CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » कस्तरी ठगेर मोरे भाई !

कस्तरी ठगेर मोरे भाई !

सुनमा मिसावट गरेर ठग्न पाउनुपर्ने, निम्न गुणस्तरको पानी र निम्न गुणस्तरको दुध बेचेर ठग्न पाउनुपर्ने, ग्यासमा ठग्न पाउनु पर्ने, मिटर बिगारेर मनपरी ट्याक्सी भाडा उठाउन पाउनुपर्ने आदि उदाहरण हामीले देखिसकेका छौँ। उपभोक्तालाई यी मात्र हैन, पाएसम्म सबै ब्यबसायीहरु ठग्न खोज्ने रैछन् भन्ने लाग्न थालेको छ। कतिपय यति
“लो प्रोफाइल” छन् कि, झट्ट सुन्दा ठगी गरे भनेर ध्यान पनि नजाला। तर सङ्गठनात्मक ठगी नै हो यो! 
यस्तै ठगी कलर ल्याबहरुको एसोसियसनले पनि गरिरहेको रहेछ। मलाई २ प्रति पासपोर्ट साइजको फोटो चाहिएको थियो। आफैले खिचेको फोटोलाइ एडिट गरेर ४X६ साइजमा केही पासपोर्ट साइजका फोटोहरु आउने गरी बनाएँ। प्रिन्ट गर्न एउटा कलर ल्याबमा गएँ, त्यसपछि कलर ल्याबमा काम गर्ने मेडम (क) सँगको स‍ंवाद:
म: ए हजुर, एउटा ४X६ को फोटो प्रिन्ट गर्नु थियो, हुन्छ?
क: भैहाल्छ नि।
म: एक कपिको कति हो?
क: १२ रुपैयाँ
म: ए, यो फ्ल्यास-ड्राइभमा छ फोटो
क: (फोटो कम्प्युटरमा हेर्दै) ए, यो फोटोको त ४० रुपैयाँ पर्छ।
म: अघि भर्खरै हजुरले १२ रुपैया भन्नुभएको हैन र ४X६ को एउटा फोटोलाई।
क: हो, तर यो पासपोर्ट फोटो रैछ, यसको त ४० पर्छ।
म: हैन मलाइ त ४X६ को मात्र चाहिएको, त्यस्को बाह्रै हुनुपर्ने।
क: हो, तर यो फोटोभित्र साना-साना फोटोहरु छन् र यसलाई काटेर तपाइँले पासपोर्ट फोटो बनाउन सक्नु हुन्छ।
म: हजुरले यो मेरो फोटोमा के छ भनेर किन हेर्न पर्यो त, यसमा कुकुरको फोटो रैछ, यति पैसा, यसमा फूलको रैछ यति पैसा गर्न त भएन नि ! ४X६ को प्रिन्ट् निकालिदिनुस् न नहेरी।
क: त्यसरी हुन्न, पासपोर्ट फोटोको चालिसै पर्छ। हामीले खिचे ८०, आफैले ल्याए ४०।
म: ठिकै छ नि त, यो पटक नहेरी गर्दिनुस् ४X६ को।
क: त्यस्तो गर्न मिल्दैन हजुर, यो ल्याब एसोसिएसनको रुल हो, कम्प्युटरमा फोटो हेर्दा थाहा भै हाल्छ।
म: हजुरले मेरो फोटो आफ्नो कम्प्युटरमा किन राख्नु पर्यो त, प्रिन्ट् गर्नुस् र डिलिट् गर्दिनुस्।
क: त्यसो गर्न मिल्दैन, प्रिन्ट् गराउने हो भने गराउनुहोस्, हैन भने नगराउनुहोस्, तपाइको इच्छा। तपाइँ जहाँ गए पनि यही हो।
(अहिलेसम्म अलि हँसिलै कुरा गर्दै थिएँ मैले, तर एसोसिएसनको रुल भनेपछि थाहा भयो यो पनि एउटा व्यवसायी सङ्गठनको सङ्गठनात्मक ठगी रहेछ। मलाई अलि असहज भयो। )
म: यो त अलि जबर्जस्ति भएन र? फूलको फोटो ४० पर्छ भनेको भए बरु प्रिन्ट नगरे हुन्थ्यो, पासपोर्ट फोटो त सबैलाइ चाहिन्छ र जसरी पनि बनाउनै पर्ने हुन्छ, फँसाउने मौका यही हो गर्न त भएन नि।
क: जाबो २०-३० रुपैयामै किचकिच गर्नुहुन्छ।
म: कुरा २०-३० रुपैयाको हैन, प्रिन्सिपलको हो हजुर। यो त सुन चाँदि पसलेले १ तोला सुनमा जाबो १ लाल पित्तल मिसाउँदा पनि किचकिच भने जस्तै भयो नि।
क: कुरा त्यही हो हजुर, फोटो बनाए बनाउनुस्, नत्र कलर ल्याब एसोसिएसनलाई भन्नुस्, हामीलाई भनेर फाइदा छैन।
म: हवस् त नि ! एसोसिएसन पनि तपाइँ जस्तै मान्छेहरुको होला क्यारे, भनेर के फाइदा!
म हिँडे। कुरा साँचो हो कि हैन बुझ्न अर्को पसल गएँ। साँचै रैछ। अब फोटोलाई पानको पातले घेरेर प्रेमिकालाई दिने फोटो हो भन्नुपर्ला। त्यसको ५० रुपैया भन्ने हुन् कि? विचारै गर्नुपर्ला !
-प्रेम शर्मा-

Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis