CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » सोनीले जारी गर्‍यो चेतावनी: भायो ल्यापटपको प्रयोग बन्द गर, पड्किन सक्छ ब्याट्री

सोनीले जारी गर्‍यो चेतावनी: भायो ल्यापटपको प्रयोग बन्द गर, पड्किन सक्छ ब्याट्री

sony vio(एजेन्सी) सोनीले आफ्नो प्रयोगकर्ताहरुका लागि एक चेतावनी जारी गरेको छ । कम्पनीको अनुसार सोनी भायो  फिट 11A/Flip ल्यापटपका प्रयोगकर्ताहरुलाई उक्त ल्यापटप प्रयोग नगर्न चेतावनी दिएको हो । कम्पनीका अनुसार उक्त ल्यापटपको ब्याट्रीमा बढी तातिने समस्या देखिएकोले जोसँग उक्त ल्यापटप छ उनीहरुले तुरुन्त त्यसलाई प्रयोग गर्न बन्द गर्नु भनिएको छ ।

उक्त ल्यापटपमा हटाउन नमिल्ने ब्याट्री प्रयोग भएको छ । जसलाई सोनी कम्पनीका लागि अर्को कम्पनीले निर्माण गर्दछ । कम्पनीका अनुसार उक्त ब्याट्री तातेर पड्किने पनि खतरा रहेको छ । मोडल नम्बर SVF11N13CXS भएका कुनै पनि ल्यापटपमा काम नगर्न कम्पनीले आफ्नो चेतावनीमा लेखेको छ । सोनीले अहिले ती ल्यापटपहरु प्रयोगकर्ताहरुबाट फिर्ता लिने र त्यसलाई सुधार्ने वा परिवर्तन गर्ने बताएको छ ।
करिब ११ इन्च अकार भएको ल्यापटप विशेष प्रकारको स्क्रिनसहित आउाछ जसले गर्दा प्रयोगकर्ताहरु आफ्नो ल्यापटपको स्क्रिन उल्टो पनि फर्काउन सक्छन् । यसलाई सन् २०१४ मा अमेरिकाको लास भेगासमा लञ्च गरिएको थियो ।
साभार :
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis