उज्जु डार्लिङसँग दीपकराज गिरीको प्रेम र रोमान्सका कुरा
टेलिभिजनकी दीपा र घरकी श्रीमतीमा को राम्री?
घरमा घरकी राम्री, सुटिङमा दीपा राम्री, दुइटै राम्रा।
फ्यानहरूले त दीपा नै तपाईंकी वास्तविक श्रीमती भन्छन् नि?
झुक्किन पाइन्छ, झुक्किँदैमा मैले गहना किनेर दिनुपर्ने हैन क्यारे? तर म त झुक्किन्न।
चुम्बन के हो? स्वाद कस्तो हुन्छ?
शारीरिक निकटता बढाउने पहिलो खुड्किलो हो, कोही यसमार्फत मनभित्र पस्छन्, कोही शारीरिक स्पर्शपछि बाहिरिन्छन्। स्वाद त भन्नै नपर्ने मिठो नि।
त्यसो भए सेक्स के हो त?
पत्नीसँग गरिएको सेक्स र यौनकर्मीसँग गरिने सेक्स फरक-फरक हुन्छ। त्यसकारण सेक्सलाई एउटै शब्द पर्याप्त छैन, कहिले सन्तान प्राप्तिको त कहिले मनोरन्जनको माध्यम।
सुहागरातको मीठो सम्झना?
हाम्रो परिवारमा धेरै जना थियौं, त्यसैले थाहा पाउलान् कि भनेर राति १ बजेसम्म पर्खेर बस्यौं, सुटुक्क भयो। २०४३ सालमा।
चल्लाहरू कति छन्?
३ जना, १ पोथी २ भाले।
राम्री सुन्दरी देख्दा मनमा के हुन्छ?
एक्लै छिन भने मनमा तरंग उठ्छ। केटासँग देख्दा मन भरंग हुन्छ।
दोस्रो विवाह गर्ने कि? पहिलोले नै वाक्क हुनुभयो?
महँगो छ जमाना, स्पोन्सर पाए गर्ने। उज्जु डार्लिङ राम्री छे, गरूँ-गरूँ जस्तो हुन्छ।
साभार : साप्ताहिक
Labels:
Entertainment,
Interview,
Society
मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार को 2% ब्याज मा ऋण प्रदान प्रदान। हामी ऋण को सबै प्रकार प्रदान। यदि
ReplyDeleteतपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com: