• द्वन्द्व, शान्ति, महिला, एड्स, वातावरणजस्ता विषयको कुनै एउटा नाफारहित गैर सरकारी संस्थाको प्रमुख वा एक दुई जना हर्ताकर्ताको फेरिएको जीवन शैली पछाडिको रहस्य के हो? के ती भित्री–बाहिरी शर्त र स्वार्थहरुबाट घेरिएका छैनन्?
• संसारमा नेपाल मात्रै यस्तो देश होला जहाँ भाषा कुलीनताको मापदण्ड बन्छ। अंग्रेजीमा प्रस्तावहरु तयार हुन्छन्। र, अंग्रेजीमै काम र प्रतिवेदन पूरा हुन्छ। जसका नाममा यो सबै हुन्छ, उसले पाउने भनेको त जनचेतना र सशक्तिकरणको ‘गफ’ मात्रै हो। एकथरी ‘गफ’ दिन पैसा लिएर निस्कन्छन् र
पैसै लिएर फर्कन्छन्। अर्काथरी (सामान्य जनता) गफ मात्रै सुनेर रित्तो हात घर फर्कन्छन्। नेपालमा अहिलेसम्म चलिरहेको जनचेतना र सशक्तिकरणको ‘मोडल’ यही हो।• संसारमा नेपाल मात्रै यस्तो देश होला जहाँ भाषा कुलीनताको मापदण्ड बन्छ। अंग्रेजीमा प्रस्तावहरु तयार हुन्छन्। र, अंग्रेजीमै काम र प्रतिवेदन पूरा हुन्छ। जसका नाममा यो सबै हुन्छ, उसले पाउने भनेको त जनचेतना र सशक्तिकरणको ‘गफ’ मात्रै हो। एकथरी ‘गफ’ दिन पैसा लिएर निस्कन्छन् र
• कुनै प्रतिस्पर्धाबिना खुसुक्क दूतावासमा बोलाएर दिल्ली, बेइजिङ, लण्डन वा वासिङटनको भ्रमण गराउने चलन हिजो पनि थियो, आज पनि छ। यो सेवा–सहुलियतको ‘मज्जा काठमाडौँका केही खास मिडियाकर्मीहरुले लिइरहेकै छन्। के उनीहरुले लिएको ‘सित्तैको विदेश भ्रमणको’ मज्जाको प्रभाव समाचारहरुमा परेको छैन?
• एउटा सम्पादक वा पत्रकार कुनै खास समाचार बिनाको भ्रमणमा अर्काको देशको ‘फ्रि’ आतिथ्यमा जान हुन्छ कि हुन्न?
• मिडिया सञ्चालनका लागि विदेशी आर्थिक सहायता लिने कुरा। यो गम्भीर बहसको विषय हो। यो विषय बहसमा आउनु जरुरी पनि छ। तर यो मामिलामा कनकमणि मात्रै ‘बिटुलो’ र अरु ‘चोखो’ भनियो भने बहसको विषयको मूल मर्म त्यसै हराएर जान्छ। बहसै चलिसकेपछि यस विषयलाई ‘हिमाल’ र कनकमणि दीक्षितको हकमा मात्र हेरिनुहुँदैन।
विदेशी ‘लगानी’ : मिडिया वा मिडियाकर्मीमाथि?
-सन्जय घिमिरे-
कुनै देश वा दूतावासको पैसा लिएर मिडिया चलाउनुहुन्छ कि हुन्न अहिले नेपालमा यो एउटा बहसको विषय भएको छ। बहसै चलिसकेपछि यस विषयलाई हिमाल साउथ एसियन ट्रष्ट र कनकमणि दीक्षितको हकमा मात्र हेरिनुहुँदैन। यसलाई नेपालमा समग्र विदेशी लगानी, पैसा दिने विदेशीको सोच, उसको स्वार्थ, विदेशीसम्मको पहुँच, विदेशीबाट पैसा प्राप्त गर्ने तरिका र प्रभावका दृष्टिले पनि हेरिनुपर्छ। जलविद्युत वा सडकजस्ता केही ठोस भौतिक विकास निर्माणका क्षेत्रबाहेक जनचेतना र सशक्तिकरणका नाममा नेपालमा जति पनि विदेशी लगानी भित्रीएको छ, के त्यसको सही उपयोग भएको छ? के कुनै अमूर्त स्रोत–शक्तिरुपी ‘भगवानले’ कुनै ‘भगवानका लागि’ पठाएका हुन् त्यो सहयोग जसको संचालन पनि ‘भगवानहरुले’ नै गरिरहेका छन्?
कुनै देश वा दूतावासको पैसा लिएर मिडिया चलाउनुहुन्छ कि हुन्न अहिले नेपालमा यो एउटा बहसको विषय भएको छ। बहसै चलिसकेपछि यस विषयलाई हिमाल साउथ एसियन ट्रष्ट र कनकमणि दीक्षितको हकमा मात्र हेरिनुहुँदैन। यसलाई नेपालमा समग्र विदेशी लगानी, पैसा दिने विदेशीको सोच, उसको स्वार्थ, विदेशीसम्मको पहुँच, विदेशीबाट पैसा प्राप्त गर्ने तरिका र प्रभावका दृष्टिले पनि हेरिनुपर्छ। जलविद्युत वा सडकजस्ता केही ठोस भौतिक विकास निर्माणका क्षेत्रबाहेक जनचेतना र सशक्तिकरणका नाममा नेपालमा जति पनि विदेशी लगानी भित्रीएको छ, के त्यसको सही उपयोग भएको छ? के कुनै अमूर्त स्रोत–शक्तिरुपी ‘भगवानले’ कुनै ‘भगवानका लागि’ पठाएका हुन् त्यो सहयोग जसको संचालन पनि ‘भगवानहरुले’ नै गरिरहेका छन्?
द्वन्द्व, शान्ति, महिला, एड्स, वातावरणजस्ता विषयको कुनै एउटा नाफारहित गैर सरकारी संस्थाको प्रमुख वा एक दुई जना हर्ताकर्ताको फेरिएको जीवन शैली पछाडिको रहस्य के हो? के ती भित्री–बाहिरी शर्त र स्वार्थहरुबाट घेरिएका छैनन्? अंग्रेजी जानेका अलिक टाठाबाठाहरुको जुन तहको जिन्दगी काठमाडौंमा चलिरहेको छ, त्यो कुनै न कुनै दुतावास, देश वा अन्तर्राष्ट्रिय भनिने गैर सरकारी संस्थाकै देन हो। नत्र कसरी यो सम्भव छ?
नेपालमा त गरीबहरुमाथि दलहरुबाहेक अंग्रेजीको राज चलेको छ। संसारमा नेपाल मात्रै यस्तो देश होला जहाँ भाषा कुलीनताको मापदण्ड बन्छ। अंग्रेजीमा प्रस्तावहरु तयार हुन्छन्। र, अंग्रेजीमै काम र प्रतिवेदन पूरा हुन्छ। जसका नाममा यो सबै हुन्छ, उसले पाउने भनेको त जनचेतना र सशक्तिकरणको ‘गफ’ मात्रै हो।
एकथरी ‘गफ’ दिन पैसा लिएर निस्कन्छन् र पैसै लिएर फर्कन्छन्। अर्काथरी (सामान्य जनता) गफ मात्रै सुनेर रित्तो हात घर फर्कन्छन्। नेपालमा अहिलेसम्म चलिरहेको जनचेतना र सशक्तिकरणको ‘मोडल’ यही हो। दुरुपयोगलाई असाध्यै प्रोत्साहन गर्ने यो ‘मोडल’ नै नेपालजस्ता देशका लागि ठीक होइन।
अब कुरा मिडियामा विदेशी ‘लगानी’को। नेपालमा मिडियामा विदेशी ‘लगानी’को चर्चा गर्दा पहिले एउटा महत्वपूर्ण प्रश्नको जवाफ खोज्न जरुरी छ। के ‘मिडियामा विदेशी ‘लगानी’ र ‘मिडियाकर्मीहरुमाथि विदेशी ‘लगानी’ एउटै विषय हो?
यो यदि एउटै विषय हो भने अहिले कनकमणि दीक्षित र हिमाललाई मात्र बनाइएको तारोको कुनै अर्थ छैन। किनकि यसअघि पनि र अहिले पनि बरु मिडियामाथि कम तर काठमाडौँका केही चल्तापूर्जा मिडियाकर्मीहरुमाथि बढी अप्रत्यक्ष रुपमा विदेशी ‘लगानी’ भइरहेको छ। प्रमाणका रुपमा कसैको नाम वा प्रसंग उल्लेख गर्नु त्यति उचित होइन।
यत्तिमात्रै भनौँ— कुनै प्रतिस्पर्धाबिना खुसुक्क दूतावासमा बोलाएर दिल्ली, बेइजिङ, लण्डन वा वासिङटनको भ्रमण गराउने चलन हिजो पनि थियो, आज पनि छ। यो सेवा–सहुलियतको ‘मज्जा काठमाडौँका केही खास मिडियाकर्मीहरुले लिइरहेकै छन्। के उनीहरुले लिएको ‘सित्तैको विदेश भ्रमणको’ मज्जाको प्रभाव समाचारहरुमा परेको छैन? (माइसंसारमा हालै प्रकाशित अमेरिकी दूतावासले नेपाली पत्रकार, मिडिया हाउस, पत्रकार सञ्जाल र कथित ‘फिक्सर’ माथि गरेको विशेष लगानीको दृष्टान्त पनि पढ्न र बुझ्न कम्ति रमाइलो छैन)
एउटा सम्पादक वा पत्रकार कुनै खास समाचार बिनाको भ्रमणमा अर्काको देशको ‘फ्रि’ आतिथ्यमा जान हुन्छ कि हुन्न? नाम नलिउँ— काठमाडौँस्थित एक प्रभावशाली विदेशी दूतावासका प्रथम सचिव त एउटा सानो ‘फेभर’का लागि आफनो सम्पर्कको पत्रकारलाई आफनो देशको चार/पाँच महिनाको ‘कोर्स’कै ‘अफर’ गरिरहेका हुन्छन्, गरिरहेका छन्।
बाहिर नदेखिने तर भैरहेका यस्ता गतिविधिहरुमाथि पनि प्रश्न उठाइएन भने नियम–कानुन पुर्याएर कनकमणि दीक्षितले लिएको पैसाको मात्र कुरा उठाउनुको कुनै अर्थ छैन।
नेपालमा साहित्य बाहेकका अन्य प्रायजसो किताबहरु पनि विदेशीकै पैसामा निस्किएका प्रशस्त उदाहरणहरु छन्। नेपालमा ‘जर्नल’ निकाल्न त प्रस्ताव नै अंग्रेजीमा तयार पारिन्छन्। कुनै चौतारी भन्नुस् वा कुनै फोरम वा बहाः— सबै अंग्रेजी रिपोर्ट र अंग्रेजी ‘लोयल’ भाषाको बिन्तीभाउमा चलिरहेका छन्। बेला–बेलामा दूतावासहरुले गर्ने ‘ककटेल पार्टी’ र तिनको प्रभावको त झन् के चर्चा गर्नु?
पृष्ठभूमिमा अर्कै कुरा राखेर भए पनि माओवादीले कनकमणिमाथि उठाएको विषयले दुई बेग्लै सवालहरु खडा गरेको छ। एउटा— विदेशीको पैसा लिएर शान्ति प्रक्रिया भाँड्ने प्रयास गरेको र अर्को, मिडिया चलाउन विदेशीको आर्थिक सहयोग लिन हुने वा नहुने?
शान्ति प्रयास भाँड्ने प्रयास गरेको भन्ने पहिलो सवालमा त्यति प्रामाणिक आधार देखिँदैन। यो आरोप बढी र प्रामाणिक कम देखिन्छ। यो थप अध्ययन अनुसन्धानको विषय हो।
दोस्रो— मिडिया सञ्चालनका लागि विदेशी आर्थिक सहायता लिने कुरा। यो गम्भीर बहसको विषय हो। यो विषय बहसमा आउनु जरुरी पनि छ। तर यो मामिलामा कनकमणि मात्रै ‘बिटुलो’ र अरु ‘चोखो’ भनियो भने बहसको विषयको मूल मर्म त्यसै हराएर जान्छ।
माओवादीले सदनमा उठाएको र शान्तिसँग जोडिएकोले मात्रै यो विषयलाई ठूलो बनाउने र अरु यस्तै प्रवृत्तिलाइ बिर्सने हो भने यो विषय एउटा खास व्यक्तिप्रति नियतवश लक्षित मात्रै बन्न जान्छ।
यो विषयलाई मूलतः दुई कोणबाट विश्लेषण र बहस गर्नु आवश्यक छ। पहिलो— शुरुमा भनेजस्तै नेपालमा समग्र विदेशी सहयोग, पैसा दिने विदेशीको सोच, उसको स्वार्थ, विदेशीसम्मको पहुँच, विदेशीबाट पैसा प्राप्त गर्ने तरिका र प्रभाव।
दोस्रो— मिडिया र मिडियाकर्मीको आचारसंहिता र दायित्व। नर्वेजियन राजदूतावासले हिमाललाई गरेको पारदर्शी आर्थिक सहायता र अन्य मिडियाकर्मीमाथि भइरहेका अपारदर्शी ‘लगानी’ दुवै उस्तै हुन्। उस्तै कोटीमा राखेर बहस हुनु जरुरी छ। यो व्यक्ति विशेषभन्दा पनि मिडिया वा मिडियाकर्मीको आचार संहिता र नैतिक दायित्वको प्रश्न हो जसमा कमै मात्र चोखा छन्।
साभार : माई संसार
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !