मनीला, फिलीपिन्सको एक अस्पतालमा एक नर्सले मात्र ५ दिनको एक बच्चालाइ मुखमा टेप लगाएर बन्द गरेपछि यहाँ निकै हंगामा भएको छ । यस बच्चाको फोटो सोशियल मिडियामा भाइरल भएपछि, अस्पतालले यस सम्बन्धमा यस मामलाको बारेमा जाँच शुरू गरिदिएको छ ।
यस बच्चाको बाबुले नर्सले बताए अनुसार उनको बच्चाले रोएर
निकै स्वर मच्याएका कारण यसो गरिएको हो ।यस बच्चाको बाबुले नर्सले बताए अनुसार उनको बच्चाले रोएर
फेसबुक र ट्विटरमा अहिले उक्त फोटो निकै शेयर भैरहेको छ । जसमा बच्चाको आँखा बन्द रहेको छ भने मुखमा टेप लगाइएको छ । सेबू शहरको यस अस्पताल स्रोतले बताए अनुसार रेयान नोवल र ज्यासमिन बेडोकडोकको उजुरीमा यस घटनाको जांच शुरू गरिएको छ । यी जोडीले उजुरीमा भनेका छन कि उनको बच्चालाइ मुखमा टेप लगाएर सुताइएको थियो ।
नोवलले बताए अनुसार जब उनले यस कुराको उजुरी गरिन त्यसबेला नर्सले उनीहरूको बच्चाले निकै ठुलो स्वर गरेका कारण मुखमा टेप लगाइएको हो ।
नोवलले फेसबुकमा भनेका छन ‘मेरो छोरा योहानेस नोवललाइ हेर्नुस । उनी आफ्नो यस भयानक अनुभवका बारेमा बताउन सक्दैनन, यसैले उनको तर्फबाट हामीले आवाज उठाउनु पर्दछ ।’
ट्विटर र फेसबुकमा अहिले यस घटनालाइ लिएर निकै आक्रोस व्यक्त भैरहेका छन । एक ट्विटर यूजर मेलनी मोनरोयले लेखेका छन, ‘ म आशा गर्दछु कि बच्चाको मुखमा टेप लगाउने ती मूर्ख नर्सलाइ जेल पठाइयोस ।’
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !