मान्छन्। यस्तो सोचले श्रीमान्-श्रीमतीको सम्बन्धमा दूरी बढाउँछ र तनाव एवं मानसिक अशान्तिसँगै कैयन् अवस्थामा स्थिति भयावहसमेत बन्न पुग्छ। यसबाट जोगिन कुनै पनि प्रकारको नकारात्मक सोचले जन्म लिने वातावरण सिर्जना गर्नुहुँदैन। दाम्पत्य जीवनको सुमधुरता एवं स्थायित्वको आधार यौनजीवन पनि भएको कुरा बिर्सनुहुँदैन। शारीरिक सम्बन्धप्रतिको थोरै पनि उदासिनताले दाम्पत्य सम्बन्ध नीरस एवं कमजोर हुने सम्भावना हुन्छ।
मनलाई सम्झाउनु आवश्यक यौन विशेषज्ञ तथा मनोचिकिन्त्सकहरूका अनुसार मेनोपज शारीरिक अवस्थाभन्दा व्यक्तिको मानसिक सोचमा निर्भर गर्छ। ४० को उमेर पार गर्ने बित्तिकै यदि व्यक्तिले स्वयंलाई बूढो मान्छ भने त्यसको प्रभाव उसको दिनचर्यामा पनि पर्छ। श्रीमान्-श्रीमतीले एक-अर्काको भावनाको ख्याल गरेर यदि शारीरिक सम्बन्ध स्थापित गर्छन् भने ५० को आयुपश्चात् पनि लामो समयसम्म यौनजीवनको आनन्द लिन सकिन्छ। नयाँ शोधअनुसार बढ्दो उमेरमा नियमित शारीरिक सम्बन्धले अकारण बढ्ने मोटोपनलाई रोक्छभने चिड्चिडापन, मानसिक अशान्ति एवं अनिद्रा जस्ता धेरै रोगबाट धेरै हदसम्म बचाउँछ। सेक्सका बखत निस्कने केही विशेष हार्मोनले व्यक्तिलाई मानसिक तनावबाट टाढा राख्न मद्दत गर्छ अनि बढ्दो उमेरमा केही सामान्य बिरामीसित लड्न अनि शरीरको प्रतिरोधक क्षमता बढाउन सहायक हुन्छ। सेक्सका बखत हृदयको धड्कन स्वाभाविक रुपले बढ्छ जसले गर्दा हृदयलाई स्वस्थ राख्न मद्दत प्राप्त हुन्छ। यौनलाई गैर आवश्यक कुरा मान्नु शारीरिक एवं मानसिक दुवै रुपमा नोक्सानदायक सावित हुनसक्छ। विशेष रुपमा बढदो उमेरमा शारीरिक सम्बन्ध श्रीमान्-श्रीमतीका बीच आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने माध्यम सावित हुन्छ।
एक-अर्कालाई साथ दिनुपर्छ
यो सत्य हो कि बालबच्चा हुर्किसकेपछि अभिभावकको जिम्मेवारी अझ बढ्छ। तिनको भविष्यको चिन्ता एवं घरगृहस्थीको कार्यमा अल्झेर एक-अर्कालाई समय दिनसमेत मुस्किल हुन्छ। सुखी एवं सन्तुष्ट दाम्पत्य जीवनका लागि यस्तो स्थिति पूर्ण रूपमा प्रतिकूल हो। सम्पूर्ण कर्तव्य दायित्व निर्वाह गरेपश्चात् के पनि बिर्सनुहुँदैन भने श्रीमान्-श्रीमतीलाई एक-अर्काको आवश्यकता पर्छ। त्यसैले व्यस्त भए पनि आफ्ना लागि समय निकाल्नुपर्छ। बालबच्चाबिना पनि एक-अर्काको साथ रहने प्रयास गर्नुपर्छ। आफ्नो जीवनसाथीलाई कुनै पनि अवस्थामा नजरअन्दाज गर्नुहुँदैन। समय र अवस्था अनुकूल यौनजीवनको आनन्द लिन जान्नुपर्छ। ४०-४५ को आयुपश्चात् पनि यौनजीवन बाँच्न सकिन्छ। शारीरिक असक्षमता वा विशेष बिमारीमा मात्र यो सम्भव नहुन सक्छ। हाम्रो सामाजिक संरचनाअनुसार चालीसको आयुपश्चात् यौन सम्बन्धप्रति अधिकांश महिला उदासीन हुन्छन्, जागरूकता देखाउँदैनन्, संकोच मान्छन्। यो संकोच पूर्णरुपले मानसिक हुन्छ तर शारीरिक आवश्यकता भने कायमै रहन्छ। यही द्वन्द्वको स्थितिले मानसिक तनाव सिर्जना गर्छ। दम्पती एक-अर्काप्रति आरोप लगाउन थाल्छन् र यसले दाम्पत्य जीवनलाई समस्याग्रस्त बनाउँछ।
इच्छा दबाउन हुँदैन
बढ्दो उमेरसँगै दम्पती दुवैलाई एक-अर्काको आवश्यकता महसुस हुन्छ। त्यसैले जीवनसाथीको भावनाको सम्मान गर्दै मानसिक एवं शारीरिक रूपबाट उनलाई सन्तुष्ट गर्ने हरसम्भव प्रयास गर्नुपर्छ। कैयन् अवस्थामा केही पुरुषमा पेरोनी वा पेनिक इरेक्सन डिसअर्डरजस्ता समस्या देखा पर्छन्। यसलाई सर्जिकल वा नन-सर्जिकल उपायद्वारा समाधान गरी पुनः पहिले जस्तै यौनजीवनमा सक्रिय हुन सकिन्छ। यदि व्यक्ति मानसिक रूपबाटै स्वयंलाई बूढो र असक्षम सम्झन थाल्छ भने उपचार कठिन हुन पुग्छ। अतः दम्पती दुवैले आ-आफ्नो इच्छा दबाउनबाट जोगिनुपर्छ। जीवनको हरेक क्षणलाई बढीभन्दा बढी उपयोग गर्ने प्रयत्न गर्नुपर्छ। चिकित्सकहरूका अनुसार ४५ वर्षको उमेरपश्चात् महिलामा मेनोपज प्रारम्भ भए पनि शारीरिक क्रियामा कुनै प्रकारको बाधा उत्पन्न हुँदैन, न त यौन आनन्दमै कमी आउँछ। गर्भावस्थाको भय पनि कम हुने भएकाले यौन आनन्दको लाभ अझ बढी उठाउन सकिन्छ। केही समस्या महसुस भए आसनमा परिवर्तन ल्याउनुपर्छ। लगातार एकै किसिमको क्रियाबाट नीरसता उत्पन्न हुन्छ, त्यसैले आफ्नो सुविधा र चाहनाअनुसार शारीरिक सम्बन्धमा केही प्रयोग गर्नु उपयुक्त हुन्छ। यसबाट सम्बन्धमा नवीनता छाउँछ र दाम्पत्य जीवन अझ रोमाञ्चक बन्न पुग्छ।
साभार : साप्ताहिक
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !