पुष्प दुलाल
"सुधीर बस्नेतलगायतसँग अनुचित कारोबार गरी वित्तीय लाभ लिएको प्रमाणित"
२८ वैशाख काठमाडौं । ग्राहकसँग अनुचित कारोबार गरी ‘वित्तिय लाभ’ लिएको प्रमाण फेला परेपछि राष्ट्र बैंकले ग्राण्ड बैंक नेपालका पूर्व प्रमुख कार्यकारी अधिकृत सुधिर खत्रीलाई कारवाही गर्ने भएको छ ।
राष्ट्र बैंक सुपरिवेक्षण विभागले खत्रीलाई ५ लाख जरिवानासहित कारवाही गर्न सञ्चालक समितिसमक्ष सिफारिस गरेको छ ।
सञ्चालक समितिको आगामी बैठकले खत्रीलाई कारवाही गर्ने राष्ट्र बैंक स्रोतले अनलाइनखबरलाई जानकारी दियो । कारवाहीको सुइको पाउनेवित्तिकै पदबाट राजीनामा दिएका खत्री केही हप्तायता अमेरिकामा छन् ।
सञ्चालक समितिको आगामी बैठकले खत्रीलाई कारवाही गर्ने राष्ट्र बैंक स्रोतले अनलाइनखबरलाई जानकारी दियो । कारवाहीको सुइको पाउनेवित्तिकै पदबाट राजीनामा दिएका खत्री केही हप्तायता अमेरिकामा छन् ।
२०६९ पुस मसान्तको बैंकको अपरिस्कृत वित्तीय विवरणका आधारमा राष्ट्र बैंकले गरेको स्थलगत निरिक्षणमा खत्रीले नियमविपरित ऋणीलाई व्यक्तिगत खाताबाट १ करोड ३० लाख २५ हजार रुपैयाँ भुक्तानी गरेको र ऋणीले खत्रीको खातामा ८९ लाख ३० हजार रुपैयाँ जम्मा गरेको तथ्य फेला पारेको थियो ।
राष्ट्र बैंकको एकीकृत निर्देशन २०६८/०६९को दफा ४ को उपदफा २ को खण्ड ‘ख’मा बैंक तथा वित्तीय संस्थाका कर्मचारी आफ्नो वित्तीय स्वाथ्र्य रहेको ग्राहकसँगको कारोबारमा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा संलग्न हुनु नपाइने व्यवस्था छ ।
सन् २००८ देखि सन् २०१३ सम्ममा खत्रीले आफ्नो निजी खाताबाट भिन्नाभिन्नै ऋणीलाई आठ पटक भुक्तानी दिएका थिए भने भिन्नाभिन्नै ऋणीले खत्रीको निजी खातामा पाँच पटक रकम जम्मा गरेका थिए ।
कसकसलाई दिए भुक्तानी ?
विभागले खत्रीलाई कारवाही गर्न सिफारिस गर्दै राष्ट्र बैंक सञ्चालक समितिलाई सिफारिस गरेको टिप्पणी आदेशअनुसार खत्रीले सन् २००८/०३/०६ गते आफ्नो व्यक्तिगत खाताबाट घरजग्गा व्यवसायी सुधीर बस्नेतलाई ३० लाख रुपैयाँ भुक्तानी गरेका थिए । त्यसैगरी २००८/१३/८ मा गुणकाजी मानन्धरलाई २५ लाख, २००८/१२/१६ पवित्रा डेभलपर्सलाई २५ लाख, १८ गते कोहिनूर हाउजिङलाई ५ लाख, २२ गते ओरेन्टियल विल्डर्सलाई ५ लाख र २६ गते मिनमान श्रेष्ठलाई ५ लाख रुपैयाँ भुक्तानी गरेका थिए । त्यसैगरी सन् २००९/०१/०७ मा अनंक कन्स्ट्रक्सन्सलाई २० लाख ५० हजार र २००९/१०/२८ गते लर्ड बुद्ध स्टाइल प्रा.लि.लाई ५ लाख रुपैयाँ भुक्तानी दिएका थिए ।
कोकाे सँग लिए ?
त्यस्तै सन् २००८/०६/२५ गते फूर्वा छिरिङ शेर्पाले सुधिरबाबु खत्रीको व्यक्तिगत खातामा १९ लाख ८० हजार रुपैयाँ जम्मा गरेका थिए । त्यसैगरी २००९/०२/११ मा ४ लाख, ८ महिना २४ गते २४ लाख र १० महिना २८ गते २० लाख रुपैयाँ गुणीकाजी मानन्धरले जम्मा गरेका थिए । त्यसैगरी २०१३/०९/०६ मा विजयकुमार राईले खत्रीको खातामा २२ लाख ५० हजार रुपैयाँ जम्मा गरेका थिए ।
उक्त तथ्य फेला परेपछि राष्ट्र बैंकले खत्रीलाई ‘५ लाख जरिवानासहित कारवाही किन नगर्ने ?’ भन्दै १५ दिनभित्र प्रष्टिकरण दिन पत्राचार गरेको थियो । खत्रीले दिएको जवाफ राष्ट्र बैंकको २०७० माघ १० गते बसेको १३७ औं बोर्ड बैठकमा गभर्नरसमक्ष पेस गरिएको थियो ।
‘खत्रीले घर तथा अपार्टमेन्ट हस्तान्तरण प्रमाणपत्र पेस नगरेको तथा कतिपय कारोबारको प्रमाण पेस नगरेको’ टिप्पणी आदेशमा उल्लेख छ । राष्ट्र बैंक सञ्चालक समितिको बैठकले खत्रीको जवाफ चित्तबुझ्दो नभएको निष्कर्ष निकाल्दै राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को उपदफा २ बमोजिम कारवाही प्रक्रिया अघि बढाएको छ । उक्त कुराको सुइँको पाउनेवित्तिकै खत्रीले पदबाट राजीनामा दिएका थिए ।
२०७० फागुन १४ गते ग्रान्ड बैंकले राष्ट्र बैंकलाई पत्राचार गरी चैत ९ गतेदेखि लागू हुनेगरी खत्रीले राजीनामा दिएको जानकारी गराएको थियो । तर, पदमा रहँदा गरेको गल्तीको सजाय पदबाट राजीनामा दिदैमा छुट नहुने भन्दै कारवाहीका लागि सिफारिस गरिएको हो । ‘कुनैपनि व्यक्तिले पद रहँदा गरेको गल्ती र निज पद बहाल नरहेको अवस्थामासमेत बहन गर्नुपर्ने नेपालको कानून अनुसार खत्रीले राजीनामा गर्दैमा उन्मुक्ति पाउँदैनन्’ टिप्पणी आदेशमा भनिएको छ ।
सुपरिवेक्षण विभागले सञ्चालक समितिलाई खत्रीको कारोबार शंकास्पद भएको प्रतिवेदन बुझाएको छ । ‘निजको विगत ५ वर्षको खाता हेर्दा तलव/भत्ता बाहेक अस्वभाविक रकम राख्ने/झिक्ने गरेको पाईयो’ टिप्पणी आदेशमा भनिएको छ ।
साभार : माई संसार
साभार : माई संसार
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !