि प्रतिबन्ध लगाइएको छ। दुबईको डिपार्टमेन्ट अफ टुरिज्मले नृत्यको अनुमति नदिएको बताइएको छ। सनी चलचित्र 'सुटआउट एट बडाला' को प्रमोसनका लागि दुबई जान लागेकी थिइन्। सनीको अाईटम नृत्य हेर्ने प्रतिक्षा गरिरहेका उनका प्रशंसकहरू निराश भएका छन्। -- साप्ताहिक साभार
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !