CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » मुर्दाघरबाट जिउँदै फर्किइन कमलेशी; देख्ने सुन्ने सबै चकित

मुर्दाघरबाट जिउँदै फर्किइन कमलेशी; देख्ने सुन्ने सबै चकित

kamleshi_datia_mp_indiaकाठमाडौं, २९ असोज। मध्यप्रदेशको भागदौडमा परे मृत्यु भएको भन्दै पोष्टमार्टमका लागि मुर्दाघरम्म लगिएकी एक महिला पोष्टमार्टमका वेला जिउँदै फेला परेकी बीबीसीले जनाएको छ। पोष्ट मार्टमका लागि भन्दै मुर्दा घरमा पुरयाइएकी महिला जीवित भएपछि पोष्टमार्टममा रहेका मात्र हैन त्यो खबर सुन्नेहरु सबै चकित बनेका छन्।
आइतबार को मध्य प्रदेशको दतिया जिल्लाको रत्नगड मन्दिरमा भागदौड हुँदा घाइते भएकी कमलेशी रजतको मृत्यु भएको भन्दै पोष्ट माटर्मका लागि बुहारीसँगै प्रहरीले मुर्दा घरमा पुरयाएको थियो।
तर, चिकित्सकहरुले चेकजाँच गर्ने क्रममा उनको सास चलिरहेको पत्ता पाएपछि उपचारका लागि अस्प्तालमा भर्ना गरिएको थियो। अहिले उनको ग्वालियरको अस्पतालमा उपचार भइरहेको उनका पति कोमलसिह् रजतले जानकारी दिएका छन्।
भारतको मध्य प्रदेशमा रहेको रत्नगड मन्दिरमा भागदौड हुँदा कम्तीमा १ सय १८ जनाको मृत्यु भएको थियो भने एकसय भन्दा बढि घाईते भएका छन्। हजारौं मानिस जम्मा भएको भीडमा भागदौड मच्चिदा धेरै गम्भिर घाइते भएकाले मृत्यु हुनेको संख्या बढ्ने स्थानिय अधिकारीले जनाएका छन्। भागदौडका बेला सिन्द नदीमा हामफालेका कतिपय अझै हराइरहेका छन्। - एजेन्सी 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis