धादिङबाट उडेर काठमाडौँ आउँदै गर्दा कमरेड चरी डनसँग उनकै केही पूर्वसहयात्रीहरूले बाटो छेकेर 'गोली हानी हानी' खेल्न खोजेछन्। पेस्तोल भन्ने खेलौनाले छ्यास्स हानेको गोली अलि कुठाउँमा पर्नाले उनको ज्यान गएनछ। भा'को त्यत्ति हो।
डनहरूले पेस्तोलले ठ्याँस्स पार्ने, खुकुरीले छिसिक्क छिनाउने, छुरीले भुँडीमा फ्वाँस्स प्वाल पार्ने जस्ता ख्यालख्यालका कुरालाई व्यर्थै बढाइचढाइ गरेर के के न ठूलै अपराध गरेझैँ बनाएर हाम्रा सञ्चार माध्यमहरू हल्लाखल्ला मच्चाइरहन्छन्। कमरेड चरी मात्र होइन, उनका अग्रज, सहयात्री वा अनुजहरू पुतली, चक्रे, मौरी, सुले, गणेशे, हापे, दीपके, विक्रमे, मकरे, घैँटे, सुल्फे, झ्याप्ले, मुन्द्रे, पर्शे, बाघे, भालु आदि अनेकौँ युवा नेतालाई खलपात्रका रूपमा प्रस्तुत गर्ने गर्छन्। १० वर्षपछि राष्ट्रपति हुने भविष्यवाणी गरेका वरष्िठ प्रजातन्त्रवादी नेता विजय गच्छदारज्यूका दाहिने काँध गणेशजीलाई के कारणले भिलेन बनाएका हुन्, सञ्चारमाध्यमहरूतिरै प्रश्न फर्काउनुपर्ने भएको छ। भविष्यका प्रधानमन्त्री कमरेड केपी ओलीज्यूका पि्रय पात्र एमाले पार्टीका जिम्मेवार जिल्ला नेता कमरेड चरीलाई किन गुन्डाका नाइके भनिएको हो, बुझिनसक्नुको कुरा छ। ठूल्ठूला नेता, प्रशासक वा वरष्िठ प्रहरी अधिकारीहरूसँग कुममा कुम मिलाएर भोजभतेर, मिटिङ्, सेमिनार र कक्टेल पार्टीहरूमा चियर्स गररिहेका कर्णधारहरू कसरी अपराधी भए, कुरो सुन्दा उदेक लाग्छ। यस्ता नायकहरूलाई खलनायकको रूपमा प्रस्तुत गरेर सम्पूर्ण डनवर्ग, नेतागण र प्रहरी प्रशासनसमेतको मानमर्दन गर्ने सञ्चारमाध्यमहरूमाथि मानहानिको मुद्दा हाल्न ढिलो भइसकेको छ।
खास खलनायकहरू त श्रीप्रसाद अधिकारी, हरनिारायण चौधरी, हर्कबहादुर राई, पशुपति गुरागाइर्ं, जुद्ध थापा मगरहरू पो हुन्। पार्टीका झोले कार्यकर्ताहरू क्या ! बदमास, काम नलाग्ने, बेवकुफ र हुतिहारा त यिनीहरू हुन्। यी लोतिखर्नेहरू पार्टीलाई लेबी र दुई-चार सय रुपियाँ चन्दाबाहेक केही दिँदैनन्। नेताहरूलाई भोट बटुलेर सत्तामा पुर्याउनुबाहेक एकथोपो पुरुषार्थ देखाउँदैनन्। कुनै चमत्कारी धन्दा गर्न नसकेर सधैँ पार्टीका झोला र घोषणापत्र बोकेर लालसलाम र जयनेपाल गर्दै गाउँतिरै चप्पलका लोती चुँडाइबस्छन्। ठेक्कापट्टा र व्यापार व्यवसाय गर्दैनन्, गाडी चढ्दैनन्, पेस्तोल बोक्दैनन्, कुटाइ खान्छन्, कुट्न सक्दैनन्। नाथेहरू खेतीपाती, मास्टरी आदि गरेर भात खान्छन्। त्यस्ता लाछीहरूको पो उछितो काढ्नुपर्ने ! यी सञ्चारमाध्यमहरू किन कुरा बुझ्दैनन् ?
नेपाली शब्दकोशहरूमा भएको डन, गुन्डा, लुटेराजस्ता शब्दहरूको अर्थ तुरुन्त सच्याएर सही अर्थ लाग्ने बनाउनु पनि उत्तिकै जरुरी भएको छ। प्रज्ञा-प्रतिष्ठान वा वसन्तकुमार शम्र्माले आफ्ना शब्दकोशहरूमा यसअघि जेसुकै लेखेको भए पनि अब डन वा गुन्डाको अर्थ साहसी पुरुष/नायक/विभिन्न चलाखी, त्रास र पराक्रमबाट अकूत सम्पत्ति आर्जन गर्न सक्ने हिरो/दर्जनौँ चुल्ठे-मुन्दे्रहरूलाई आफ्ना पछि लगाउन सक्ने नेता/पार्टीका पहरेदार/नेताहरूका अंगरक्षक/विपक्षीहरूका अंगभक्षक इत्यादि भनेर अर्थ सच्याइनुपर्छ।
आइन्दा हाम्रा सञ्चारमाध्यमहरूले डन वा गुन्डाहरूले लुटेकोलाई लुटेको भन्नुहुँदैन, सधन्यवाद प्राप्त गरेको भन्नुपर्छ। काटेको वा कुटेकोलाई सेवा गरेको भन्नुपर्छ। गुन्डागर्दीलाई समाजसेवा भन्नुपर्छ। मुख्य कुरा, आउँदो संविधानसभा निर्वाचनमा उम्मेदवार हुन लागेका डनज्यूहरूलाई अत्यधिक मतले विजयी गराउनुपर्छ र उनीहरूलाई मन्त्री बनाउनुपर्छ। हामी नेपालीहरू 'लोकतान्त्रिक गणराज्य नेपाल'बाट अघाइसक्यौँ, अब हामी 'ठोकतान्त्रिक डनराज्य नेपाल' हेर्न चाहन्छौँ।

साभार - नेपाल
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !