CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » डिस होम बन्द भाको हो ?

डिस होम बन्द भाको हो ?

dishho,e
परम्परागत केबल टिभीको राज रहेको सहरबजारमा टेलिभिजन प्रसारणको नयाँ प्रविधि डिटिएच खासै लोकप्रिय नभए पनि ग्रामीण भेगतिर यो निकै चलिसकेको रहेछ। माथिको फोटो मनाङको हो। मनाङको दुर्गम ठाउँमा रहेका घरहरुमा समेत डिस होमका छाता ठडिएको देख्दा छक्क परेको थिएँ। हिजोदेखि डिस होममा एउटा च्यानल पनि नआउने भएपछि बिचराहरुलाई कति पीडा भयो होला! देशभरका दुई
लाखभन्दा बढी ग्राहक यसबाट प्रभावित भएका छन्।
dishhome1
डिटिएच (डाइरेक्ट टु होम) प्रविधिमा कम्पनीले टेलिभिजन सिग्नल स्याटेलाइटबाट सीधै ग्राहकको घरमा रहेको डिस एन्टेनामार्फत् टेलिभिजनमा पुर्‍याउने भएकोले भौगोलिक अवस्थितिले कुनै असर पार्दैन, जस्तोसुकै अनकण्टार ठाउँमा पनि टिभी हेर्न सकिन्छ।
सिग्नल पठाउनका लागि लिइएको स्याटेलाइट सेवा इन्टेलस्याटले नै लाइन काटिदिएपछि डिसहोमले ग्राहकको घरमा टेलिभिजन प्रसारण गर्न नसकेको हो। स्याटेलाइटलाई तिर्नुपर्ने रकमको विषयमा खटपट भएर लाइन काटेको समाचार आएको छ। तर कम्पनी भने स्याटेलाइट चेन्ज गर्न लागेकोले सेवा अवरुद्ध भएको दावी गर्दो रहेछ।
यसको मार भने दुई लाख २० हजार ग्राहकलाई परेको छ, जसको घरमा टेलिभिजन अब काम नलाग्ने भाँडोजस्तै भएको छ। नेपाली च्यानलसमेत त्यसमा आउँदैन।
स्याटेलाइट चेन्जै गर्ने भए पनि कम्तिमा एक महिना अघि ग्राहकलाई जानकारी दिएर, तयारी पुर्‍याएर मात्र गर्नुपर्थ्यो। यसरी एक्कासी लाखौँ ग्राहकमाझ सेवा नै बन्द हुने भएपछि यसको व्यवस्थापन गर्नेहरुप्रति प्रश्न उठिहाल्छ।
dish
स्याटेलाइटलाई शुल्क तिर्न नसकेको हो भने के डिसहोमले आफ्नो सेवा पर्याप्त विस्तार गर्न नसकेर सोचे जस्तो नाफा कमाउन नसकेकै हो त ? सुनिन्छ स्याटेलाइट शुल्कवापत् करोडभन्दा बढी रकम डिस होमले तिर्नुपर्थ्यो। डिटिएचको लाइसेन्स लिनेको हानाथाप नै भएको थियो केही वर्षअघि। तर चलाउन नसकेपछि डिस मिडिया र होम टिभी मर्ज हुन बाध्य भएका थिए डिस होमको ब्रान्डमा। अहिले यही एउटाले मात्र नेपालमा डिटिएच सेवा दिन्छ। यसअघि भारतीय कम्पनीका डिटिएच चलाउनेहरु प्रशस्त हुन्थे। ती गैरकानुनी भएकोले अहिले डिसहोमको एक छत्र राज थियो। उच्च गुणस्तरको दृश्य आउने भए पनि एकै पटक स्मार्टबक्सको ६ हजार रुपियाँ तिर्नुपर्ने, एउटा मात्र टिभीमा सेवा हुने जस्ता कारणले अझै केवल प्रविधिलाई यसले जित्न सकेको छैन। एउटा केबल टिभीको लाइन लिएर घरभरिका सबै टिभीमा अझ घरपतिले बहालमा बस्ने सबैलाई बाँडेर हेर्ने चलन भएको देशमा आकर्षक प्याकेज नल्याएसम्म डिटिएच खासै चल्ने देखिन्न।
dishhome2
कम्पनीले अब नयाँ स्याटेलाइट रुसको यमल स्याटबाट प्रसारण गर्न लागेको छ। यसका लागि छाता फर्काउनेदेखि लिएर सबै सेटिङ नयाँ ढंगबाट गर्नुपर्ने हुन्छ। नजिकै त कम्पनीले छिट्टै गर्ला तर अनकण्टार गाउँमा भएका ग्राहकको घरको छाता कहिले फर्काउने हुन्। त्यस्ता ठाउँका बासिन्दालाई टेलिभिजन मनोरञ्जनको एक मात्र साधन थियो।
[डिस होम चलाउने गर्नुभएको छ ? कस्तो छ नेपालको एक मात्र डिटिएच कम्पनीको सेवा- आफ्नो अनुभव तल कमेन्टमा लेख्नुस्]
dishhome3
मनाङको मान्छे खासै नहुने ठाउँमा रिचार्ज कार्डको विज्ञापन। यहाँ एनसेलको रिचार्ज किन नबेचिएको होला भन्ने तपाईँलाई लाग्ला, उपल्लो मनाङ लगायत अधिकांश मनाङ जिल्लामा एनसेलको नेटवर्क छैन। टेलिकमकै पनि स्काई सिडिएमए त्यहाँ चल्दैन। नेपालको सबै ठाउँमा चल्छ भन्ठानेर स्काइप्रोको सिम बोकेर हिँडेको म मनाङमा सदरमुकाम चामेमा बाहेक अन्यत्र चलाउन सकिएन। बरु टेलिकमको जीएसएम नेटवर्क चल्ने रहेछ सोच्दैनसोचेको ठाउँमा पनि।

साभार : माई संसार 
Share this article :

1 comment:

  1. Dish Home ma byawasaik nada pani thag samuha ko bahulyata thiyo ta manpower pani tyastai gafadi haru badhi vae, tyasaile dubyo

    ReplyDelete



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis