CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , , » अमेरिकाले बारम्बार डलर दिएर माया गरेकाहरुको सूचि : गोप्य कागजातबाट भएको खुलासा-२

अमेरिकाले बारम्बार डलर दिएर माया गरेकाहरुको सूचि : गोप्य कागजातबाट भएको खुलासा-२

confidential
गोप्य कागजातबाट भएको खुलासा-२
अमेरिकी सरकारले आफ्नो स्वार्थका लागि नेपालमा बाँडेको डलरबारे एउटा गोप्य प्रतिवेदनका आधारमा हिजो लेखिएको ब्लग कै निरन्तरता हो यो। प्रतिवेदनमा गोप्य लेखिए पनि त्यहाँको सरकारको पारदर्शिताको नीति अनुसार त्यहाँका जनतालाई खर्चको
हिसाब देखाउन सार्वजनिक गर्नुपर्छ। त्यसैले यस्ता गोप्य प्रतिवेदन सुटुक्क इन्टरनेटमा राखिन्छन्, लुकाएर। भन्नलाई इन्टरनेटमा राखेको त हो नि भन्न नि पाइयो। लुकाउनु पर्ने कुरा लुकाउन नि पाइयो (प्रतिवेदनमा धेरै कुरा लुकाइएका पनि छन्। लुकाउनु पर्ने कुरा लुकाएर कानुनी प्रक्रिया पूरा गर्न इन्टरनेटमा राखिएको डकुमेन्ट हो यो)। सर्वसाधारणलाई पत्तै हुन्न यस्ता कुरा। खोज्न सकियो भने इन्टरनेटमा यस्ता धेरै सर्वसाधारणलाई थाहा नभएका कुरा हुन्छन्।
खुलासा शृङ्खला अन्तर्गत आज तीन वर्षको अवधिमा पटक पटक गरी सबैभन्दा धेरै डलर कुम्ल्याउने टप टेनको सूचि पढ्न भित्र आउनुस्।
सबैभन्दा पहिला हिजोकै ब्लगको केही पृष्ठभूमि जानकारी-
अमेरिकाले विदेशी मुलुकलाई सहयोग USAID मार्फत् गर्छ। यही USAID भित्र OTI भनेर एउटा छुट्टै विभाग खोलिएको छ। OTI को पूर्ण रुप Office of Transition Initiatives हो। भन्नलाई अनेक थरिका चिप्ला, राम्रा कुरा भने पनि यसको वास्तविक उद्देश्य अमेरिकाको राष्ट्रिय चासो रहेको देशमा आफ्नो स्वार्थ अनुरुपको ‘हस्तक्षेप’ गर्न ‘वातावरण मिलाउन’ सहयोग गर्ने हो।
यसलाई प्रतिवेदनमै रहेको यो अंशले पनि स्पष्ट पार्छ-
oti_mission
यो सन् २००६ देखि सन् २००९ सम्म OTI को मिसनबारे गरिएको मूल्याङ्कन प्रतिवेदन हो। यति अवधिमा यसले २ करोड अमेरिकी डलर झण्डै ३ सय व्यक्ति/संस्थालाई बाँडेको थियो। यो दुई करोड डलर मिडिया सपोर्ट र नागरिक समाज केन्द्रित कार्यक्रमका लागि छुट्याइएको प्रतिवेदनमा उल्लेख छ।
३ सय व्यक्ति र संस्थामध्ये पनि सबैभन्दा धेरै पटक र धेरै डलर सहयोग पाउने टप टेन सूचि यस्तो छ-
top10
‘भाग्यमानीको भूतै कमारो’
अमेरिका सरकारले आफ्नो स्वार्थ पूरा गराउन गरेको सहयोग कसैले एक पटक मात्र पायो होला, कसैले पटक्कै पाएन होला। तर भाग्यमानीको भूतै कमारो भने झैँ कसैले भने पटक-पटक पाएको माथिको सूचिले देखाउँछ। कसैले १०, कसैले ७, कसैले ६ र कसैले ४ पटकसम्म पाएको देखिन्छ टप टेनको सूचिमा। कूल बाँडिएका डलरमध्ये ३० संस्थाले एक तिहाइ रकम कुम्ल्याएका थिए।
यिनीहरु किन पनि भाग्यमानी हुन् भने यी संस्थाहरुले अरु स्रोतहरुबाट पनि डलर पाउँछन्। तर डलर थाप्नेहरुले लुकाउँदा रहेछन्। लुकाउँदैमा अमेरिकालाई थाहा हुन्न भन्ठान्या होला। प्रतिवेदनमा प्रष्टै लेखिएको छ-
Most of these also receive funds from other sources, which are a point of interface with other donor programs. This is rarely acknowledged by OTI reporting or by the grantees themselves who tend to project a dedication to a single donor and project.
एक एक हिसाब राख्या हुन्छन् नि उनीहरुले पनि। डलर थाप्नेहरुले एक्लो डोनर र एउटै प्रोजेक्टमा दत्तचित्त भएको जस्तो देखाएर अभिनय गरे पनि खासमा उनीहरुको अभिनयलाई राम्रैसँग ‘वाच’ गरिएको रहेछ।
आउनुस् अब यी संस्थाबारे पनि केही जानौँ।
एन्टिना फाउन्डेसन
सबभन्दा भाग्यमानी रहेको छ एन्टिना फाउन्डेसन। यसले १० पटक गरी ५ लाख ८६ हजार २ सय ८० डलर पाएको थियो, जुन स‍ंवैधानिक निकाय निर्वाचन आयोगले पाएको भन्दा बढी हो।
किन त ? यसको के शक्ति छ र यति विधि सहयोग भएको ? ‘अमेरिकी स्वार्थ’लाई यसले कसरी पूरा गर्छ ?
किन गर्छ भने यसको देशभर ठूलो नेटवर्क छ एफएम रेडियोहरुको। यसको वेबसाइटमा राखिएको विवरणअनुसार यसका पार्टनर रेडियोहरु हुन्-
Region
Zone
District
Radio Station
EasternMechiIllamIllam FM 93Mhz
JhapaKanchanjungha FM 92.6Mhz
KoshiSankhuwasabhaRadio Khadbari 105.8Mhz
DhankuttaRadio Makalu 92.2 Mhz
MorangKoshi FM 94.3Mhz
SunsariSaptakoshi FM 90Mhz
SagarmathaSolukhumbuSolu FM 101.2Mhz
UdaypurRadio Triyuga 104 Mhz
SaptariRadio Chinnamasta FM
SirahaCommunity Radio Samad FM 102.6Mhz
CentralJanakpurDolakhaKalinchok FM 106.4 Mhz
RamechhapHajur Ko Radio
DhanusaRadio Janakpur 97 Mhz
BagmatiDhadingRadio Dhadhing 106Mhz
NuwakotRadio Nuwakot FM 106.8Mhz
KathmanduCapital FM
CT FM 98.8Mhz
LalitpurHeadline and Music
NarayaniMakwanpurHetauda FM 96.6Mhz
Radio Palung 107.2Mhz
RautahatRauthat FM 90.8Mhz
ParsaNarayani 103.8Mhz,
ChitwanSynergy FM 91.6Mhz,
WesternGandakiGorkhaRadio Gorkha 92.2Mhz
LamjungRadio Marsyandi 95Mhz
KaskiMachhapuchhre FM 91Mhz
TanahuMadiseti FM 105.8Mhz
SyanjaRadio Aandhikhola 105.4Mhz
DhaulagiriMyagdiRadio Magdi Kali-88.2Mhz
BaglungRadio Baglung 96.4Mhz
ParwatRadio Parwat 103.6 Mhz
LumbiniNawalparasiVijaya FM 101.6Mhz
PalpaMadanpokhara 106.9Mhz
Shreenagar FM 93.2 Mhz
RupandehiLumbini FM 96.8Mhz
GulmiRadio Resunga 106.2Mhz,
ArghakhachiRadio Deurali 101 Mhz
Mid-WesternKarnaliJumlaRadio Karnali 105.2Mhz
HumlaRadio Kailash 103.4Mhz
RaptiPyuthanRadio Pyuthan 102 Mhz
RolpaRadio Rolpa 93.8Mhz
RukumRadio Sisne 92.8Mhz
DangRadio Swargadwari 102.8Mhz
SalyanRadio Rapti 103.8 Mhz
BheriDailekhaRadio Panchakoshi 104Mhz
SurkhetRadio Bheri 98.6Mhz
BankeRadio Bageshwari 94.6Mhz
Radio Krishnashar
Far-WesternSetiAachamRadio Rama Roshan 92 Mhz
KailaliGhodaGhodi FM 100.4Mhz
MahakaliDarchulaRadio Kalapani 102.2Mhz
KanchanpurShuklaphanta FM 99.4Mhz

अब तपाईँ आफै सोच्नुस्, तपाईँले भनेको जस्तै काम कसैलाई गराउनु परेको छ भने यति धेरै रेडियोको ठेक्का लिएको एउटैसित ‘डिल’ गर्नुहुन्छ कि हरेकसित छुट्टाछुट्टै ? पक्कै पनि एउटैसित गर्नु नै सजिलो हुन्छ।
के गर्छ त यसले ?
एन्टिना फाउन्डेसन खासमा के हो त ? आफ्नो वेबसाइटमा यसले लेखेको छ-
Antenna Foundation offers “one-stop servicing” for print, radio and television solutions. During more than a decade of service, AFN has worked closely with radio, print and television outlets at all levels, from national networks and top rated major market stations, to targeted stations in small towns and rural remote/underserved/hard to reach areas across the country.
यसले उत्पादन गरेको ‘नेपाल चौतारी’ लगायतका कार्यक्रम पार्टनर एफएमहरुमा प्रसारण हुन्छ। सञ्चार विकेन्द्रिकरणको सिद्धान्त विपरीत हो यस्तो काम। स्थानीय एफएमहरुले स्थानीय सरोकारका विषयमा स्थानीय व्यक्ति, पदाधिकारीसितको विषयमा छलफल गर्नु पर्ने हो। तर त्यसको साटो यसले राजधानीमा ‘एजेन्डा सेट’ गरिएका विषयमा चलाइएको छलफल र बहस सुन्न मेचीदेखि महाकालीसम्मका स्थानीय एफएम रेडियोहरु र त्यहाँका स्रोतालाई बाध्य पार्छ। यसले स्थानीय एफएमहरु परनिर्भर हुन पुग्छन्। स्रोताले के सुन्ने/के नसुन्ने, के विषयमा सोच्ने/के नसोच्ने, केमा बहस गर्ने/नगर्ने जस्ता एजेन्डा राजधानीमा सेट गरिन्छ।
maha
मदनकृष्ण र हरिवंशको मह चौतारी कार्यक्रम पनि यसैबाट प्रसारण भएको थियो। साइटमा मदनकृष्ण, हरिवंशले कार्यक्रम रेकर्ड गर्दै गरेको एउटा फोटो पनि राखिएको छ।
को-को छन् यसमा ?
एन्टिना फाउन्डेसन गैर नाफामूलक एनजिओ हो कि नाफामूलक कम्पनी हो, यसको आधिकारिक वेबसाइटमा खुलाइएको मैले देखिनँ।
त्यसैगरी यो संस्थाका पदाधिकारी को हुन् ? अध्यक्ष को हुन् ? सदस्यहरु को-को हुन् ? यसबारे पनि जानकारी आधिकारिक वेबसाइटमा राखिएको छैन। सुशासन र पारदर्शिताको विषयमा कार्यक्रम चलाउने संस्थाले आफ्नै संस्थाबारे यति जानकारी राख्दा के नै बिग्रन्थ्यो र।

नेपालय

माथिको सूचिमा दोस्रो धेरै डलर कुम्ल्याउने संस्था भने नेपालय हो। यसले ७ पटक गरी ५ लाख ७२ हजार ६ सय ३९ डलर पाएको थियो, जुन संवैधानिक निकाय निर्वाचन आयोगभन्दा धेरै हो। पटकको हिसाबमा भने निर्वाचन आयोगले १० पटक पाएको भएर यो दोस्रो स्थानमा छ तर रकमको आधारमा नेपालय तेस्रो हैन दोस्रो स्थानमा छ।
के हो त नेपालय ?
उसको आधिकारिक वेबसाइटमा यस्तो लेखिएको छ-
nepa~laya manages music, publishes books and produces independent non-fiction films. Developing events around these creations have remained our forte. Our musical concert tours, film screening tours, photo exhibition tours, book tours and football tours have travelled the length and breadth of Nepal. Our focus has been to project artists and authors to a broader mainstream audience and readers within the country and beyond.
अर्थात् यसले सांगीतिक कार्यक्रम, पुस्तक प्रकाशन गर्छ, स्वतन्त्र नन फिक्सन फिल्म बनाउँछ। फोटो प्रदर्शनी यात्रा, पुस्तक यात्रा, फुटबल यात्रा गर्छ।
यो संस्था पनि गैरनाफामुखी एनजिओ हो कि नाफा कमाउने उद्देश्य राखेको कम्पनी हो, वेबसाइटमा प्रष्ट खुलाइएको छैन।
मलाई याद छ, ‘नागरिक’मा काम गर्दाताका नेपालयका समाचारहरु JP भनेर आउने गर्थे डेस्कमा। JP को अर्थ ‘जानै पर्ने’ अर्थात् छाप्नै पर्ने हो। [हाल नागरिक र अन्नपूर्ण पोस्ट दुवैमा आवद्ध नभएकोले यति खोल्दा त अप्ठेरो नपर्ला नि!] अरु पत्रिकाहरुमा पनि तपाईँले ‘नेपालय’ ले आयोजना गर्ने कार्यक्रमको धेरै कभरेज देख्नुभएको होला। यो एक किसिमको सिन्डिकेटको प्रभाव हो।
को-को छन् यसमा ?
एन्टिना फाउन्डेसनले जस्तो यसले आफ्नो टिमको नाम लुकाएको छैन। तर यसले पनि आफ्नो साइटमापदाधिकारी भनेर नछुट्याई एकमुष्ट टिमको नाम राखेको छ, जुन यस्तो छ-
nepa~laya team
Kiran Krishna Shrestha
Arpan Sharma
Amrit Gurung
Aavaas
Alka Shrestha
Saijan Maskey
Binay Man Singh Pradhan
Pradip Khanal
Sashi Shyam Sharma
Gyanu Shah
Monika Shah
Padam Bajracharya
Niraj Gurung
Sudeep Shrestha
Shree Krishna
Ram Bahadur rai
Santa Bahadur Thami
Ram Maya Maharjan
Gyani
Vidya Chandra
Dana Moyal Kolevzon
Dhurba Lama
Suraj Thapa
Subin Shakya
Shanti Raimajhi
यो सूचिमा भएका मध्ये मैले चिनेकाहरु केही- अमृत गुरुङ नेपथ्य ब्यान्डका गायक हुन्। आभास नेपाल स‍ंगीत नाट्य प्रज्ञा तथा प्रतिष्ठानका पूर्व सदस्य सचिव अच्युत फुँयाल हुन्। २०६८ साल भदौ ९ गते नेकपा (माले)को भागमा परेको संस्कृति मन्त्रालयले उनलाई सदस्य सचिव नियुक्त गरेको थियो। पछि उनले नैतिकताका आधारमा राजीनामा दिए। सुदीप श्रेष्ठ नारायण वाग्ले सम्पादक हुँदा ‘नागरिक’का एसोसिएट एडिटर थिए। किशोर नेपाल सम्पादक हुँदा राजीनामा दिएका सुदीप केही समय सेतोपाटीमा आवद्ध भए र त्यसपछि फेरि प्रतीक प्रधान सम्पादक भएपछि ‘नागरिक’ मा आवद्ध छन्।
यो संस्थाले तत्कालीन कान्तिपुरका सम्पादक नारायण वाग्लेको ‘पल्पसा क्याफे’ र तत्कालीन नागरिकका सम्पादक रहँदा वाग्ले कै ‘मयुर टाइम्स’ उपन्यास प्रकाशित गरेको थियो। कुन्द दीक्षितको फोटो पुस्तक ‘लडाइँमा जनता’, ‘फेरि यस्तो नहोस्’ र ‘युद्धपछि जनता’ नेपालयबाटै प्रकाशित भएको हो। दीक्षितहरुको आफ्नै पुस्तकसम्बन्धी संस्था हुँदाहुँदै पनि नेपालयबाट यी पुस्तक प्रकाशन हुनुको कारण के होला कुन्नि।
वेबसाइटमा राखिएको जानकारी अनुसार सुदीप श्रेष्ठद्वारा लिखित उद्योगपति विनोद चौधरीको आत्मकथा, रवीन्द्र मिश्रको ‘खान पुगोस् दिन पुगोस्’, नारायण सुवेदीको ‘१०० दिन माओवादी कब्जामा’, नवीन जिरेलको युद्ध संस्मरण ‘भीषण दिनहरु’, राधा पौडेलको आत्मकथा ‘खलंगामा हमला’ आदि पुस्तकको प्रकाशक नेपालय हो।
पत्रकार गिरिश गिरीको चर्चित डकुमेन्ट्री ‘टिम नेपाल’ र अर्को चर्चित डकुमेन्ट्री ‘भेडाको उन जस्तो’ लाई नेपालयको प्रोडक्सन सर्भिस अन्तर्गत वेबसाइटमा राखिएको छ।
टप टेनमा परेका अरु संस्थाबारे अर्को ब्लगमा। माथिका अरु नाम र संस्थाबारे जानकारी भए तल कमेन्टमा लेख्नुहोला वा सुटुक्क भन्ने मन भए यता क्लिक गरेर लेखे हुन्छ।

साभार : माई संसार 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis