CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » प्रचण्डको हत्या षडयन्त्र : दुई पक्राउ

प्रचण्डको हत्या षडयन्त्र : दुई पक्राउ

prachanda puspeकाठमाडौं। एमाओवादीका अध्यक्ष प्रचण्डको हत्यागर्ने षडयन्त्र गरेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको थाहा भएको छ। गत केही दिन अघि बर्दियामा प्रचण्डले सम्बोधन गर्ने आमसभास्थलमा प्रेसर कुकर बम राख्न संलग्न इन्द्रबहादुर
चिमोरिया र विष्णु खड्कालाई प्रहरीले गत साता विहिबार काठमाडौबाट पक्राउ गरेको बताइएको छ। पक्राउ परेका दुबै नेकपा माओवादी (क्रान्तिकारी) का सदस्य रहेको प्रहरीको भनाई छ। त्यतिबेला सभास्थलमा बम राखेको सूचना पाएपछि प्रहरीले तुरुन्त खोजतलासगर्दा प्रेसर कुकर बम फेला पारेको थियो। सो बम निश्त्रि्कय बनाएपछि प्रहरीले तुरुन्तै नेकपा माओवादी (क्रान्तिकारी) नाम गरेको पार्टीका विर्खहादुर थापा, हरिबहादुर सुनुवार, कल्लु थारु र दलबहादुर गन्धर्वलाई पक्राउ गरेको थियो। प्रहरीले उनीहरुबाट पेस्तोल र विष्फोटक पदार्थ पनि बरामद गरेको थियो। उनीहरुलाई केरकार गर्दा एमाओवादीका अध्यक्ष प्रचण्डको हत्यागर्न बम राखेको बयान दिएको प्रहरीले जनाएको छ। चिमोरिया र खड्का यसअघि बबरमहलमा बम राख्ने र कान्तिपुर पब्लिकेशनको गाडी जलाउने कार्यमा पनि संलग्न रहेको प्रहरीको भनाई छ।
यसैबीच अध्यक्ष प्रचण्डलाई गालामा चडकन हानेर चर्चामा आएका पदम कुँवरले आफूमाथि लागेको मुद्दा फिर्ता लिन आग्रह गर्नुभएको छ। कुँवरले एक पत्रकार सम्मेलन गरी उक्त घटनालाई आफूले सामान्य बनाउन खोजे पनि अझै मुद्दा खेपिरहेको र १५ दिनका फरकमा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा धाउनुपरेको गुनासो गर्नुभएको छ। उहाँले प्रचण्डले सार्वजनिक रुपमा मलाई माफी दिएँ भन्नुभएको थियो तर लगातार तारिख बोकिरहेको छु, म सामान्य जीवन जिउन चाहान्छु, मुद्दा एमाओवादीले लगाएको हो वा राज्यले त्यो मलाई जानकारी छैन, जसरी हुन्छ मुद्दा फिर्ता लिनुपर्छ भन्नु भएको छ।
http://www.weeklynepal.com/2013/06/09/prachanda-hatya-garne-sadyantra/#.UbSHaefTyGQ
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis