काठमाडौं -'हामी इन्टरपोलबाट आएका,' हुल बाँधेर कोठाभित्र छिरेको समूहका एकजनाले धम्क्याउँदै भने, 'म डिएसपी, उहाँहरू मेरा सहयोगी।'एक्कासि इन्टरपोलका प्रहरीले छापा मारेपछि क्षेत्रपाटीका मिलन गुरुङको सातो गयो। शरीरको सारा रगत निचोरिएजस्तो अनुहार सेतो भएर आयो।उनी
भक्भकाउँदै 'हजुर सर, हजुर सर' मात्र भनिरहे। अरू बकै फुटेन। आफूलाई डिएसपी बताउने ती व्यक्तिले भने, 'तँसँग दुई बोरा नक्कली पैसा छ भन्ने सूचना आएको छ, आफैं निकाल्छस् कि पाता फर्काएर खोज्नुपर्यो।'

यो सुनेपछि त झन् उनको होसहवास गुम भयो। न दुई बोरा नक्कली पैसा देखाएर छुट्कारा पाउन सके, न चित्त बुझाएर फर्काउन सके।
इन्टरपोलबाट आएको भनिएका ती प्रहरीले मिलनलाई आफू आएको ट्याक्सीमा लगेर राखे। हतकडी झिकेर हातमा कस्न खोजे। अनाहक जेलको हावा खाने डरले उनी पैसा दिएर छुट्कारा पाउन राजी भए। लेनदेनको कुरा चल्यो। एक लाखबाट सुरु भएको 'नेगोसिएसन' दस हजार रुपैयाँमा ओर्लिएर टुंगियो।
त्यतिखेर छुट्कारा पाए पनि कता–कता मिलनलाई आफूकहाँ आएको प्रहरी टोलीमाथि नै शंका लाग्यो। उनी महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी गर्न गए। छानबिन सुरु भयो। झन्डै एक महिनापछि खुलासा भयो, मिलनको घरमा गएकाहरू नक्कली प्रहरी रहेछन्। गएको फागुन २९ गते जोरपाटीका सजन तिमल्सिना, बानेश्वरका भाइकिङ सुब्बा र महांकालका संजोग सुब्बा लिम्बू पक्राउ परे। यसमध्ये मिलनको घरमा इन्टरपोलको डिएसपी बनेर गएका तिमल्सिना नै थिए।
नक्कली प्रहरीको यो घटनाको खुलासा भए पनि राजधानीमा यस्तै प्रकृतिका घटना बारम्बार दोहोरिन थाले। कहिले घरबाट पक्राउ गरी होटलमा लगेर लुटेको घटना सार्वजनिक हुन्थ्यो त कहिले घरभित्रै छापा मारेको स्वाङ पारेर लुटेको रिपोर्ट आउँथ्यो।
ती सबै घटनामा एउटा चिज सामान्य थियो– हतकडी। दुरुस्तै प्रहरीले बोकेर हिँड्नेजस्तो।
अनुसन्धानमा संलग्नहरू चकित खाए। कानुनी रूपमा हतकडी बेचबिखन गर्न पाइँदैन। बजारमा लुकिछिपी बिक्री भइरहेको मेलोमेसोधरी प्रहरीलाई थिएन। त्यही भएर यस्तो घटनामा प्रहरी नै संलग्न छन् कि भन्नेसम्म अड्कल काटियो।
झन्डै पाँच महिनाको अनुसन्धानपछि प्रहरी नयाँ निष्कर्षमा पुगेको छ।
राजधानीको माछापोखरीमा तयारी कपडा व्यापार गर्ने भुवन लामिछानेले चीनबाट हतकडी आयात गरेर बिक्री गर्दा रहेछन्। प्रतिगोटा चार हजार रुपैयाँमा। प्रहरी अपराध महाशाखाको टोलीले जेबी फेसन वेयरका सञ्चालक लामिछानेको पसलमा यही भदौ १९ गते छापा मार्यो। आठवटा हतकडी फेला परे। ती दुरुस्तै सुरक्षाकर्मीले बोक्नेजस्ता थिए। प्रहरीका अनुसार लामिछानेले चारवटा बिक्री गरिसकेको बयान दिएका छन्। नक्कली प्रहरी बनेर लुट्नेहरूले यही पसलबाट किनेको प्रहरीको ठम्याइ छ।
'हामी उनको बयानका आधारमा हतकडी किन्न आउनेहरूको खोजीमा छौं,' महाशाखा प्रमुख एसएसपी विजयलाल कायस्थले सोमबार नागरिकसँग भने, 'लामिछानेले चीनको खासाबाट स्थलमार्ग प्रयोग गरी हतकडी भिœयाएको देखिएको छ।'
यी हतकडी भारततिर पाइनेभन्दा राम्रो 'फिनिसिङ'को भएको उनले बताए। 'सुरक्षाकर्मीले प्रयोग गर्नेभन्दा फरक छैन,' उनले भने।
अनुसन्धान अधिकारीका अनुसार उपत्यकामा खुला रूपमा हतकडी बिक्री हुन थालेको सूचना आएपछि कारोबारी खोज्न प्रहरीले टोली नै खटाएको थियो। जेबी फेसन वेयरमा बिक्री हुन्छ भन्ने प्रारम्भिक सूचना पाएपछि महाशाखाका प्रहरी आफैं ग्राहक बनेर गएका थिए।
'पसलमा गएर हतकडी छ भन्दा सहजै छ भने,' अनुसन्धानमा संलग्न एक अधिकारीले भने, 'हेरौं त भन्दा उनले भटाभट देखाउन थाले।'
पक्राउ परेपछि लामिछानेले आफूलाई 'यो बेच्नु गैरकानुनी हो भन्ने थाहै नभएको' बताएका छन्। उनले 'किरिङ'मा प्रयोग गर्न बेच्न राखेको बयान दिएका छन्। प्रहरी भने लामिछानेमार्फत् नक्कली प्रहरी बनेर अपराधमा सक्रिय समूहलाई पक्राउ गर्न सकिन्छ भनेर आशावादी छ।
अहिलेसम्म लामिछानेको पसलमा बाहेक अन्यत्र प्रहरीले यस्तो हतकडी फेला पारेको छैन। आपराधिक समूहमा उनको पनि कुनै न कुनै संलग्नता हुनसक्छ भन्ने प्रहरीको आंकलन छ।
'सुरक्षासँग प्रत्यक्ष जोडिएकाले हतकडी बिक्री गर्नु गैरकानुनी हो,' महाशाखाका डिएसपी उमाकान्त चतुर्वेदीले भने, 'सामान्य मान्छेलाई यस्तो हतकडीको दरकारै पर्दैन, आपराधिक गतिविधिमा लागेकाहरूले नै यस्तो सामान किन्छन् भन्ने हाम्रो ठम्याइ छ।'
प्रहरीका अनुसार लामिछानेले यसपालि दोस्रो खेपमा हतकडी बिक्री गरेका हुन्। यसअघि ३५ वटा बेचिसकेको उनले बताएका छन्। 'आरबी कम्प्लेक्सको एउटा पसलमार्फत् चीनबाट मगाउने गरेको थाहा भएको छ,' चतुर्वेदीले भने, 'उनको पसल क्षेत्रमा बालाजुका गुन्डा माइला लामा लगायत आपराधिक समूहका व्यक्तिको बाक्लो ओहोरदोहोर हुने गरेको पनि हामीले भेटेका छौं।'

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !