असोज १८ गते। बिहान साढे ११ बजेको थियो। बाराको पथलैया वीरगंज सडकखण्डमा पर्ने चवासती दाना मिल अगाडिको सडक छेउमा भारतीय नम्बर प्लेट भएको एउटा मोटरसाइकल हुँइकिएर आयो। त्यसमा चढेका मान्छेले ताकेर गोली हान्यो- ड्याङ्ग ड्याङ्ग। टाउकोमा गोली लागेका मान्छे
त्यहीँ ढले। एकैछिनपछि उनलाई उपचारका लागि नेसनल मेडिकल कलेज वीरगञ्ज लगियो। एफएम, टिभी र अनलाइनहरुमा ठूलो समाचार आयो- नेपाल कम्युनिष्ट पार्टी (एमाले) बारा क्षेत्र नं. ४ का प्रत्यक्ष तर्फका उम्मेदवार तथा नेपाल मुस्लिम इतेहाद संगठनका केन्द्रीय अध्यक्ष महमुद आलममाथि अज्ञात समूहद्वारा गोली प्रहार। स्थिति सुधार भएन। नेपाली सेनाको हेलिकोप्टरले काठमाडौं ल्याइयो। महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरियो। तर असोज २४ गते उनको निधन भयो।
कसले गरेको थियो त हत्या? विभिन्न मान्छेले विभिन्न थरिका अनुमान गरिरहे। अनुसन्धानको जिम्मा थियो केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को। अनुसन्धान नतिजाले सबैलाई अचम्म बनाइदियो। हत्याको योजना त एमाले कै नेताले पो बनाएका रहेछन् !
सिआइबीले हत्याको योजनाकारको अभियोगमा पक्राउ परेका नेता हुन्- रामचन्द्र प्यासी कुसवाहा। उनी विघटित संविधान सभामा एमालेका तर्फबाट सभासद् थिए।
त्यसैगरी हत्यामा सहयोग गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्- एक जना सिभिल इन्जिनियर अतिक खान र एक जना भारतीय पत्रकार राजु श्रीवास्तव। गोली हान्नेहरु चाहिँ पक्राउ परेका छैनन्।
कसरी हत्या योजना बनाइयो त ? सिआइबीको अनुसन्धानले यस्तो भन्छ-
घटनाको अन्दाजी ६ महिना अगाडिदेखि महमुद आलमको हत्या गर्ने योजना बनेको र त्यसको लागि रामचन्द्र प्यासी कुसवाहाले भारत रक्सौलका बर्मा भन्ने राजु श्रीवास्तवसँग छलफल गरेको।
विभिन्न समयमा मृतकको घर र अन्य स्थानहरुको सम्बन्धमा सूचना संकलन कार्य भएको।
हत्याको मुख्य योजनाकार दुबईमा बसी आवश्यक समन्वय र निर्देशन दिने काम भएको।
30 August 2013 मा नै आलमको हत्याको लागि भारतबाट ३ जना सुटरहरु रक्सौल हुँदै वीरगंज आएको र वीरगंजको होटल रानीपोखरीको कोठा नं. १०३ मा बसेको।
उपयुक्त समयको अभाव र निज आलम 5-6 September 2013 तिर काठमाडौँ गएको कारण यस ठाउँमा हत्या गर्न सम्भव नभएकोले तत्कालको लागि यहाँको योजना स्थगित गरी 6 September 2013 मा नै २ जना सुटरहरु काठमाडौँतर्फ गएको।
काठमाडौँको जोरपाटीतर्फ बस्ने एक व्यक्ति र आलमको समेत काठमाडौँ मै हत्या गर्ने उद्देश्यले अतिक खान लगायत अन्य ४ जना व्यक्तिहरु काठमाडौँतर्फ गएको।
काठमाडौँमा पनि आलमलाई हत्या गर्ने उपयुक्त वातावरण नभएकोले जोरपाटी घटनापश्चात् भागेर India गएका व्यक्तिहरु आलम बारा आएको जानकारीपश्चात् पक्राउ अतिक खानसँग समेत सम्पर्क गरी पुन: 2 October 2013 मा रक्सौल हुँदै वीरगंज आई घण्टाघर नजिकैको एक गेष्टहाउसमा बसेको।
उम्मेदवारी दर्ताको दिन आलम चढेको बा ५ च ३३२९ नंवरको कालो टाटा सुमो गाडीको जानकारी रामचन्द्र प्यासी कुसवाहाले सुटरहरुलाई गराएको।
घटनाको दिन बिहानैदेखि २ जना व्यक्तिहरु मोटरसाइकलमा आलमको घर नजिकै बसी पिछा गर्दै गएर बिहान अन्दाजी ११:३० बजेको समयमा जिल्ला बारा लिपनिमाल गा.बि.स. वडा नं. १ स्थित पथलैया वीरगंज सडकखण्डमा पर्ने चवासती दाना मिल अगाडिको सडक छेउमा आलमलाई गोली प्रहार गरी मोटरसाईकल चढी वीरगंजतर्फ भागेको।
वीरगंजको होटल एभरेष्ट अगाडि पुगेपछि चढेर गएको मोटरसाइकल त्यत्तिकै छाडी मध्यान्ह अं.१२:३० बजेतिर रक्सौल भारत तर्फ गएको।

साभार : माई संसार
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !