CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » सम्बन्ध सफल पार्न लभ टेस्ट

सम्बन्ध सफल पार्न लभ टेस्ट

सम्बन्ध सफल पार्न लभ टेस्ट
भर्खर—भर्खर प्रेममा परेका युवा अथवा विवाह गरेका दम्पतीलाई आफ्नो सम्बन्ध कति समयसम्म टिक्ला भन्ने शंका रहन्छ। विश्वका सबै मान्छेले सोच्ने यो विषयको समाधान खोज्न वैज्ञानिकहरुले 'लभ टेस्ट' गर्ने विधि खोजी गरेका छन्। साइन्स जर्नलमा प्रकाशित यो विधिको प्रयोगले सम्बन्ध सफल पार्न सहयोग पुग्ने
दाबी गरिएको छ।
अनुसन्धानअनुसार आफ्नो जोडी साथीको तस्वीर बारे व्यक्त अवचेतन प्रतिक्रिया विवाह परिणाम जान्नमा उपयोगी सावित हुन्छन् । नकारात्मक भाव चल्ने मान्छेसँग जोडिएको सम्बन्ध केही समयपछि नै खटपट हुन थाल्ने अनुसन्धानले बताएको छ । यो नयाँ अनुसन्धान बिधिबाट नयाँ जोडीमा एक—अर्काप्रति रहेको सोच बारे पनि सही अनुमान लगाउन सकिने बताइएको छ ।

मुख्य अनुसन्धानकर्ता फ्लोरिडा स्टेट युनिभर्सिटीका प्राध्यापक जेम्स म्याकनल्टीका अनुसार मनभित्रको वास्तविक सोचाइमा बिहेपछि तपाइँ खुशी रहनसक्नुहुन्छ कि हुन्न भन्ने अनुमान लगाउन सहयोगी सावित हुनेछ। जेम्सको टोलीले भर्खरै बिहे गरेका १३५ जोडीसँग साक्षात्कार गरी अनुसन्धान गरेको थियो। जोडीहरुलाई बिहेको मूल्यांकन सकारात्मक, नकारात्मक, राम्रो, नराम्रो, सन्तुष्ट तथा असन्तुष्ट कुन तरिकाले गर्छन् भनी प्रश्न सोधिएको थियो। त्यसपछि उनीहरुको लभ टेस्ट गरेर एक अर्काप्रतिको मनको कुरा भन्न लगाइएको थियो। यसमा जोडीको तस्विर एक जनालाई एक सेकेन्डको तीन चौथाइ समयसम्म देखाइएको थियो। त्यसपछि उनीहरुले सकेसम्म छिटो शानदार, आश्चर्यजनक, त्रासयुक्त तथा भयानकमध्ये कुनै एक जवाफ दिन भनिएको थियो। शोधकर्ताका अनुसार जुन तरिकाले एवं जस्तो आवाजमा उनीहरुले जवाफ फर्काउँछन् त्यसमार्फत् उनीहरुको एक अर्काप्रतिको भावना बारेमा जानकारी प्राप्त हुनेछ।

यो टेस्ट सम्बन्ध स्थापितको मनोवैज्ञानिक सिद्धान्तमा आधारित छ । सिद्धान्तअनुसार सम्बन्धमा बाँधिएका मान्छेले पार्टनरको तस्विरलाई क्षणभरमा देख्दा सकारात्मक वा नकारात्मक विचार आउँछ । नव दम्पती जब सचेत भएर जवाफ दिन्छन् भने उनीहरु सम्बन्ध बारे सकारात्मक छन् । शोधकर्ताका अनुसार यदि उनीहरुको दिमागमा सकारात्मक चिजले भरिएको छ भने निश्चित रुपमा उनीहरुले शानदार शब्दको प्रयोग गर्छन् । यसरी नै नकारात्मक चिज भएमा त्रासयुक्त शब्दको प्रयोग हुनेछ । प्राध्यापक जेम्सका अनुसार बिहे अघि नै जोडी जाँच्ने मिल्ने गरी यो विधिलाई अहिलै विकसित गरिसकिएको छैन ।
साभार : नागरिकन्युज
सम्बन्ध सफल पार्न लभ टेस्ट
भर्खर—भर्खर प्रेममा परेका युवा अथवा विवाह गरेका दम्पतीलाई आफ्नो सम्बन्ध कति समयसम्म टिक्ला भन्ने शंका रहन्छ। विश्वका सबै मान्छेले सोच्ने यो विषयको समाधान खोज्न वैज्ञानिकहरुले 'लभ टेस्ट' गर्ने विधि खोजी गरेका छन्। साइन्स जर्नलमा प्रकाशित यो विधिको प्रयोगले सम्बन्ध सफल पार्न सहयोग पुग्ने दाबी गरिएको छ।
अनुसन्धानअनुसार आफ्नो जोडी साथीको तस्वीर बारे व्यक्त अवचेतन प्रतिक्रिया विवाह परिणाम जान्नमा उपयोगी सावित हुन्छन् । नकारात्मक भाव चल्ने मान्छेसँग जोडिएको सम्बन्ध केही समयपछि नै खटपट हुन थाल्ने अनुसन्धानले बताएको छ । यो नयाँ अनुसन्धान बिधिबाट नयाँ जोडीमा एक—अर्काप्रति रहेको सोच बारे पनि सही अनुमान लगाउन सकिने बताइएको छ ।

मुख्य अनुसन्धानकर्ता फ्लोरिडा स्टेट युनिभर्सिटीका प्राध्यापक जेम्स म्याकनल्टीका अनुसार मनभित्रको वास्तविक सोचाइमा बिहेपछि तपाइँ खुशी रहनसक्नुहुन्छ कि हुन्न भन्ने अनुमान लगाउन सहयोगी सावित हुनेछ। जेम्सको टोलीले भर्खरै बिहे गरेका १३५ जोडीसँग साक्षात्कार गरी अनुसन्धान गरेको थियो। जोडीहरुलाई बिहेको मूल्यांकन सकारात्मक, नकारात्मक, राम्रो, नराम्रो, सन्तुष्ट तथा असन्तुष्ट कुन तरिकाले गर्छन् भनी प्रश्न सोधिएको थियो। त्यसपछि उनीहरुको लभ टेस्ट गरेर एक अर्काप्रतिको मनको कुरा भन्न लगाइएको थियो। यसमा जोडीको तस्विर एक जनालाई एक सेकेन्डको तीन चौथाइ समयसम्म देखाइएको थियो। त्यसपछि उनीहरुले सकेसम्म छिटो शानदार, आश्चर्यजनक, त्रासयुक्त तथा भयानकमध्ये कुनै एक जवाफ दिन भनिएको थियो। शोधकर्ताका अनुसार जुन तरिकाले एवं जस्तो आवाजमा उनीहरुले जवाफ फर्काउँछन् त्यसमार्फत् उनीहरुको एक अर्काप्रतिको भावना बारेमा जानकारी प्राप्त हुनेछ।

यो टेस्ट सम्बन्ध स्थापितको मनोवैज्ञानिक सिद्धान्तमा आधारित छ । सिद्धान्तअनुसार सम्बन्धमा बाँधिएका मान्छेले पार्टनरको तस्विरलाई क्षणभरमा देख्दा सकारात्मक वा नकारात्मक विचार आउँछ । नव दम्पती जब सचेत भएर जवाफ दिन्छन् भने उनीहरु सम्बन्ध बारे सकारात्मक छन् । शोधकर्ताका अनुसार यदि उनीहरुको दिमागमा सकारात्मक चिजले भरिएको छ भने निश्चित रुपमा उनीहरुले शानदार शब्दको प्रयोग गर्छन् । यसरी नै नकारात्मक चिज भएमा त्रासयुक्त शब्दको प्रयोग हुनेछ । प्राध्यापक जेम्सका अनुसार बिहे अघि नै जोडी जाँच्ने मिल्ने गरी यो विधिलाई अहिलै विकसित गरिसकिएको छैन ।
- See more at: http://nagariknews.com/technology/story/10889#sthash.5Wrb86C6.dpuf
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis