काठमाडौं। दुई वर्ष अघिसम्म बिनय श्रेष्ठ र ऋचा शर्मा व्यस्त कलाकारमा गनिन्थे। यी दुबै कलाकारसँग यतीबेला सिनेमा छैन। तीन महिना अघि रिलिज भएको चलचित्र उमा पछि ऋचाले अरु फिल्ममा काम गरेकी छैनन्।
ऋचा र बिनय एक समयका घनिष्ट जोडी हुन्। करिब सात वर्ष देखि यी जोडी मायाँप्रेममा बाँधिएका थिए। बिनय र ऋचाले गत दुई वर्ष अघि सँयुक्त लगानीमा चलचित्र भिसा गर्ल निर्माण
गरे।
चौधरी गु्रपको समेत लगानी रहेको सो चलचित्र व्यबसायिक रुपमा असफल भयो। सिनेमा असफल भएपछि ऋचा र बिनयले निकै पैसा गुमाए। सो पैसासँगै उनीहरुको ७ वर्षंलामो प्रेम सम्बन्घमा पनि ब्रेक लागेको छ।
उनीहरुको समबन्ध पछिल्लो समय हाई हल्लोमा मात्र सिमित रहेको अरु कलाकारहरु बताउँछन्। दुई वर्ष अघि नै विवाह गर्ने तयारीमा समेत जुटेका ऋचा र बिनय कसरी नदीका दुई किनार भए। यो बिषयमा यी दुई कलाकारले बताएका छैनन्।
बिगतमा ऋचा जुन सिनेमामा अनुबन्धित हुन्थिन। सो फिल्ममा आफ्नो प्रेमी बिनयलाई लिनु पर्ने उनको सर्त हुन्थ्यो। सोही कारण ऋचा र बिनयले थुप्रै फिल्ममा सँगै काम गरे। ऋचालाई बिनयले पनि आफुले अभिनय गर्ने सिनेमामा नायिका लिन लगाउँथे।
तर आपसमा प्रेम सम्बन्ध टुटेपछि यी दुबैको हातमा सिनेमा छैन। राम्रो सम्बन्ध हुँदा एकले अर्कालाई सिफारिस गरेर अभिनयमा तानेका यी जोडी आजकाल आफुलाई समेत सिनेमामा स्थापित गर्न असफल भएका छन्।

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !