CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » हास्य सम्राट होइन, मह जोडी!

हास्य सम्राट होइन, मह जोडी!

हास्य सम्राट होइन, मह जोडी!ललितपुरहास्य कलाकार राजाराम पौडेलले कलाकार जोडी मह'लाई हास्य सम्राटको पदवी दिनु पर्ने प्रस्ताव राख्दा उपस्थित सबैले समर्थनमा ताली बजाए। ललितपुर कुपन्डोलको ब्रिक्स क्याफेमा बुधबार कार्यक्रम महजात्रा'बारे अवगत गराउन आयोजित पत्रकार सम्मेलनमा राजारामको प्रस्तावमा अर्का कलाकार किरण
केसीले पनि सही थपिदिए।

तर, ‘मह'का हरिवंश आचार्यले उक्त पदवीलाई अस्वीकार गरे। राजाराम र किरणले जे भने पनि तपाईंहरु हामीलाई हास्य सम्राट नभनिदिनुहोला, हामी मह' जोडीकै नामले चिनिन चाहन्छु,' हरिवंशले अनुरोध गरे।
बरु उनले राजारामसँग सम्बन्धित पुरानो प्रसंग खुलासा गरिदिए।जमानामा विज्ञापन' भन्ने नाटक गर्दा राजारामले कार्यक्रमको उद्घोषण गर्दैथिए, हामीलाई उनले त्यही बेला पहिलोपटक मह जोडी भनेर नामाकरण गरिदिएका हुन्, हामी मह' जोडीमै ठिक छौं,' उनले सुनाए।
टेलिसिरियलहरुमा व्यस्त भए पनि रंगमञ्चबाट आफूहरुले धेरै कुरा सिकेको उनको कथन छ। रंगमञ्च भनेको हामीलाई आमाको काखजस्तो लाग्छ,' उनले थपे, ‘त्यसैले रंगमञ्चलाई हामी बिर्सन सक्दैनौं।'
गोर्खा ब्रुअरीको उत्पादन टुबोर्ग बियरको प्रायोजनमामहजात्रा' आगामी वैशाख २६ देखि जेठ ८ सम्म प्रज्ञाभवनमा हुँदैछ। करिब ६ वर्षपछि नेपालको स्टेजमा मह जोडी प्रस्तुत हुन लागेका हुन्। यसपालिकोमहजात्रा'मा महको दुई घन्टा र अरु कलाकार एक घन्टा प्रस्तुति समेटिने हरिवंशले अवगत गराए।
महलाई सघाउने कलाकारमा दिलिप रायमाझी, वसुन्धरा भुसाल, किरण केसी, शिवहरि पौडेल, राजाराम पौडेल, नरेन्द्र कंसाकार, मोहितवंश आचार्य, भुवन श्रेष्ठ, मल्लिका कार्की छन्। कार्यक्रमको उद्घोषण रुपा खड्काले गर्नेछिन्।
साभार : नागरिक न्युज 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis