CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » सम्बन्ध महजस्तो गुलियो छ भने हनिमुन जहाँ पनि हुनसक्छ - राजेश हमाल, नायक

सम्बन्ध महजस्तो गुलियो छ भने हनिमुन जहाँ पनि हुनसक्छ - राजेश हमाल, नायक



 
सम्बन्ध महजस्तो गुलियो छ भने हनिमुन जहाँ पनि हुनसक्छ।

     - राजेश हमाल, नायक

त्यस्तो गुलियो सम्बन्धमा विवाहअघि नै हनिमुन मनाइदिए पनि के फरक पर्ला र ?

एक्टिङ सरुवा रोग हो।

     - सुरज सिंह ठकुरी, नायक/टेलिभिजनकर्मी

समयमै उपचार गराउने कि !

हिरोइनको क्रेजले दर्शक सिनेमा हलसम्म आउँछन्।

     - नीता ढुंगाना, नायिका

बलिउड-हलिउडका हिरोइनको कुरा गर्‍या होला !

चार दिन चुप लाग्नुस्, एमाओवादी आफैं आउँछन्।

     - कमल थापा, नेता

आएनन् भने तपाईं आफैं चुप लाग्ने कि ?

संविधानसभा र सरकार दुवैमा सहभागी हुँदैनौं।

     - सीपी गजुरेल, नेता

लोकतन्त्रमा जनताको म्यान्डेड नलिई सहभागी पनि हुन पाइँदैन नि !

रेखा थापालाई सम्झिन आवश्यक मानिनँ।

     - आर्यन सिग्देल, नायक

सपनाले सम्झिन देलिन् र  !

राष्ट्रपतिको पनि निर्वाचन हुनुपर्छ।

     - माधवकुमार नेपाल, नेता

फुर्ती त निकै छ नि ! अघिल्लो पटक दुई ठाउँबाट निर्वाचन हारेको बिर्सनुभयो क्यार !

 मेरोमा होइन अरू क्षेत्रमा धाँधली भएको हो।

     - टोपबहादुर रायमाझी, नेता

भनेपछि गोरखा र सिराहामा धाँधली भएको पक्का मान्नुपर्ने भयो हैन ?

म नचाहिने कुरामा खर्च गर्दिनँ।

     - बेनिशा हमाल, नायिका

त्यसो गर्न त कमाइ पनि दरै हुनुपर्‍यो नि !

पर्सनालिटी पनि प्रमुख कुरा हो।

     - भवानी राणा, उद्यमी

बैंकको कालोसूचीमा परेर पर्सनालिटी देखाउनुको के अर्थ होला र ?

साभार : साप्ताहिक
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis