CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » क्यास माओवादीविरुद्ध ‘शहरी विद्रोह’

क्यास माओवादीविरुद्ध ‘शहरी विद्रोह’


kalankiसवा ११ बजेतिर कलंकी चोक पुग्दा त्यहाँको स्थिति अचम्मको थियो। कलंकीको भ्रष्टाचारी पुल (चीनले बाटो फराकिलो पारिदिन्छ भनेर थाहा हुँदाहुँदै बनाएको भएर) मुनि निन्याउरो अनुहारमा क्यास माओवादीका एक लोकल नेता भाषण गर्दै थिए। ‘परिआए रगतको बलिदान गर्न पनि पछि
हट्नु हुन्न’ भन्ने शब्दमात्र जोशिलो भएर के गर्नु, त्यो शब्द उच्चारणको शैलि हारेको सिपाहीको जस्तो थियो। १२ बजेसम्म बन्द गर्ने उनीहरुकै ‘उर्दी’लाई बेवास्ता गरेर ‘विद्रोह’ गर्दै चारै कुनाबाट गाडीहरु हुँइकिरहेका थिए। सँगै झण्डा बोकिरहेकाहरु पनि निराश थिए। जोशिलो शब्दको भाषणमा न कुनै ताली बजाउने नै थिए। बरु उनीहरुको भाषणको आवाजलाई ‘रत्नपार्क, रत्नपार्क’ भन्ने खलासीहरुको चर्को आवाजले छायाँमा पारिरहेको थियो। जंगलमा लुकेर एउटा सानो वक्तव्य फालेकै भरमा पूरै देश ठप्प पार्नेहरु शनिबारको दिन घोषणा गरिएको बन्द पनि ‘शहरी विद्रोह’का कारण मध्य दिनमा नै फिर्ताको घोषणा गर्न बाध्य भए। 

नेताको कुरा मान्ने भए १२ बजेसम्म यिनीहरुले बन्द गर्नुपर्थ्यो। तर सकेनन्। हेर्नुस् फोटोमा सवा ११ बजे नै गाडीहरु चारैतिरबाट चलिरहेका। अनि लाचार भएर बन्द समापन भाषण गर्न लागेका स्थानीय नेता पुलमुनि। साथमा केही झण्डा बोकेका कार्यकर्ता र तमासे।
नेताको कुरा मान्ने भए १२ बजेसम्म यिनीहरुले बन्द गर्नुपर्थ्यो। तर सकेनन्। हेर्नुस् फोटोमा सवा ११ बजे नै गाडीहरु चारैतिरबाट चलिरहेका। अनि लाचार भएर बन्द समापन भाषण गर्न लागेका स्थानीय नेता पुलमुनि। साथमा केही झण्डा बोकेका कार्यकर्ता र तमासे।
बन्दको घोषणा हिजो राति अबेर माओवादीले यसरी गरेको थियो
हिजैदेखि यसको विरोध सुरु भइसकेको थियो। कान्तिपुरका सम्पादक पहिलो थिए-

बन्दको खबर दिएर प्रचार नगरौँ भन्ने कुरा पनि आए

शुक्रबार राति अधिकारी दम्पति अनसन कान्डसँग सम्बन्धित माओवादीका एक कार्यकर्ता पक्राउ परेलगत्तै धनगढीमा रहेका प्रचण्ड र बाबुरामको निर्देशनमा आइतबार तिज परेकोले भोलिपल्टै बन्द गर्ने कार्यक्रम बनेको समाचार आएका थिए। नत्र शनिबार सामान्यतया यसै पसलहरु बन्द हुन्छ। गाडी पनि धेरै चल्दैनन्‌। शनिबार बन्दको कार्यक्रम अक्सर बन्दैन।
सबै शक्ति लगाए माओवादीले बन्द सफल पार्न। पुतलिसडक र भोटाहिटीमा त तोडफोडमा समेत उत्रेकोखबर आयो।
तर राति अबेरको त्यो कुरा धेरैलाई थाहा हुने कुरै भएन। फेरि महिलाको चाड तीज अघि दर खान माइत जाने दिन पो त। माइत जान हिँडेकाहरुलाई जबर्जस्ती रोकेपछि कसलाई रिस उठ्दैन। ठाउँठाउँमा अवज्ञा भयो। यस्तोसम्म भएको कुरा आयो

र, वक्तव्य यसरी आयो फिर्ताको

तर वास्तवमा यो फिर्ताको वक्तव्य आउनुअघि नै बन्दको चारैतिर अवज्ञा भइसकेको थियो। १२ बज्न झण्डै एक घण्टाअगाडि कलंकी चोकमा जाँदा यस्तो दृश्य देखिएको थियो, हेर्नुस् भिडियो कसरी बन्द फिर्ता हुने समयअघि नै गाडीहरु चलिरहेका थिए, अनि माओवादीहरु दुई चार जनालाई भेला पारेर बन्द फिर्ताको भाषण दिँदै थिए-


साभार : माई संसार
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis