CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » फापिनन् निशा

फापिनन् निशा

अभिनेत्री निशा अधिकारी र निर्माता सुनील मानन्धरबीचको सम्बन्धलाई लिएर गाइँगुइँ सुरु भएको दुई वर्ष बित्न लागिसक्यो। सुनीलको फिल्म मायाज बारमा निशा अनुबन्ध भएदेखि उनीहरू निकै नजिक छन्। त्यतिबेला निशा निरक पौडेलसँगको ट्रयाजिडीको पीडामा थिइन्। फिल्मसँगै न्यायोपनको आभास दिएर सुनीलले
निशाको घाउमा मलमपट्टी त लगाए तर यो सम्बन्ध सुनीलका लागि फाइदाजनक देखिएको छैन।

पहिलो कुरा त मायाज बार नै डुब्यो, दोस्रो निशाकै उक्साहटमा सुनीलले लगानी गरेको फिल्म मोक्षको व्यापार पनि कमजोर साबित भएको छ। सुरुमा उनले यो फिल्ममा लगानी गर्न आनाकानी गरेका थिए तर निशाले 'आँखा चिम्लिएर पैसा हाल्न' उपाय दिएपछि सुनील भावनामा बगे। फिल्म वितरण गरेर कमाएको पैसा मोक्षमा लगानी गरे। निशालाई पब्लिसिटीको जिम्मा दिए। तर, सकारात्मक प्रतिक्रिया पाए पनि व्यावसायिक रूपमा भने फिल्म असफल भयो। यसरी पाइलैपिच्छे घाटा हुन थालेपछि निशासँगको सुनीलको सम्बन्ध कसरी अगाडि बढ्ला ?
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis