CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » दिमागमा घाँस उम्रिएको ! वर्जित यौन सम्पर्क गरेछन्। गुरुकै श्रीमती हो कि कोसँग रे।

दिमागमा घाँस उम्रिएको ! वर्जित यौन सम्पर्क गरेछन्। गुरुकै श्रीमती हो कि कोसँग रे।

yarsa2
yarsa2अहिले म मनाङ यात्रामा छु र त्यहीँबाट ब्लग अपडेट गर्दैछु। यो यात्राको तेस्रो ब्लग यहाँ राख्दैछु।
यात्राको दोस्रो दिन हामीले स्थानीय व्यापारीहरुसँग कुरा गर्ने मौका पाएका थियौँ। त्यही क्रममा स्थानीयहरुसँग कुरा हुँदा यार्सागुम्बाबारे गजबका तथ्य सुन्ने मेसो मिल्यो।
पेम्बा दाइले सुनाउनुभयो धार्मिक ग्रन्थ अनुसार यार्सागुम्बाको उत्पतिको कुरा। त्यसअघि
साथी उत्तमले यो कसरी बन्छ भनेर वैज्ञानिक तथ्य स्थानीयलाई सुनाउँदा उनीहरुले चाख मानेर सुनेका देखिन्थे।
उनका अनुसार बत्तीमा आउने खालको जस्तो एउटा पुतलीले फूल पारेपछि त्यसबाट बन्ने झुसिलकिरा प्युपा बन्ने क्रममा रहँदा च्याउको ढुसीले आक्रमण गर्छ। किराको शरीरमा त्यो च्याउ फैलँदै अन्त्यमा दिमागलाई पनि नष्ट गर्दै टाउको छेडेर च्याउ बनेपछि बन्छ यार्सागुम्बा।
yarsa3
पेम्बा दाइले सुनाएको धार्मिक कथा भने यस्तो थियो। एक पटक एउटा गुम्बामा धेरै विद्यार्थीहरु रहेछन्। ती मध्ये एक जनाले वर्जित यौन सम्पर्क गरेछन्। गुरुकै श्रीमती हो कि कोसँग रे। अनि गुरुले श्राप दिएछन् तँलाई मोरा यस्तो ठाउँमा आएर त्यस्तो कुकाम गर्छस्। तेरो त दिमागबाट घाँस उम्रोस्। अनि त त्यसपछि त्यो मान्छे यार्सागुम्बा बन्यो रे।
हुन पनि वैज्ञानिक तथ्य अनुसार झुसिलकिराको टाउकोबाट च्याउ उम्रेपछि नै यार्सागुम्बा बन्छ।
yarsa4
पहिले पहिले स्थानीय बासिन्दा कसैले पनि यार्सा टिप्दैन थिए। धार्मिक रुपमा यसलाई छुन हुँदैन भनिन्थ्यो। कसैले छुँदैन पनि थिए। तर यसको मूल्य बढ्दै गएपछि धार्मिक मान्यता ठूलो कि पैसा ठूलो भन्ने प्रश्न उब्जियो। पैसाले जित्यो र धमाधम स्थानीयले यसलाई बेच्दै टिप्दै गर्दै आर्थिक स्थिति उकासे। गरिब परिवारका लागि त यो भगवानै हो। त्यसैले अहिले किरा टिप्न जानेहरुले पहिलो किरा भेटेपछि स्यो स्यो भन्दै ढोग्ने गर्छन्। क्रमशः
By Salokya, on June 9th, 2013 माई संसार 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis