कम्प्युटरमा लाग्ने भाइरस निवारण गर्न प्रयोग हुने एन्टीभाइरस सफ्टवेयर निकै लोकप्रिय छन् । नेपालमा पनि बिभिन्न एन्टीभाइरस सफ्टवेयरको बिक्रि (महँगोमा) भइरहेको छ र हरेकजसो कम्प्युटर प्रयोगकर्ताले निःशुल्क पाइने वा किन्नुपर्ने एन्टीभाइरस प्रयोग गरिरहेकै हुन्छन् ।
तर, एन्टीभाइरस प्रबिधि बिक्रि गरिरहेका निर्माताहरुले यो प्रबिधिको मृत्यु भइसकेको र अब नयाँ चुनौती सामना गर्न नसक्ने घोषणा गरेका छन् ।
लोकप्रिय ‘नोर्टन एन्टीभाइरस’ निर्माता साइमनटेक कम्पनीका बरिष्ठ उपाध्यक्ष ब्रायन डाईले वाल स्ट्रिट जर्नलसँग कुरा गर्दै भने– ह्याकरहरुले कम्प्युटरको सुरक्षा प्रणाली ध्वस्त पार्ने नयाँ–नयाँ तरिकाहरु अपनाइरहेका छन जसलाई रोक्न एन्टीभाइरस असक्षम छन् ।’
उनले भने– हाम्रा उत्पादनले पनि साइवर हमलाको ४५ प्रतिशतलाई मात्र रोक्न सक्छन, त्यसैले एन्टीभाइरस हाम्रा लागि पनि अब नाफाको ब्यापार रहेन् ।’
नयाँ–नयाँ शैलीका साइवर हमला रोक्न एन्टीभाइरसहरु असक्षम सावित हुँदै गएको भएपनि स्पार्म रोक्ने, पासवर्ड ब्यबस्थापन गर्ने लगायतका सामान्य काममा भने उपयोगी नै छन् ।
बिश्वब्यापी एन्टीभाइरस बजारमा ८ प्रतिशत हिस्सा ओगटने साइमनटेकले नविन सोंचका साथ आएका साना कम्पनीलाई साथमा लिएर आफ्नो बजार विस्तार गर्ने र एन्टीभाइरसलाई सकेसम्म बढि क्षमतावान बनाउने कोसिसमा छ ।
अझ पनि तपाई २५ रुपैंया पनि नपर्ने एन्टीभाइरसलाई हजारौँ रुपैंया तिरेर आफ्नो कम्प्युटरमा राख्नु हुन्छ र सुरक्षित छुं भन्ने ठान्नु हुन्छ भने एक पल्ट आफ्नो अनुहार ऐनामा हेर्नु होला गामाचाले तपाईलाई पनि भ्याई सकेछ !
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !