CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » पाकिस्तानको नारा जेलमा एक नेपाली नागरिक रुँदै, लौ न कसैले नेतालाई सुनाएर उद्धार गरिदेऊ

पाकिस्तानको नारा जेलमा एक नेपाली नागरिक रुँदै, लौ न कसैले नेतालाई सुनाएर उद्धार गरिदेऊ

apतपाईँले आज बिबिसी लगायत अन्य थुप्रै अन्तर्राष्ट्रिय मिडियामा यो फोटोसहितको समाचार देख्नुभयो होला। पाकिस्तानी जेलमा रहेका भारतीय माझीहरुको फोटो हो यो। त्यहाँका प्रधानमन्त्री नवाज सरिफ नवनिर्वाचित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आज हुने शपथ ग्रहणमा सहभागी हुँदैछन्। जानुअघि उनले आफ्नो देशको नारा
जेलमा रहेका १५१ जना भारतीय माझीहरुलाई रिहा गर्ने आदेश दिए। भारत भ्रमणमा सद्‌भाव सन्देश दिनका लागि सरिफले यस्तो गरेका हुन्। भारतीय अधिकारीहरुले ‘भारतीय नागरिक हो’ भनेर पुष्टि गरेकाहरुलाई पाकिस्तानी जेलबाट मुक्त गर्नलाई प्रक्रिया मिलाउँदै गर्दा खिचेको फोटो हो यो। त्यही जेलमा एक जना नेपाली नागरिक पनि रुँदै जीवन बिताइरहेका छन्। तर न नेपाली अधिकारीहरुलाई योबारे थाहा छ, न नेपाली मिडियालाई नै। बिचराको परिवारलाई पनि यो बारे थाहा छ कि छैन कुन्नि!

View Larger Map
पाकिस्तानको नारा जेल, यहीँ कैद छन् एक नेपाली नागरिक।
त्यही जेलबाट छुटेका नरेश नामका एक भारतीयले पाकिस्तानी पत्रिका ‘डन’सित गरेको कुराकानीका क्रममा त्यहाँ एक नेपाली नागरिक पनि कैद रहेको खुलेको हो।
‘मैले तपाईँलाई एउटा के कुरा सुनाउनै पर्छ भने कसैले नेपालको उच्चायुक्तलाई गएर सूचित गराइदिनुस् कि एक नेपाली नागरिक पनि नारा जेलमा कोचिएर दिन बिताइरहेका छन्,’ १६ महिनापछि रिहा हुन लागेका नरेशले पाकिस्तानी पत्रिकालाई बताए
Nepal
ती नेपाली नागरिकको परिचय खुल्न सकेको छैन। किन उनलाई पक्रेर पाकिस्तानको जेलमा राखिएको हो, त्यो पनि समाचारमा खुलेको छैन। भारतीय माझीहरुसँगै पाकिस्तानी सीमा क्षेत्रमा माछा मार्न जाँदा पाकिस्तानी सुरक्षाकर्मीहरुबाट पक्राउ परेका हुन् कि भन्ने अनुमान गर्न सकिन्छ। त्यसो हो भने भारतीय अधिकारीहरुले भारतीय नागरिक हो भनेर प्रमाणित गर्दा ती बिचरा नेपाली भएकोले प्रमाणित हुन पाएनन्। र, आज छुट्न पनि पाएनन्।
के आफ्नो स्वार्थ अनुकूल भएन भनेर संवैधानिक निकायको विज्ञप्तिको प्रमुख अंश नै लुकाइदिने, केही बेरअघिसम्म अनलाइनमा एउटा समाचार र केही घण्टामै त्यसलाई मेटेर अर्को समाचार राख्ने, ‘शक्तिशाली’को समाचार पत्रिकामा छापिए पनि अनलाइनबाट बिना सूचना डिलिट गर्ने नेपालका प्रमुख मिडियाहरुले एउटा सामान्य नेपाली नागरिकको यो पीडालाई ठाउँ देला त? दिए ती बिचराको कल्याणै हुने थियो।
नत्र सोसल मिडिया छ नि। लौ न सबैले दबाब दिउँ, आखिर को रहेछ पाकिस्तानको जेलमा कैद भएका ती नेपाली नागरिक ? के कारण जेलमा थुनिएछन् उनी? पत्ता लगाउँ। सबले आवाज उठाउने हो भने दबाब पर्छ पक्कै।
लौ न कसैको पावर भए हाम्रा प्रधानमन्त्री सुशील कोइरालाका सहयोगीहरुका कानसम्म पुर्‍याइदिउँ यो कुरा। के थाहा, हाम्रा प्रधानमन्त्रीको अनुरोधमा पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले ती नेपालीलाई पनि रिहा गर्ने आदेश पो दिन्छन् कि! त्यत्रो १५१ जना भारतीयलाई जेलबाट रिहा गर्ने आदेश उनले दिन सक्छन् भने एक जना नेपालीलाई पनि दिन के गाह्रो भयो र!
कथंकदाचित प्रधानमन्त्रीस्तरमा यो कुरा हुन नसके राजदूतस्तरबाट हुने प्रयासले जेलमा रहेका ती व्यक्ति को हुन्, कहिले र किन पक्राउ परेकाबारे त थाहा हुन्थ्यो। नेपाली नागरिकता भनेको कागजको खोस्टोमात्र हैन, आवश्यक पर्दा आफ्ना नागरिकलाई रक्षा पनि गर्ने दायित्व सरकारको हुन्छ। उनलाई रिहा गर्ने प्रयास त्यसरी पनि हुन्छ कि। आवश्यक छ हाम्रो आवाजको। नत्र ती सामान्य नेपाली नागरिकको लागि कसले बोलिदिन्छ र। आवाजविहीनहरुको आवाज को नै बन्न चाहन्छ र !
(सूचनाका लागि राम बस्नेतलाई धन्यवाद)

साभार : माई संसार 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis