CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » बिहान साढे ९ को अपडेट: कांग्रेस ठूलो पार्टी, माओवादी ८५ मा रोकियो, गाईको द्रुत प्रगति

बिहान साढे ९ को अपडेट: कांग्रेस ठूलो पार्टी, माओवादी ८५ मा रोकियो, गाईको द्रुत प्रगति

कस्तो बन्दैछ भावी संविधान सभाको स्वरुप?
PR930
निर्वाचन आयोगले आइतबार बिहान साढे नौ बजेसम्म उपलब्ध गराएको तथ्याङ्क अनुसार ९ लाख २० हजार ३१६ समानुपातिक मत गनिसक्दा भावी कूल सिट स‌ंरचनामा कांग्रेस ठूलो पार्टी बन्ने देखिएको छ।
समानुपातिकमा कूल मत अहिलेसम्म एमालेको धेरै देखिए पनि प्रत्यक्षतर्फ जितेको धेरै सिटसमेत जोडेर कांग्रेसले अग्रता लिएको हो। अहिलेसम्मको गणनाअनुसार कूल सिट संरचना यस्तो बन्ने देखिन्छ- कांग्रेस १९३, एमाले १९०। एमाओवादीले पाएका मतले उसलाई ८५ सिटमा कायम रहन मात्र सघाएको छ। तर अघिल्लो अपडेटमा भन्दा सबैभन्दा द्रुत प्रगति राप्रपा नेपालले गरेको छ। देशभर प्रत्यक्षमा एक सिट पनि जित्न नसकेको गाई पार्टीले काठमाडौँको गणनामा समानुपातिकमा धेरै मत ल्याएपछि हालसम्म उसले ३१ सिट पुर्‍याउने देखिएको छ। यसअघि यो २३ मात्रै थियो। यसले उसले समानुपातिक मत धेरै बढाएको देखिन्छ। मतगणनासँगै पार्टीले पाउने मतबाट समानुपातिकको यो संख्या घटबढ हुनसक्छ। अरु मिडियामा कुन पार्टीले कति मत पाए भन्नेमात्रै दिइएको छ, हामी भने निर्वाचन आयोगले गणना गर्ने विधि अनुसार नै त्यति भोटबाट आउने सिटको प्रोजेक्सन गर्दैछौँ। यो नै अन्तिम भने हैन। मतगणनासँगै पाइने मत अनुसार यो सिट संख्या घटबढ हुनसक्नेछ। अर्थात् कुनै क्षेत्रमा कांग्रेसले ह्वात्तै मत बढायो भने केही समयको लागि कांग्रेसको बढी सिट देखिन सक्छ। कतै एमालेले ह्वात्तै बढायो भने एमाले अघि देखिन सक्छ। अहिले काठमाडौँमा गाईले ह्वात्तै मत बढाएकोले उसको सिटमा द्रुततर प्रगति देखिएको हो। हामी दिनभर निर्वाचन आयोगको तथ्याङ्क अनुसार सिट प्रोजेक्सन गरिरहनेछौँ। प्रत्यक्षतर्फ २४० र समानुपातिकमा ३३५ सिट रहेका छन्। हालसम्मको तथ्याङ्क अनुसार कुन पार्टीले कति सिट ल्याउनेछ प्रोजेक्सनको पूर्ण विवरण भित्र
कृपया तलको चार्टमा क्लिक गरी समानुपातिकतर्फको सिट प्रोजेक्सन, कूल प्रत्यक्ष सिट विजयी र अग्रता हेर्नुस्-

गणना सहयोगका लागि समिर केसीलाई धन्यवाद। तपाईँलाई याद हुनुपर्छ अघिल्लो संविधान सभामा पनि उहाँकै सहयोगमा हामीले माइस‌ंसारमा प्रोजेक्सन र अन्तिम नतिजा सबैभन्दा अगाडि राख्न सफल भएका थियौँ।
कसरी गरिन्छ समानुपातिक सिट गणना ?
संविधान सभा निर्वाचन अध्यादेश २०७० को अनुसूचि ३ अनुसार मत परिणाम विभाजक सूत्र यस्तो छ-
मत परिणाम विभाजक सूत्र अनुसार प्रत्येक राजनैतिक दलको लागि खसेको मतलाई भाग गर्ने पद्वतिले श्रृङ्गखलावद्ध रुपमा भाग गरिनेछ। यस अनुसार प्रत्येक दलले प्राप्त गरेको मत परिणामलाई धेरै भाजकहरुले भाग गरिन्छ (उदाहरण : १.४, ३, ५, ७, ९ आदि) त्यसरी भाग प्राप्त हुने नतिजालाई दलको भागफल (क्योसेन्ट) भनिन्छ। भागफल प्राप्त भएपछि सीट संख्याहरु ठूलो भागफलबाट सानोलाई बाँडफाँड गर्दै सीट नसकिँदासम्म बाँडफाँड गरिनेछ। यसरी बाँडफाँड गर्दा कुनै राजनैतिक दलले जतिसुकै मत प्राप्त गरेको भएतापनि त्यस्तो राजनैतिक दलले सूचीमा सूचीकृत गरेको उम्मेदवार संख्यामा सीमित रही त्यस्तो राजनैतिक दलले प्राप्त गर्ने सीटको बाँडफाँड गरिनेछ।

साभार : माई संसार
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis