CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , , » स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्कको यो के पारा ?

स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्कको यो के पारा ?


standard-chartered-bank-nepal-logo1-विजय मल्ल-
म विगत पाँच वर्षदेखि स्विट्जरल्यान्डमा बस्दै आएको छु। स्विस ब्याङ्किङ सिस्टमबाट म निकै प्रभावित छु। त्यसैले त यहाँको ब्याङ्किङ सेवा विश्वमै उदाहरणीय मानिन्छ।
हालै मैले स्विट्जरल्यान्डको युबीएस ब्याङ्कबाटबाट नेपालको स्टायन्डर्ड चार्टर्ड ब्याङ्कको कुमारीपाटी
शाखास्थित मेरो खातामा पैसा पठाएको थिएँ। पैसा इ ब्याङ्किङबाट अक्टोबर २८ मा पठाएको थिएँ। आशा थियो २/३ दिनमा त्यो नेपाल पुग्नेछ। तर अहँ। स्टायन्डर्ड चार्टर्ड ब्याङ्कमा मेरा आफन्तहरुले निकै पटक फोन गरेपछि ब्याङ्कले पैसा नआएको जानकारी दियो। पैसा पठाएको दुई हप्ता भइसकेको थियो।
UBS
नोभेम्बर १० तारिखमा आएर बल्ल ब्याङ्कले पैसा आइपुगेको तर पाउने (beneficiary) को नाम इ ब्याङ्क स्टेटमेन्टमा गलत रहेको स्वीकार गर्‍यो।
मैले मेरो आफन्तलाई मेरो खाता प्रयोग गर्ने र रकम निकाल्ने सम्पूर्ण अधिकार दिएको थिएँ। त्यसैले मैले beneficiary नाम लेख्दा मेरो साटो उसको नाम लेख्न पुगेको थिएँ। तर ब्याङ्कले यो रकम मेरो नेपालको खातामा जम्मा गर्न अस्वीकार गर्‍यो जसका कारण आफन्तले मैले पठाएको रकम झिक्न पाएनन्।
नोभेम्बर १० मा स्टायन्डर्ड चार्टर्ड ब्याङ्कका अधिकारीहरुलाई मेरो आफन्तले स्विट्जरल्यान्डको युबीएस ब्याङ्कबाट beneficiary को नाममा गल्ती भएको बारे र रकम झिक्न अनुमति दिन आवश्यक कागजात उपलब्ध गराउन सक्ने जानकारी दिए।
तर उनीहरुले त्यस्तो कागजातले केही गर्न नमिल्ने भन्दै त्यही दिन अर्थात् नोभेम्बर १० कै दिन रकम स्विट्जरल्यान्ड फिर्ता पठाउने बताए।
तर स्टायन्डर्ड चार्टर्डले त्यसो भनेको ७ दिनसम्म अर्थात् नोभेम्बर १७ सम्म पनि रकम फिर्ता पठाएन। मेरो आफन्त फेरि स्टायन्डर्ड चार्टर्डमा ताकेता गर्न गए। त्यतिबेला लाजै पचाई ब्याङ्कका अधिकारीहरुले रकम नोभेम्बर २१ मा मात्रै पठाउने बताए।
यसको अर्थ यो रकम स्टायन्डर्ड चार्टर्ड ब्याङ्कमा झण्डै तीन हप्तासम्म बस्ने भयो। खासमा त्यो रकम ग्राहकलाई २/३ दिनभित्र दिनुपर्ने वा तुरुन्तै स्विट्जरल्यान्डमा फर्काउनु पर्ने थियो। किन यस्तो गरियो ? म ब्याङ्क अधिकारीहरुलाई निम्न प्रश्नको जवाफ दिन सार्वजनिक आह्वान गर्छु-
१) ब्याङ्कले किन समयमै मलाई वा स्विट्जरल्यान्डको युबीएस ब्याङ्कलाई beneficiary को नाम गल्ती भएको जानकारी नगराएको ? समयमैको अर्थ स्विट्जरल्यान्डबाट २/३ दिनमा रकम स्टायन्डर्ड चार्टर्डमा आइपुगेलगत्तै।
२) ब्याङ्क अधिकारीहरुले किन निश्चित दिनमा रकम फिर्ता पठाउँछु भनेको तर नपठाई यत्तिकै राखेको ?
३) युरो मुद्रामा ब्याङ्कमा झण्डै एक महिना रकम रहेवापत् के मलाई स्टायन्डर्ड चार्टर्डले ब्याज दिन्छ ?
यसले गुणस्तरीय सेवा उपलब्ध गराउने दावी गर्ने स्टायन्डर्ड चार्टर्ड ब्याङ्कको लापरवाही र अक्षमता प्रष्ट्याउँछ। ब्याङ्कले मलाई यी सबै प्रश्नको जवाफ दिएर तार्किक हिसाबमा मलाई विश्वस्त गराए म खुसी हुने थिएँ।
मलाई लाग्छ यो ब्याङ्कका अरु ग्राहकहरुले पनि यस्तै किसिमका समस्या भोग्नुपरेको हुनसक्छ। विदेशमा बस्ने लाखौँ नेपालीले आफ्नो रकम रेमिट्यान्सबाट देशमा पठाउँछन्। उहाँहरुले पनि यस्ता समस्या भोग्नुभएको भए हामी सबैसित बाँड्न हुन अनुरोध गर्छु। हाम्रो उद्देश्य उनीहरुलाई जिम्मेवार बनाउन सघाउने हो।
[मल्लले यो ब्लग नोभेम्बर मै पठाएको भए पनि त्यतिबेला ब्लग चुनावमय भएका कारण ढिलो प्रकाशन हुन पुगेको हो। विषयको सान्दर्भिकता भने पुरानो नभए झैँ लाग्छ।

साभार : माई संसार
Share this article :

1 comment:

  1. Yes, sometime back, SCB also deleted my account without any pre-information to me. They need to improve their service.

    ReplyDelete



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis