‘विदेशमा बसेर देशको बदनाम गर्नेहरु’ शीर्षकको ब्लग छापिएपछि एक उपबुज्रुकले २४ घण्टाभित्र ब्लग डिलिट गर्न धम्कीसहितको इमेल
पठाएका छन्। यी तिनै व्यक्ति हुन् जसले असाइलमका लागि सरकारविरोधी देखिने दुई वटा आर्टिकल पुरानो मितिमा छाप्ने ‘अनएथिकल’ कामका लागि पैसाको लोभ देखाएका थिए। त्यो ब्लगमा कसैको नाम र ठेगाना खुलाइएको थिएन किनभने व्यक्तिभन्दा पनि प्रवृत्ति उजागर गर्ने कोशिश थियो त्यो। त्यही ब्लगको विषयमा जथाभावी गाली बक्दै नारायण तिमल्सिनाले यस्तो धम्की दिएका हुन्। यो उनी बसेको देश बेलायतको कानुन अनुसारमात्र हैन नेपालको कानुन अनुसार पनि गैरकानुनी हो।
अपराधसम्बन्धी रिपोर्टिङ गर्ने साथी केपी ढुङ्गानाका अनुसार यस्तो खालको इमेलको आधारमा नेपालमा धम्की दिएको आरोपमा कारबाही हुनसक्ने व्यवस्था छ। कानुन व्यवसायीका अनुसार विद्युतीय कारोबार ऐन अनुसार पनि त्यस्तालाई कारबाही हुनसक्छ। नेपाल बाहिर रहेका नेपालीलाई नेपाल प्रहरीले अनुरोध गरेर सम्बन्धित देशबाट डिपोर्ट गराउने अनुरोध पनि गर्न सक्ने व्यवस्था रहेको छ।
स्रोत : माई संसार
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !