बलात्कारको आरोपमा जेलसजाय समेत भोग्नुपर्यो। यद्यपि उक्त सन्दर्भमा उनले आफ्नो बचाउ गर्दै पुस्तकमा लेखेका छन्- 'ती युवतीसँग मेरो सहमतिमै यौनसम्पर्क भएको थियो। उनले मेरो छवि बिगार्न त्यस्तो आरोप लगाएकी हुन्।' एक सौन्दर्य प्रतियोगिताकी १८ वर्षीया सहभागीलाई बलात्कार गरेको अभियोगमा टाइसनले तीन वर्ष जेल सजाय भोगेका थिए।
जेलभित्रै पनि एक महिलासँग उनको अफेयर चल्यो। '१० हजार डलरका लागि ती महिलाले म सँग यौनसम्पर्क गरिन्,' टाइसनले रहस्योद्घाटन गरेका छन्। २० वर्षको उमेरमा इतिहासकै सबैभन्दा कान्छा हेविवेट च्याम्पियन वनेका टाइसन ग्रुप सेक्समा रुचि राख्थे। उनले एकसाथ दुईभन्दा बढी युवतीसँग सम्बन्ध राखेको कुरा पनि पुस्तकमा उल्लेख छ।
१९८७ मा पार्टीको सिलसिलमा भेट भएकी एक मोडललाई उनले महत्वका साथ स्मरण गरेका छन्। 'नाओमी क्यापबेल नामकी ती मोडल कमालकी थिइन्,' टाइसनले लेखेका छन्- 'त्यतिबेला म उनीसँग सडकमा न्युड भएर आफ्नो बक्सिङ शोको प्रमोसन गर्थें।' टाइसन क्यापबेलसँग रोमान्स चलिरहेकै बेला पूर्व मिस अमेरिका फस्ट रनर्सअपका साथ डेटिङमा जान्थे। उक्त कुरा थाहा पाएपछि क्यापवेलले टाइसनसँगको सम्बन्ध तोडिन्।
टाइसनको पहिलो रिलेसनसिप रविन गिवेन्ससँग भयो। उनीहरूले १९८८ मा विवाह गरे। यद्यपी उनीहरूको विवाह लामो समय टिकेन। 'किनभने रविनले मसँग पैसाका लागि मात्र विवाह गरेकी थिइन्,' टाइसनको दाबी छ।
वैवाहिक सम्बन्ध टुटेपछि रविनले एक टिभी च्यानलमा इन्टरभ्यू दिँदै टाइसनको निजी जीवन हिंस्रक भएको खुलासा गरिन्। टाइसनले सधै मारपिट गर्ने भएकाले पनि सम्बन्ध नटिकेको रविनको भनाइ थियो। यो विवाद अदालतसम्म पुग्यो। रोचक कुरा, त्यही बेला टाइसनचाहिँ लस एन्जल्सस्थित रविनको घरमा उनीसँग यौनसम्पर्क गर्न धाइरहेका हुन्थे।
'एक पटक म रविनको घर पुगेको थिएँ। त्यहाँको दृश्य देखेर म अवाक् भएँ' टाइसनले लेखेका छन्- 'उनी आफ्नो बीएमडब्ल्यु कारबाट निस्कँदै थिइन् र साथमा ब्रान्ड पिट पनि थिए।' हलिउड अभिनीत ब्रान्ड आफूलाई देख्नासाथ हतोत्साही भएर रुन थालेको टाइसनले वताएका छन्।
साभार : साप्ताहिक
टाइसनले पुस्तकमा आफ्नो कहालीलाग्दो बाल्यकालका बारेमा पनि उल्लेख गरेका छन्। 'मेरी आमा रक्सीको लतमा फसेकी थिइन्, उनी स्वयं यौनधन्दा सञ्चालन गर्थिन्' टाइसनले सम्झिएका छन्- 'आमाकै संगतमा म ड्रगको तलमा फसें।' बाल्यकालमा आफु निकै वदमास भएको कुरा पनि टाइसनले आफ्नो आत्मकथामा उल्लेख गरेका छन्।
त्यतिबेला टाइसन लगातार झगडा र चोरी गर्थे। त्यसैले उनको क्रिमिनल मानसिकता हटाउन उनलाई विशेष स्कुलमा भर्ना गरियो। त्यहाँ उनको भेट डी अमाटोसँग भयो। अमाटोले टाइसनको प्रतिभा पहिचान गरे र उनलाई प्रशिक्षण दिन थाले। टाइसनले त्यतिबेला प्रण गरेका थिए- 'म दुनियाँको सर्वश्रेष्ठ फाइटर हुनेछु।'
अन्ततः उनको सपना साकार भएरै छाड्यो। १९८१ मा टाइसनले जुनियर ओलम्पिकमा गोल्ड मेडल जिते। किशोरवयमै उनी विश्व चर्चित भैसकेका थिए। उतिबेलाको घटना सम्झँदै टाइसनले लेखेका छन्- कहिलेकाहीं म नाङ्गो हुन्थें र आफ्नो च्याम्पियन बेल्ट बाँधेर युवतीहरूसँग समागम गर्थें।'
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !