CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , , » थुप्रै पैसा खर्च भैसक्यो अमेरिका जाने भनेर,नाइँ अब नेपाल नफर्कौनुस प्लिज !

थुप्रै पैसा खर्च भैसक्यो अमेरिका जाने भनेर,नाइँ अब नेपाल नफर्कौनुस प्लिज !

costa‘एनी हाउ पैसा कमाऊ, पैसा कमाउन एनी हाउ, अमेरिका जाऊ’ लाई जीवनको आदर्श वाक्य ठान्नेहरु र त्यसैको शोषण गर्ने मानव तस्करहरुको जालमा जानी जानी फँसेका आठ नेपालीको बारेमा केही जानकारी माइसंसारले पाएको छ। उनीहरु दुई महिनादेखि कोस्टा रिकाको जेलमा छन्। गएको जुलाई २० मा कोस्टा रिकाका
दलालहरुले अमेरिका जाने अवैध बाटोमा पर्ने त्यो देशको सीमा कटाउन गाडीमा राखेर लगिरहेका बेला प्रहरीले गोली हानाहान गरी उनीहरुलाई पक्रेको थियो। आठ नेपालीको साथमा दुई कोस्टा रिकाका नागरिक दलाल पक्राउ परेका थिए। ती आठ नेपालीबारे जानकारी खोज्ने झण्डै दुई महिनादेखिको प्रयासले आंशिक सफलता पाएको छ।
कोस्टा रिकामा नेपाली दूतावास छैन। तर Ana Victoria Badilla Villanueva नेपालका अवैतनिक दूत (Honorary Consul) हुन्। आनासँग मैले यसबारे जानकारी दिन अनुरोध गरेको थिएँ। केही अघि उनले दिएको जानकारी यस्तो छ-
ती आठ नेपाली पुरुषलाई मानव तस्करको शिकारका रुपमा प्रहरीले पक्रेको थियो। उनीहरुलाई झण्डै एक हप्तासम्म एउटा होटलमा राखिएको थियो। म आफै त्यहाँ उनीहरुलाई भेट्न गएकी थिएँ र कुरा पनि गरेकी थिएँ। उनीहरु शान्त छन् तर अमेरिका जान नपाएकोमा खुसी छैनन्।
प्रहरीलाई बयान दिइसकेपछि उनीहरुला विशेष अध्यागमन स्थलमा लगियो। त्यसलाई अध्यागमन जेल भनिन्छ, तर वास्तवमा ठ्याक्कै जेल जस्तो भने छैन। किनभने उनीहरु अवैध छन्। उनीहरुसित कागजात छैन र उनीहरुको अध्यागमन स्टायटस कानुनी छैन
त्यहाँ पनि म उनीहरुलाई भेट्न गएकी थिएँ। उनीहरुले मलाई भने- खाना राम्रो छ, ठाउँ राम्रो छ, मान्छेहरु राम्रा छन्। तर हामीहरु नेपाल फर्काइन चाहन्नौँ। अमेरिका जाने भनेर हाम्रो थुप्रो पैसा खर्च भइसक्यो। हामी फर्कन चाहन्नौँ।
उनीहरुले शरणार्थीको दर्जा पाउन निवेदन दिए तर त्यसलाई अस्वीकार गरियो। अहिले उनीहरु अस्वीकृत निवेदनलाई पुनर्विचार गर्ने माग गरिरहेका छन् र यो क्रममा ACNUR र ACAI ले सहयोग गरिरहेको छ। यस्ता अप्ठेरोमा परेकाहरुलाई यी संगठनहरुले सहायता गर्ने गर्छ।
उनीहरुको अवस्था राम्रो छ र निर्णयको प्रतीक्षामा छन्।
नेपालको NINS संस्थाबाट युनिभर्सिटी अफ कोस्टा रिकामा सम्बन्ध गाँस्ने भनी गएका तर त्यहीँबाट बेपत्ता हुने चार नेपालीको बारेमा पनि मैले उनलाई प्रश्न राखेको थिएँ। त्यसबारे उनले भनिन्-
उनीहरु यहाँ झुटो उद्देश्य देखाउँदै आएका थिए। यो देशलाई उपयोग गरी अमेरिका जान। त्यसैले उनीहरु बेपत्ता भए र शायद अमेरिकातिरको यात्रामा छन् होला।
अमेरिका पुग्नलाई दलालहरुले लाने अवैध मार्गमा कोस्टा रिका एउटा ट्रान्जिटमात्र हो। यो मार्ग बोलिभियाबाट सडकै सडकको बाटोबाट मेक्सिकोसम्म पुग्छ। यो लामो यात्राका क्रममा ९ वटा जति देश पार गर्नुपर्छ। बोलिभियाका लोकल दलालले पेरुको सीमासम्म पुर्‍याएर छाडिदिन्छ। अनि पेरुको लोकल दलालले इक्वेडरसम्म। फेरि इक्वेडरको लोकल दलालले कोलम्बियासम्म पुर्‍याइदिन्छ। त्यहाँबाट पनामा, त्यसपछि कोस्टा रिका। कोस्टा रिकाबाट दलाले निकारागुवा लगेर छाडिदिन्छ। निकारागुवाबाट फेरि होन्डुरस अनि ग्वाटेमाला। ग्वाटेमालाको दलालले मेक्सिकोसम्म पुर्‍याइदिन्छ। मेक्सिको पुगेपछि त अमेरिकाको नाकैमुनि आइपुगिहालियो। सुरक्षाकर्मीले देखे गोली नै हान्ने जोखिम रहेको ठाउँबाट पर्खाल नाघेर, सुरुङ खनेर अनेक उपाय अपनाई अमेरिकी भूमि छिर्ने प्रयास हुन्छ। तर अमेरिकाको सिमानामा चौविसै घण्टा अमेरिकी अध्यागमनका प्रहरीहरु अत्याधुनिक हतियारका साथ स्थल र आकाशबाट पहरा दिइरहेका हुन्छन्।
यो लामो यात्रा गर्न १५/२० लाखसम्म खर्च हुन्छ। सुरुमा दलालले कम पैसा भने पनि यति धेरै देशको यात्रा गर्दै गर्दा पैसा पनि बढ्दै जान्छ। हरेक देशका दलालहरुलाई छुट्टै पैसा दिनुपर्छ। पैसामा अलि किचकिच गर्‍यो भने जिम्मा लिन्न तेरो भनिदिन्छ। त्यसपछि भएन घरको न घाटको ! त्यसैले जसरी पनि तिर्नैपर्छ।
शायद ती आठ नेपाली पनि त्यसरी नै घरजग्गा धितोमा राखेर वा चर्को ब्याजमा ऋण लिएर अमेरिका हान्निएका हुनसक्छन्। त्यसैले उनीहरु नेपाल फर्कन चाहँदैनन्। अमेरिका बस्नेहरु भने यति धेरै लगानी गरेर अमेरिकामा आउँदा साउँब्याज मात्र उठाउन पनि वर्षौँ लाग्ने बताउँछन्। त्यो कुरा सम्झाउन/बुझाउन नसकेकैले अझै हाम्रा दर्जनौँ दाजुभाइहरु त्यही अवैध मार्गबाट लाखौँ रुपियाँ दलाललाई बुझाई जोखिमपूर्ण यात्रा गर्दैछन्। यसलाई रोक्न हामीले आफ्नो तर्फबाट के गर्न सक्छौँ होला ? आफ्नो सुझाव/समस्या समाधानको उपाय तल कमेन्टमा लेख्नुस्।
सम्बन्धित ब्लगहरु हेर्नुस्-
अमेरिकामा डलर टिप्ने धुनमा पाएको दुःख
अमेरिका पसिहालियो भनेपनि डलरको खेती शुरु हुँदैन। त्यसकारण अमेरिका पस्ने ति भाग्यमानीले या त भारतीय या पाकिस्तानी या बँगाली या चाइनिज या मूलतः अन्य आप्रवासीको रेष्टुराँ या ग्यास स्टेशन या यस्तै कुनै सानोतिनो व्यवशायमा काम गर्ने बाहेक अरु उपाय हुन्न। अवैधहरुलाई काम दिने र कमजोरी थाहा पाउने कामदाताहरुले भने घण्टाको ७ डलरभन्दा कम र दिनको चौध पन्ध्रघण्टासम्म काममा लगाउँछन्। यो सिधै मानव शोषण हो तर यसको बाटो खोलिदिने पनि हामी नै हौँ। त्यस आम्दानीबाट खाना लगायत बासको लागि खर्च हुँदा बचतको खासै बाटो देखिन्न। किनभने आम्दानीको सबैभन्दा ठुलो भाग नै कोठाको भाडामा पर्ने हुन्छ। जस्तै सस्तो र समूहमा बसेपनि कोठाको भाडा महिनाको कम्तिमा ५ देखि ६ सय डलरसम्म पर्नेहुन्छ। अनि सातैदिन, दिनको १४/१५ घण्टा शारिरिक काम गर्दा शरीरले कति मानसिक यातना पाउने गर्छ सहजै कल्पना गर्नसकिन्छ। कल्पना नगरेको काम गर्नु, लामो घण्टाको कामपछि घर पुग्दा छुट्टिएको परिवारको सम्झनाले जोपनि चाँडै विक्षिप्त बन्न सक्छ। 
साभार : माई संसार 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis