CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » कसरी स्वस्थकर तथा सन्तुष्टिदायक यौन क्रियाकलाप गर्ने ? उचित आसन कुन हो ?

कसरी स्वस्थकर तथा सन्तुष्टिदायक यौन क्रियाकलाप गर्ने ? उचित आसन कुन हो ?

म २० वर्षीया विवाहित महिला हुँ। चार महिना पहिले मेरो मेरुदण्डको शल्यक्रिया गरिएको थियो। मैले कसरी स्वस्थकर तथा सन्तुष्टिदायक यौन क्रियाकलाप गर्न सक्छु ? कृपया उचित आसनका
बारेमा पनि बताइदिनुहोला।

८९२९९

मेरुदण्डको चोट र यौन

यौन उत्तेजनाका लागि मानसिक पक्षको महत्त्वपूर्ण स्थान हुन्छ जति कि शारीरिक अनि हार्मोनहरूको। यी सबै कुरामा समन्वय पनि निकै आवश्यक हुन्छ। स्नायु प्रणालीले यसमा महत्त्वपूर्ण भूमिका खेल्छ र मेरुदण्डमा भएका स्नायुहरूबाट नै विभिन्न सन्देश आवतजावत गर्छन्। लिङ्ग उत्तेजित हुन यही मेरुदण्डको प्यारासिम्प्याथेटिक स्नायुहरूले सन्देश प्रवाह गर्न मद्दत गर्छन्। त्यसमा यौनाङ्गमा उत्तेजनाको बेला रस आउने कुराले पनि मद्दत गर्छ। यौन चरमसुख प्राप्त गर्ने कुरामा सिम्प्याथेटिक स्नायुको भूमिका रहन्छ। त्यसैको मद्दतले आन्तरिक यौनाङ्ग तथा मांशपेशी संकुचन हुने तथा खुल्ने कुरालाई पनि नियन्त्रण गर्छ। मेरुदण्डमा चोट लाग्दा मस्तिष्क तथा अङ्गहरूवाट सन्देश आवतजावत गर्न बाधा पुग्छ। मेरुदण्डमा चोट लागेपछि स्नायु प्रणालीमा खराबी आयो भने त्यसको दीर्घकालीन असर पर्न सक्छ। मेरुदण्डमा कहाँ चोट लाग्यो भन्ने कुरा र उक्त चोट पूर्ण रूपमा क्षति पुर्‍याउने किसिमको थियो कि अपूर्ण किसिमको थियो भन्ने कुराले असर के कस्तो हुन्छ भन्ने कुरामा फरक पर्न सक्छ। यदि मेरुदण्डमा लागेको चोटले पूर्ण रूपमा स्नायु प्रणालीलाई प्रभाव पारेको छ भने त्यसका निम्न यौनसम्बन्धी असर देखिन्छन्।

यसरी मेरुदण्डमा चोट लागेपछि पुरुष वा महिलाको यौनाङ्गमा कुनै संवेदनशीलता नै नहुनसक्छ, यसो हुँदा स्पर्शको प्रभाव नहुन सक्छ। महिलाहरूमा यौनचाहना परिवर्तन हुने, योनिरस आउने क्षमतामा परिवर्तन हुने अनि यौनसम्पर्क गर्दा केही असजिलो हुने जस्ता परिवर्तन हुन्छन्। यौन चरमसुख प्राप्त हुन निकै गाह्रो वा असम्भव प्रायः नै हुनसक्छ। हार्मोनको कार्यप्रणालीमा कुनै प्रभाव परेको छैन भने पनि महिलाको प्रजनन क्षमता कायमै रहन्छ भन्ने कुरामा विचार पुर्‍याउनुपर्छ। त्यसैले गर्भनिरोधको प्रभावकारी उपाय अपनाउनुपर्छ।

खुट्टा चलाउन सक्ने वा नसक्ने कुराले पनि यौन क्रियाकलापमा असर पार्छ। त्यसैगरी मासंपेशीको संकुचन वा पीडाले पनि यौनजीवनलाई नकारात्मक असर पार्न सक्छ। यौनक्रियाकलाप मात्र होइन, दिसापिसाब, हिँडडुल गर्न सामान्य स्वास्थ्य, औषधी, सम्बन्ध अनि यौनसम्बन्धी आफ्नै सोच र विचार सबै कुराले व्यक्तिको यौनइच्छामा प्रभाव पार्छ।

पिसाब लागे पनि रोक्न सक्ने क्षमता नहुन सक्छ। त्यसैले निश्चित समयमा पिसाब फेर्ने बानी बसाउनुपर्छ। मुखथैली अनि मूत्रनलीको सुरु हुने ठाउँको मांसपेशीले बनेको भल्वको विचमा समन्वय नहुँदा पिसाब फेर्न असजिलो हुनसक्छ।

समाधान के होला ?

तपाईंले शल्यक्रिया के-कति कारणले गराउनुभएको हो, मेरुदण्डको कुन भागमा शल्यक्रिया गरियो अनि शल्यक्रियापछि माथि भनिएजस्ता कुनै चोटको असर वा लक्षण देखा परेका छन् कि छैनन्, केही लेख्नुभएको छैन। यस्तो स्थितिमा स्वस्थकर अनि सन्तुष्टिपूर्ण यौनजीवनका लागि यसो गर्ने भनेर यकिनसाथ भन्न सकिने स्थिति भएन।

गम्भीर असर परेको स्थितिमा यी कुराले यौनसहित सम्पूर्ण जीवन नै परिवर्तित गरेको हुन्छ। त्यसैले यौनजीवनमा एक किसिमको सक्रियताका लागि दक्ष व्यक्तिवाट परामर्श चाहिने हुन्छ ताकि यौन क्रियाकलापबाट कुनै व्यक्तिले पूर्ण रूपमा परहेज नगरोस्।

मेरुदण्डको यस्तो चोटपछि यौन जीवनलाई पराजित मानसिकतावाट ग्रसित हुन नदिई निरन्तर यौन क्रियाकलपमा संलग्न हुने प्रयास गर्नुपर्छ। हामी यौन क्रियाकलापमा संलग्न हुने भन्नासाथ लिङ्ग-योनि मैथुनका बारेमा मात्र सोच्छौं, तर अन्य उपाय जस्तै- मुखमैथुन, चुम्बन, भाइब्रेटरको प्रयोग अनि शरीर सुमसुम्याउने जस्ता अनेक क्रियाकलाप गर्न सकिन्छ। मेरुदण्डमा गम्भीर चोट लागेपछि व्यक्तिको यौन संवेदनशीलता शरीरका अन्य भागमा केन्दि्रत हुनसक्छ, त्यसैले त्यसको खोजी गरी त्यसको स्पर्श वा घर्षणबाट यौन आनन्द लिने प्रयास गर्नुपर्छ। यस प्रकारका क्रियाकलापले यौनसुख प्राप्त गर्न मात्र होइन, अन्तरङ्ग सम्बन्ध विकास गर्न वा निरन्तरता दिन मद्दत गर्छ। यौनसम्पर्क गर्दा पर्याप्त मात्रामा चिप्लो पदार्थको प्रयोग आवश्यक हुनसक्छ, किनभने योनिरस पर्याप्त नआउन सक्छ। चिप्लो पदार्थको प्रयोगले योनिमा चोट लाग्दैन।

मेरुदण्डको चोट लागेका व्यक्तिमा यौनाङ्ग भनेर नमानिने अङ्गहरूमा यौनका दृष्टिले अति संवेदनशीलता विकसित हुनसक्छ। स्तन, गर्दन, काँध, अनुहार, ओठ निकै यौन संवेदनशील बन्न सक्छ। यस्तो अङ्गको स्पर्श, मर्दन, घर्षणबाट यौन उत्तेजना प्राप्त हुने मात्र होइन, कहिलेकाहीं त यौन चरमसुखसमेत प्राप्त गर्न सकिन्छ। यौन परिकल्पना पनि निकै विकसित हुनसक्छ, जसले यौनइच्छा परिपूर्तिमा सहयोग गर्छ। यो कुराचाहिँ पक्कै हो कि हात वा खुट्टा नचल्दा चाहेअनुरूप विभिन्न यौन आसन प्रयोग गर्न भने निकै गाह्रो हुनसक्छ। तपाईं अनि तपाईंको यौनसाथीले त्यसैअनुरूप यौन आसन प्रयोग गर्नुपर्ने हुन्छ।

अन्तमा एउटा महत्वपूर्ण कुरा के भनौं भने सकारात्मक सोच राख्नु तथा त्यसमा पहल र प्रयास गर्नु महत्वपूर्ण कुरा हो।

साभार : साप्ताहिक
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis