काठमाडौं, भाद्र २७ - राजनीतिक मागमा नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले बिहीबार उपत्यका र पूर्वक्षेत्र बन्द आहृवान गर्यो ।
मोर्चाको आहृवानमा उपत्यका ठप्पप्रायः रहृयो । पूर्वका १६ जिल्ला पनि बन्दले प्रभावित भएको ईकान्तिपुरकर्मीहरुले पठाएको समाचारमा उल्लेख छ ।
काठमाडौंमा भने बिहीबार बन्द गर्नेको विरोधमा स्वतःस्फुर्त युवाहरु
निस्किए । माइतीघरमा भेला भएका बन्दविरोधी युवाहरु नाराबाजी गर्दै थापाथली, त्रिपुरेश्वर हुँदै सुन्धारा पुग्दा बन्द आहृवानकर्तासँग जम्काभेट भयो ।
भेट हुनेवित्तिकै समर्थन र विरोधमा नाराबाजीमात्र भएन मोर्चा आबद्ध एक युवाले बन्दविरोधीको पोस्ट च्यातिदिए । ठूलो संख्यामा रहेका सुरक्षाकर्मीले धन्न स्थिति नियन्त्रणमा लिए, अप्रिय दुर्घटना हुन पाएन ।
साभार : ईकान्तिपुर
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !