संगीतकर्मी अमूल कार्कीढली र उनको समूहले प्रस्तुत गरेको अर्केस्ट्रा
संगीतले हल गुञ्जिरहेको थियो। नेपाली चलचित्रका सदाबहारदेखि नयाँ चर्चित
गीतको मेलोडीमा आगन्तुकहरू झन्डै १५ मिनेटसम्म झुमिरहे। त्यसपछि आरम्भ भयो
'पाँचौं एचटिभी
फिल्मीखबर डी सिने एवार्ड'को मूल कार्यक्रम। विभिन्न विधामा
मनोनीत तथा अन्य आगन्तुक चलचित्रकर्मी नेपाल एकेडेमीको हलको मूल ढोकाबाट
भित्रसम्म बिछ्याइएको रेड कार्पेटमा लम्किने क्रम चलिरहेकै थियो। हिमालय
टेलिभिजनका सुनिल भट्ट पालैपालो मनोनयनमा परेका तथा अन्य चर्चित
चलचित्रकर्मीहरूको अन्तर्वार्ता लिइरहेका थिए भने स्टार एफएमका आरजेहरू पनि
आगन्तुकहरूको अन्तवार्ता लिन यताउता गरिरहेका थिए। हिमालय टेलिभिजन तथा
स्टार एफएमबाट उक्त कार्यक्रमको प्रत्यक्ष प्रसारण भैरहेको थियो।
दिनेश डिसी आफ्नो स्टाइलमा मञ्चमा देखा परेपछि हल तालीको गडगडाहटले
गुञ्जियो। तीन भागमा बाँडिएको कार्यक्रमको पहिलो भागको सञ्चालन दिनेशले
गरे। उत्कृष्ट श्रृंगार विधाबाट एवार्ड वितरण गर्न थालियो। गायक सनुप
पौडेलको गायन, नायक गजित विष्टले महिला र पुरुष बनेर गरेको नृत्य, नायिका
रिश्ता बस्नेतको फिल्मी डान्स तथा एनी कुँवरको आइटम डान्सले कार्यक्रममा
रौनक थपिरहेका थिए। दोस्रो भागमा हास्यकलाकार दीपकराज गिरी कार्यक्रम
सञ्चालकका रूपमा देखा परे। उनले चुनावी माहौल भन्दै विभिन्न नेताको
क्यारिकेचर गरे। मञ्चबाट बाहिरिनुअघि दीपाश्री निरौला रेखा थापाको नक्कल
गर्दै आइन् र दीपकराजसँग मिलेर एउटा प्रहसन देखाइन्। पहिलो रोमा करिश्मा
मानन्धर, शिव श्रेष्ठ, भुवन केसी, प्रियंका कार्की, निशा अधिकारी तथा दिया
मास्केसँगै बसेकी रेखा थापा दीपाले गरेको आफ्नो नक्कलमा खित्का छाडेर
हाँसिरहिन्।
तेस्रो भागमा स्टार एफएमका आरजे राज श्रेष्ठ तथा हिमालय टिभीकी कार्यक्रम
सञ्चालिका सुषमा श्रेष्ठले अलिक फरक ढंगबाट कार्यक्रम सञ्चालन गरे। हिमालयन
टेलिभिजनसँगको सहकार्यमा फिल्मीखबर साप्ताहिकले आयोजना गरेको डिजिटल
चलचित्र एवार्ड वितरण कार्यक्रममा अभिनेत्री शर्मिला मल्ललाई चलचित्र रजत
सम्मान तथा थ्रि-डी चलचित्र 'भिजिलान्ते'लाई स्टार एफएम इन्करेज्मेन्ट
एवार्ड प्रदान गरिएको थियो। उक्त अवसरमा पत्रकार राजन घिमिरेलाई यो बर्षको
छायाँछवि चलचित्र पत्रकारिता सम्मान पनि प्रदान गरियो।
डी सिने एवार्डका विजेताहरू
पब्लिक च्वाइस : गौरव पहारी मञ्जरी
श्रृंगार : निमा लामा धन्दा
पाश्र्व संगीत : एलिस कार्की मायाज बार
ध्वनि मिश्रण : मनोज राजभण्डारी फुलस्टप
बालकलाकार : अनुभव रेग्मी रिदम
कथा : योगेश घिमिरे नोटबुक
पटकथा : विकास आचार्य रिदम
संवाद : शिवम अधिकारी नोटबुक
द्वन्द्व : चन्द्र पन्त हमेशा
नृत्य : शंकर बिसी मेरो जीवन साथी
गीतकार : कृष्णहरि बराल रिदम
गायिका : मिलन अमात्य नोटबुक
गायक : प्रल्हाद तिमिल्सिना नोटबुक
संगीत : अर्जुन पोखरेल मेरो जीवनसाथी
खलपात्र : झरना थापा फेसबुक
नवनायिका : सीमा केसी युज
नवनायक : गजित विष्ट मायाज बार
नव निर्देशक : दीपा बस्नेत अन्तराल
चरित्र अभिनय : टीका पहारी मञ्जरी
सम्पादक : विपिन मल्ल अध्याय
छायाँकार : पुरुषोत्तम प्रधान मायाज बार
सह अभिनेत्री : करिश्मा मानन्धर मायाज बार
सह अभिनेता : विल्सन विक्रम राई रिदम
अभिनेत्री : रेखा थापा लंका
अभिनेता : जीवन लुइँटेल नोटबुक
निर्देशक : विकास आचार्य रिदम
चलचित्र : रिदम
साभार : साप्ताहिक
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !