CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » बेलायती सरकार हल्लाइदिने नेपाली

बेलायती सरकार हल्लाइदिने नेपाली

davidबेलायती प्रधानमन्त्री डेविड क्यामरून अहिले एउटा ठूलो स्क्यान्डलमा फँसेका छन्। संयोगले त्यो स्क्यान्डल नेपालीसँग जोडिन पुगेको छ। प्रधानमन्त्री क्यामरुनले स्वदेशी कामदारलाई बेवास्ता गरेर नेपाली कामदार राखेकोमा तीब्र आलोचना भएको छ। जनतालाई चाहीँ स्वदेशी कामदार राख्नमा जोड दिने, आफै भने विदेशी कामदार राख्ने भन्दै उनको चर्को आलोचना भइरहेको हो।
बेलायती पत्रीका डेली मेलका अनुसार ती नेपालीको नाम गीता लिमा हो। लिमा भन्ने थर त नेपालमा के होला र, लामा पो हो कि। उनी क्यामरूनका बच्चाहरुको हेरविचार गर्ने अर्थात् न्यानीको काम गर्छिन्। उनलाई बेलायती नागरिकता दिलाउन स्वयम्
क्यामरूनले सिफारिश पत्र लेखेको गम्भीर आरोप लागेको छ।
विदेशी कामदारले स्वदेशी भन्दा सस्तोमा काम गर्ने र मालिकले त्यसको भरपूर फाइदा लिने अनि त्यही कारण स्वदेशी कामदार बेरोजगार हुने गरेको यहाँका जनताको आरोप छ।
यो विषयमा अहिलेसम्मको सबभन्दा ठूलो स्क्यान्डल यही नै हुनु पर्छ। विगतमा पनि स्वयम् इमिग्रेसन मन्त्रीले नै अवैधानिक कामदार राखेकोमा पदबाट राजीनामा दिनु परेको थियो। इमिग्रेसन अहिले यहाँको सबभन्दा ठूलो मुद्दा हो र यहाँका बासिन्दा यसलाई धेरै हदसम्म कटौति चाहन्छन्। अहिलेको परिस्थितिलाई यहाँका जनताले सरकारले विश्वासघात गरेको रूपमा लिएको छ।
हुन त क्यामरूनले आफ्नो कामदारको बचाउमा त्यो दिदी एकदम मेहनती हुनुहुन्छ र ब्रिटिश नागरिकताको सही हकदार छन् भनेका छन्। तर यो बारेमा प्रधानमन्त्रीको कार्यालयले अरु बोल्न चाहेको छैन।
अर्का उपप्रधानमन्त्री निक क्लेगले पनि बेल्जियन कामदार राखेकोमा तिब्र आलोचना भएको छ।
साभार : माई संसार
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis