काठमाडौं, २७ कात्तिक । मानिसहरु विरोध जनाउन केके मात्रै गर्न पछि पर्दैनन् भन्ने कुराको पछिल्लो उदाहरण बनेको छ, रुसको एक घटना । रुसी कलाकार प्योटर पावलेन्स्ले प्रहरी ज्यादती विरुद्ध आवाज उठाउन त्यहाँको चर्चित इलाका ‘मस्को रेड स्क्वायर’ नजिकै
बसेर आफ्नो लिंगमा किला घोपेर जमिनमा ठोक्ने प्रयत्न गरेका छन् ।
गत आइतबार दिउँसो ती व्यक्तिले नांगै भएर आफ्नो लिंगलाई किलासहित जमिनमा ठोक्ने प्रयत्न गरेका हुन् । ‘स्टान्डर्ड डट को डट युके’का अनुसार प्रहरीले ती व्यक्तिलाई आफ्नो लिंगलाई किलासहित जमिनमा ठोकिरहेको अवस्थामा फेला पारेको थियो ।
तत्कालै प्रहरीले ती व्यक्तिलाई अस्पताल पुर्यायो । उपचारपछि प्रहरीले अश्लीलता फैलाएको आरोपमा उनलाई पक्राउ गर्यो । तर, अदालतले भने उनलाई निर्दोश सावित गरिदिएको समाचारमा जनाइएको छ।
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !