मदनकृष्ण र हरिवंशलाई हामी मह जोडीका रुपमा वर्षौँदेखि हेर्दै आइरहेका छौँ। हामी उनीहरुलाई अलग बनाएर हेर्न सक्दैनौँ। मदनकृष्ण भन्ने बित्तिकै हरिवंश जोडिहालिन्छ, हरिवंश भन्ने बित्तिकै मदनकृष्ण। उनीहरु आफैले पनि आफ्नो जोडीलाई मित्रताको प्रतीकका रुपमा सबैले हेरुन् भन्ने चाहना रहेको बताए। तर दिनपछि रात आउँछ, उज्यालोपछि अँध्यारो आउँछ।
कार्यक्रम सञ्चालन गरेका थिए विजयकुमारले। ज्वरोले उठ्नै नसक्ने भएर कार्यक्रम रद्द गर्न अनुरोध गरौँ कि भइसक्दा पनि कार्यक्रमकै लागि औषधि खाएर आएको उनले बताए। मह जोडीसित जमेपछि उनले मह जोडीभन्दा बढी बोले पनि। कार्यक्रमको सुरुवात जोकहरुबाट भयो। हरिवंश र मदनकृष्णले आफ्ना कमजोरीहरु सुनाए। हरिवंशले मदनकृष्णलाई आफ्नो प्रतिस्पर्धीको रुपमा लिने गरेका रहेछन्। आफ्नो रोल अलि राम्रो भए हुन्थ्यो भन्ने उनलाई लाग्दो रहेछ। दर्शकका अगाडि उनले त्यसलाई स्वीकारे।
जोडीले आ-आफ्नो समर्पण भाव व्यक्त गरे। जोडी कसरी टिकेको छ त्यो पनि सुनाए। यस्तो जोडीमा बीचमा कसरी तनाव आयो त ? के कारणले मदनकृष्ण हरिवंशदेखि विरक्तिए ? कसरी फेरि दुवैको जोडी जम्यो ? यो सब रहस्य तल क्लिक गरी सुन्न सक्नुहुन्छ।
साभार : माई संसार
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !