CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » न्युड पेन्टिङ गर्दै गर्दा सेक्सुअल डिजायर बढेन ? - राजेश हमाल अन्तरवार्ता

न्युड पेन्टिङ गर्दै गर्दा सेक्सुअल डिजायर बढेन ? - राजेश हमाल अन्तरवार्ता


किन-किन, चलचित्रमा न्युड पेन्टरको भूमिका निर्वाह गर्नुभएछ, कस्तो अनुभव रह्यो ? 
हो, म चलचित्र किन-किनमा न्युड पेन्टरको भूमिकामा थिए। यो मेरा लागि बिल्कुलै नौलो अनुभव थियो। न्युड भनिए पनि नारी पात्रको संवेदनशील अंगको ख्याल गरिएको थियो। कलात्मक शैलीमा न्युड आर्टलाई चलचित्रमा उतार्ने प्रयास गरिएको थियो। फेरि अहिले नेपालमा न्युड पेन्टिङ आफैंमा नौलो विषय होइन्। न्युड आर्टमा काम गर्ने कलाकारहरूसँग मेरो आफ्नै पनि सम्पर्क छ। यो सशक्त पेन्टिङ कला हो। पेन्टिङ सिक्ने विद्यार्थीलाई प्रारम्भमै मानिसको मुखाकृति एवं शरीर बनाउन सिकाइन्छ, त्यसकै उच्चतम तह न्युड पेन्टिङ हो। मैले बाहिर पढेर आएको न्युड पेन्टरका रूपमा कलात्मक न्युड पेन्टिङको अवसर खोजिरहेको भूमिका निर्वाह गरेको हो। एउटा मोडमा यो दृश्यमा काम गर्नुपर्ने अवस्था थियो, मैले सहज रूपमै गरें। 

न्युड पेन्टिङ गर्दै गर्दा सेक्सुअल डिजायर बढेन ?

त्यो एउटा पुरुषभन्दा पनि कलाकार हावी भएको अवस्था थियो। त्यो मेरो व्यक्तिगत भावना सेयर गर्ने ठाउँ पनि होइन। चलचित्रका लागि राम्रो र कलात्मक प्रस्तुति दिनुपर्ने थियो। काम गर्ने सिलसिलामा कतिपय दृश्य छुट्टाछुट्टै पनि खिचिए। हामीले काम गर्दा न्युड सिनकै वातावरणमा काम गरेको अनुभूति दिने गरी काम गर्नु थियो, त्यसरी नै काम गरियो। नग्न महिला देख्दा पुरुषलाई डिजायर आउने भन्ने तपाईंको कुरा होला, तर मैले प्राविधिक र चलचित्र राम्रो बनाउन अन्य पक्षमा ध्यान दिँदा-दिँदै त्यस विषयमा सोच्न भ्याइनँ। 

न्युड पेन्टरको भूमिका गर्दा कतै न्युड पेन्टर नै जस्तो अनुभूति त भएन नि ?

न्युड पेन्टर बन्न सजिलो छैन। धेरै कुराको ज्ञान हुनुपर्छ। कलाकारको प्यासन त्यसतर्फ हुनु आवश्यक छ। न्युड पेन्टिङ न्युडिटीका लागि होइन भन्ने कुरा बुझ्नुपर्छ। मनुष्यको शरीर कलात्मक हुन्छ, अझ नारीको शरीर त थप कलात्मक हुन्छ। नारीको शरीरको ढाँचा जुन प्रकारको हुन्छ, त्यसलाई कलात्मक रूपमा उतार्न सक्नुपर्छ। मैले चाहिँ विभिन्न चरित्रमा अभिनय गर्ने क्रममा किन-किन चलचित्रका लागि आफूलाई त्यसरी उतारें। 

लभ मेकिङ सिन खिच्ने क्रममा तपाईंका कारण डाइनिङ टेबल नै भाँचियो रे ? 

नायिका अरुणिमा लामासँगको उक्त सिनका लागि मैले उनलाई बोकेर डाइनिङ टेबलमा राख्नुपर्ने थियो, त्यहि क्रममा दुर्घटनावश डाइनिङ टेबल भाँचियो। डाइनिङ टेबलको प्लाइउड बेसमा अडिएको रहेनछ। त्यो दुःखद दुर्घटना थियो, धन्य कसैलाई केही भएन्। दुर्घटनाको उक्त सिन चलचित्रमा राखिएको छैन।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis