CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » २७ हजार डलरमा उपचार गराएर फिलिपिन्स फर्कियो हिरो कुकुर

२७ हजार डलरमा उपचार गराएर फिलिपिन्स फर्कियो हिरो कुकुर

२७ हजार डलरमा उपचार गराएर फिलिपिन्स फर्कियो हिरो कुकुरमनिला — अमेरिकामा आठ महिनामा उपचार गरेपछि निको भएर फिलिपिन्सको एक कुकुर फर्किएको छ। कवाग कुकुरको स्वदेश फिर्तीमा फिलिपिन्समा हिरोको जस्तो स्वागत गरिएको छ। दुई बालिकाको ज्यान
जोगाउने क्रममा कवागको मुख र मेरुदण्ड भाँचिएपछि उपचारका लागि कोलम्बिया युनिभर्सिटीको अस्पताल भर्ना गरिएको थियो।
डिसेम्बर २०११ मा मोटरसाइकलले मालिकका दुई बालिकालाई ठक्कर दिन खोज्दा कुकुरले बचाएको थियो। कुकुरको सो साहसप्रति साहनुभूति देखाउँदै उपचारका लागि फेसबुक र ट्विटरबाट मान्छेलेहरु पैसा संकलन गरेका थिए। अमेरिकाको कोलम्बिया विश्व विद्यालयको पशु अस्पतालमा कवागको दुई पटक सर्जरी गरिएपछि कवाग निको भएको हो। मिश्रित नश्लको कवागको उपचारका लागि ४५ देशका मान्छेले २७ हजार अमेरिकी डलर जम्मा पारेपछि उसको उपचार सम्भव भएको बीबीसीले जनाएको छ।

आइतबार फिलिपिन्सको जाबोअंगा सहरमा कवागको सम्मानमा कार्यक्रम राखिएको छ।
साभार : नागरिक न्युज 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis