CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » काठमाडौँका कुन-कुन ठाउँमा पार्किङ निःशुल्क ?

काठमाडौँका कुन-कुन ठाउँमा पार्किङ निःशुल्क ?

काठमाडौँ महानगरपालिका बोर्डलाई पार्किङ निःशुल्क बनाउने अधिकार छैन, यसरी निःशुल्क गराउने हो भने सयौं व्यवसायी बेरोजगार हुन्छन् भन्दै पार्किङ ठेकेदारहरुले अदालतमा मुद्दा ठोकेपछि पुस १ गतेदेखि लागू गर्ने तयारी भएको
निःशुल्क पार्किङ योजना अलपत्र परेको थियो। मुद्दा ठोकेपछि पुनरावेदन अदालतले अर्को आदेश नहुन्जेल सित्तैमा पार्किङ गराउने योजना कार्यान्वयन गर्ने प्रक्रियालाई अघि नबढाउन अन्तरिम आदेश दिएको थियो। तर हिजो अदालतले सो आदेश जारी राख्न नपर्ने फैसला गरेपछि अब पार्किङ निःशुल्क हुने भएको छ। फ्रिमा पार्किङ त हुँदै हुन्न भन्दै बाजी ठोक्न तयार हुने पार्किङ ठेकेदार र उनीहरुका दलालहरुले यसलाई कार्यान्वयन हुन देलान् नदेलान् त्यो भने हेर्नै बाँकी छ। मासिक एकदमै न्युनतम शुल्क नगरपालिकालाई बुझाएर बाँकी केही रकम घुस खुवाई आफू मोटाइरहेका पार्किङ ठेकेदारहरुबाट यो खोस्न सक्नु चानचुने कुरा भने हैन। अहिलेलाई भने काठमाडौँका कुन कुन ठाउँमा पार्किङ निःशुल्क भएको छ, त्यो जानकारी लिउँ।
क्षेत्र नं. १ :
• नयाँ बानेश्वर बाटो पश्चिम मन्दिर अगाडि १३२ फिट एक लाइन मोटरसाइकल
• नयाँ बानेश्वर पानीट्याँकी अगाडि ९९ फिट एक लाइन मोटरसाइकल
• के.एम.सी अस्पताल बाटो दक्षिण खाली जग्गा ११५ फिट दुई लाइन मोटरसाइकल
• एयरपोर्ट गेट अगाडि २०० फिट एक लाइन कार/मोटरसाइकल
• कोटेश्वर भाटभटिनी अगाडि ७६ फिट दुई लाइन मोटरसाइकल
• कोटेश्वर भाटभटिनी अगाडि ६६ फिट एक लाइन कार
• तिनकुने वैदेशिक रोजगार अगाडि ६६ फिट एक लाइन कार
• तिनकुने वैदेशिक रोजगार अगाडि ११४ फिट एक लाइन मोटरसाइकल
• के.एम.सि. अस्पतालबाट सिद्धिविनायक जाने वाटो १०० फिट एक लाइन मोटरसाइकल
क्षेत्र नं. २ :
• मेडिकेयर अस्पताल अगाडि ९२ फिट एक लाइन मोटरसाइकल
• बौद्ध बाटो दक्षिण ५७५ फिट एक लाइन मोटरसाइकल
• चावहिल टेलिकम अगाडि ६६ फिट एक लाइन मोटरसाइकल
क्षेत्र नं. ३ :
• महाराजगञ्ज पुलिस स्टेशन अगाडि १४० फिट एक लाइन मोटरसाइकल
• सामाखुशि विनायक अस्पताल अगाडि ११० फिट एक लाइन मोटरसाइकल
• हिमालय जावा क्याफे अगाडि ६० फिट एक लाइन मोटरसाइकल उत्तर, दक्षिण मात्र
क्षेत्र नं. ४ :
• दरवार मार्ग मूल सडक २२६ फिट एक लाइन कार उत्तर, दक्षिण मात्र
• दरवार मार्ग मूल सडक २०० फिट एक लाइन मोटरसाइकल
• सरस्वती मार्ग १५० फिट दुई लाइन मोटरसाइकल
• सरस्वती मार्ग ३३० फिट एक लाइन मोटरसाइकल उत्तर दक्षिण मात्र
• विणा मार्ग १६४ फिट दुई लाइन मोटरसाइकल उत्तर दक्षिण मात्र
क्षेत्र नं. ५ :
• प्रज्ञा भवन पश्चिम ३९० फिट एक लाइन मोटरसाइकल
• प्रज्ञा भवन पश्चिम १६४ फिट एक लाइन कार
• कमलादी भवन पूर्व १६४ फिट एक लाइन मोटरसाइकल
• कमलादी भवन पूर्व ३९० फिट एक लाइन कार
• शंकर देवी क्याम्पस अगाडि ७३ फिट एक लाइन मोटरसाइकल
• शंकर देवी क्याम्पस अगाडि ६५ फिट एक लाइन कार
• पुतली सडक लालुपाते मार्ग ११९ फिट एक लाइन मोटरसाइकल
• नक्साल टेलिकम अगाडि ४० फिट एक लाइन मोटरसाइकल
• वि.के. क्याम्पस अगाडि २९५ फिट एक लाइन मोटरसाइकल
• रानीपोखरी आयुक्तको कार्यालय अगाडि ७० फिट एक लाइन मोटरसाइकल
क्षेत्र नं. ६ :
• प्यूखा पश्चिम उत्तर १०३ फिट दुई लाइन मोटरसाइकल
• प्यूखा चोक ८७ फिट एक लाइन कार
• प्यूखा चोक पूर्व ६३ फिट दुई लाइन मोटरसाइकल
• शुक्र पथ ४५० फिट एक लाइन मोटरसाइकल
• शुक्र पथ १२३ फिट एक लाइन कार
• महावौद्ध पूर्व २० फिट दुई लाइन मोटरसाइकल
• महावौद्ध दक्षिण १५ फिट एक लाइन मोटरसाइकल
• जमल चोक ४३ फिट तिन लाइन मोटरसाइकल
• भोटाहिटी दरवार स्कुल दक्षिण ५५ फिट एक लाइन मोटरसाइकल
• भोटाहिटी नयाँ साझा अगाडि ६० फिट एक लाइन कार
• भोटाहिटी साझा अगाडि २५ फिट तिन लाइन मोटरसाइकल
क्षेत्र नं. ७ :
• खिचापोखरी (ए) ११८ फिट एक लाइन मोटरसाइकल
• खिचापोखरी (वि) ११८ फिट दुई लाइन मोटरसाइकल
• खिचापोखरी १३२ फिट एक लाइन कार (पाँच ट्याक्सी निशुल्क )
• खिचापोखरी डबली १७८ फिट एक लाइन माइस‌ंसार मोटरसाइकल
• खिचापोखरी मुखमा १२८ फिट एक लाइन मोटरसाइकल
• खिचापोखरी चौधरी गु्रप अगाडि १२६ फिट एक लाइन मोटरसाइकल
• पशुपति प्लाजा अगाडि १४० फिट एक लाइन मोटरसाइकल
• पशुपति प्लाजा अगाडि ५३ फिट दुई लाइन मोटरसाइकल
• संकटा मन्दिर परिसर ४० फिट तिन लाइन मोटरसाइकल
• सुन्धारा उत्तर पश्चिम ३० फिट दुई लाइन मोटरसाइकल
• सुन्धारा पश्चिम १०० फिट एक लाइन मोटरसाइकलड
• धरहरा बाटो दक्षिण ८६ फिट एक लाइन कार
• धरहरा दक्षिण बाटो उत्तर ३५ फिट एक लाइन मोटरसाइकल
• धरहरा पूर्व हुलाक अगाडि २० फिट तिन लाइन मोटरसाइकल
क्षेत्र नं. ८ :
• पिपल बोट ४० फिट दुई लाइन मोटरसाइकल
• पाको मन्दिर पश्चिम ४९ फिट दुई लाइन मोटरसाइकल
• पाको मन्दिर दक्षिण १६२ फिट एक लाइन कार
• पाको दक्षिण १३८ फिट दुई लाइन मोटरसाइकल
• पाको दक्षिण ९४ फिट एक लाइन मोटरसाइकल
• रणमुक्तेश्वर उत्तर १२० फिट एक लाइन मोटरसाइकल
• धर्मपथ १२२ फिट एक लाइन कार (५ ट्याक्सी सहित)
• धर्मपथ ९२ फिट दुई लाइन मोटरसाइकल
• धर्मपथ ५९ फिट दुई लाइन मोटरसाइकल
• धर्मपथ १६५ फिट एक लाइन कार
• वसन्तपुर २ नं. काउण्टर पछाडि १४२ फिट एक लाइन मोटरसाइकल
• मरु प्याफल ४ नं. काउण्टर सँगै ५७ फिट एक लाइन मोटरसाइकल
• का.म.पा. २५ वडा अगाडि ३६ फिट एक लाइन मोटरसाइकल
• सुरज आर्केड अगाडि ५० फिट एक लाइन मोटरसाइकल
• ताम्राकार प्लाजा अगाडि ३० फिट एक लाइन मोटरसाइकल
• तारणी वहाल अगाडि ३० फिट छ लाइन मोटरसाइकल
क्षेत्र नम्बर ९
२४ वडाको यो क्षेत्रमा पार्किङ सम्झौता बाँकी रहेको भन्दै मुद्दा परेकोले यहाँ भने निःशुल्क हुँदैन।
क्षेत्र नं. १०
• कालिमाटी पेट्रोल पम्प पश्चिम ३०० फिट एक लाइन मोटरसाइकल
• कलंकी मालपोत अगाडि १०६ फिट एक लाइन मोटरसाइकल
हजार रुपियाँ तिर्नुपर्ला है होस् गर्नुस्
माथिका ठाउँमा पार्किङ गर्दा कसैले पैसा मागेमा त्यो गैरकानुनी हो। पैसा दिनु पर्दैन। अब तपाईँलाई लाग्ला, मोटरसाइकल पार्किङ व्यवस्थापन कसरी हुन्छ त ? कसले मोटरसाइकल मिलाएर राख्ने, निकाल्ने गरिदिन्छ त ? महानगरपालिकाको अल्पकालीन मापदण्ड अनुसार ‘सवारीधनीमा आफ्नो सवारीको पार्किङ्ग तोकिएको स्थानमा स्वयम व्यवस्थापन गर्ने बानी बसाउने’ उद्देश्य छ।
पार्किङ स्थलमा चिह्न लगाइनेछ र त्यो रेखाभन्दा बाहिर पार्किङ गरेमा हजार रुपियाँ जरिवाना तिर्नुपर्नेछ। यसरी जरिवाना लिँदा असुल भएको जरिवाना रकमको बीस प्रतिशत अर्थात् २०० रुपियाँ प्रोत्साहन स्वरुप सो समयमा खटिएका महानगरपालिकाका वा अन्य कर्मचारी (ट्राफिक इत्यादि)लाई उपलब्ध हुने हुँदा उनीहरु ज्यादै नै चनाखो हुनेछन्। त्यसैले सतर्क रहनुहोला, फ्रिमा पार्किङ भन्दाभन्दै हजार रुपियाँ झ्वाम होला।
यो व्यवस्था कहिलेसम्म ?
एउटा अर्को मुद्दा अदालतमा विचाराधीन छ। त्यसको फैसला नहुन्जेलका लागि यो व्यवस्था हो। मापदण्डमा लेखिए अनुसार-
महानगर क्षेत्रमा औपचारिक र अनौपचारिक रुपमा ७३ स्थानभन्दा बढी स्थानमा दुई पाङ्ग्रे र चार पाँग्रे सवारी साधन पार्किङ्ग हुँदै आएका छन्। स्थानीय स्वायत्त शासन ऐन २०५५ र नियमावली २०५६ ले गरेको प्रावधान अनुरुप महानगरले पार्किङ्ग शुल्क लिई यस्ता स्थानको व्यवस्थापन गर्दै आएको छ। पार्किङ्ग शुल्क महानगरको कोषमा अत्यन्त न्यून स्थानकेा मात्र दाखिला हुने तर त्यो भन्दा बढी स्थानमा क्लव, टोल सुधार, मन्दिर संरक्षण लगायतका नाममा पार्किङ्ग शुल्क संकलन हुने गरेको यथार्थ रहेको छ। यस्ता अनौपचारिक क्षेत्रले राज्य कोषकेा आम्दानी छली गरी गुण्डा गर्दीको संरक्षण गर्न, प्रशासन कमजोर बनाउन, समानान्तर कुशासित संयन्त्रको विकास गर्न र असुरक्षा बृद्धि तथा सुशासनको उपहास गर्न भरपूर सहयोग गरेको छ।
उक्त तथ्यलाई मनन गरी खुला प्रतिस्पर्धाका माध्यमद्वारा नियमानुसार शुल्क संकलनका लागि बोलपत्र आव्हान गरी स–शुल्क पार्किङ्गकोसू–व्यवस्थापनको कार्य मिति २०६९।११।७ बाट प्रारम्भ गरेको छ। उक्त व्यवस्थापनमा चित्त नबुझने पक्षले सम्मानित अदालतमा उजुरी दर्ता गरेकोले सो विषय विचाराधिन अवस्थामा रहेकेा छ।
उक्त आय ठेक्का सम्बन्धी विषय अदालतबाट अन्तिम किनारा नलागुन्जेल र त्यसपछि आर्थिक प्रशासन नियमावली २०६४ को आय ठेक्का व्यवस्था अनुसार व्यवस्थापन नहुन्जेल सम्मका लागि यो मापदण्ड कार्यान्वयन गर्न आवश्यक देखिएको भन्दै यो व्यवस्था लागू गरिएको हो।
मापदण्ड पूरा हेर्नुस‌
[काठमाडौँ महानगरपालिकाको यो निःशुल्क पार्किङ कार्यक्रम कस्तो लाग्यो ? पार्किङका क्रममा तपाईँले केही असुविधा, अनियमितता भोग्नु परेको छ कि ? यसलाई अझ राम्रोसँग लागू गर्न के गर्नुपर्ला ? आफ्नो सुझाव तल कमेन्टमा लेख्नुस्]
साभार : माई संसार
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis